सत्तारूढ दलमा एकता अत्यावश्यक

आन्तरिक द्वन्द्वका कारण संकटमा पुगेको सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा तीनघण्टा छलफल भए पनि निकास भने निस्कन सकेन् । यद्यपि, दुई नेताबीच भएको लामो संवादले आपसी तिक्तता र असमझदारी हटाउन महŒवपूर्ण भूमिका खेलेको सहजै अनु्मान गर्न सकिन्छ । सहमति खोज्ने दुई नेता बसेरै हो । हिजो एकता गर्दा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ठूलो छाती बनाएर एकता गरेका हुन् । त्यसैले, अहिले संकट पर्दा पनि दुवै जनाले छात्ती ठूलै बनाउनुपर्छ ।

सत्तारूढ दल भएकाले यो दलसँग जनताका धेरै आशा र अपेक्षा प्रत्यक्ष रूपमा जोडिएका छन् । हिजो निर्वाचनमा जनताले ठुूलो भरोसा गरेर नेकपालाई दुई तिहाइको नजिक पु-याएका हुन् । सरकार बनेपछि नै नेकपाका शीर्ष नेताहरूबीच देखिएको वैमनस्यताका कारण सरकारले राम्रो काम गर्न सकेको छैन । जबसम्म पार्टी एकजुट हुँदैन र अध्यक्षद्वयले आपसी सम्बन्ध सुमधुर बनाएर सबैलाई एकजुट बनाएर अगाडि लैजान सक्दैनन् तबसम्म सरकारले प्रभावकारी रूपमा काम गर्न सक्दैन भन्ने’bout उनीहरू प्रस्ट हुन जरुरी छ ।

तर, शुक्रबार पार्टी अध्यक्षद्वय आआफ्ना एकेक जना साक्षी लिएर बालुवाटारमा आमनेसामने भएर तीन घण्टा कुराकानी गरे । संवादहीनताको अवस्थामा यो लामो कुराकानी आफंैमा केही महŒवको भए पनि यसले संवादका लागि संवादको वातावरण भने तयार पारेको देखिन्छ । यसैका आधारमा फेरि वार्तालाई निरन्तरता दिने सहमति भएकाले पार्टीका नेता तथा कार्यकर्ताहरू दुवै अध्यक्षको वार्ता र सहकार्यबाट राजनीतिक सहमतिको निकास निस्कनेमा आशावादी देखिएका छन् । आमकार्यकर्ताले नेताहरूलाई पार्टी एकजुट राख्न सुझाव र दबाब दिँदै आएका छन् ।

पार्टी एकताका लागि नेता तथा कार्यकर्ताहरूबाट थेग्नै नसकिने दबाब आएपछि अध्यक्षद्वय शुक्रबारको बसाइमा आउन बाध्य भएका देखिन्छन् । यसका साथै स्थगित गरिएको स्थायी समितिको बैठक पनि शनिबार बस्ने भएकाले दुवै अध्यक्षले पार्टीका नेतासामु वार्तापछि बनेको आआफ्ना धारणा राख्ने मौका पाउनेछन् । त्यसो त यसभन्दा पहिले पनि अध्यक्ष ओलीले सरकार चलाउने र अर्का अध्यक्ष दाहालले कार्यकारीका हैसियतले पार्टी चलाउने सहमति गरिसकेका छन् । यसखाले सहमतिलाई सहकार्य र समन्वयका आधारमा अगाडि बढाउन सकियो भने पनि पार्टीमा देखिएको संकट धेरै हदसम्म मत्थर भएर जाने विश्वास गर्न सकिन्छ ।

प्रायः पार्टीभित्र अन्तर्संघर्ष विचारभन्दा पनि नेता वा समूहको स्वार्थ अनुरुप चल्ने भएकाले यो जुँगाको लडाइँमा अभिव्यक्त हुने र ‘बाहिर बाहिर सुकी जा, भित्रभित्र कुही जा’को अवस्थामा पुग्ने गरेको देखिन्छ । पार्टी जीवनमा मतमतान्तर हुने र तिनको समाधानका लागि वैचारिक अन्तक्र्रिया र मत मन्थनको आवश्यकता हुने भएकाले सकारात्मक र रचनात्मक बहसको वातावरण सिर्जना गरिनु जरुरी हुन्छ । म नेता हुँ, मैले वचन दिएको छु, मैले भनेको मान्नुपर्छ भन्ने धारणा रूढिगत धारणा हो । यसले प्रजातान्त्रिक अभ्यासमार्फत वैचारिक रूपान्तरणको मार्ग अवलम्बन गर्न दिँदैन । आलोचना, दम्भ तथा आत्मरतिका लागि बिस्कुन सुकाउन त सक्छ, तर वादविवाद हुँदै संवाद र रूपान्तरणको बाटोतिर डो¥याउन सक्दैन । लामो समयपछि जनताले बहुमतको सरकारबाट केही अपेक्षा गरेका छन् । यो पार्टी र सरकारले केही गर्नु पनि छ । त्यसैले, पार्टी एकतालाई बचाएर रूपान्तरण हुने दिशामा अघि बढ्नु आमकार्यकर्ता, जनता र सिंगो देशकै हितमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसमा उम्मेदवार छान्न सकस