सिटीसँग लिभरपुल निरीह

लन्डन । यो सिजनको इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुलले म्यानचेस्टर सिटीसँग लज्जास्पद हार बेहोरेको छ । लिभरपुल सिटीको मैदानमा ४–० ले पराजित भएको हो । इतिहाद स्टेडियममा बिहीबार राति भएको खेलमा सिटीको सानदार जितमा केभिन डि ब्रुयन, रहिम स्ट्रलिङ र फिल फोडेनले गोल गर्दा एक गोल उपहार पाएको थियो । बल पोसेसनमा पकड जमाए पनि लिभरपुलले गोल गर्न सकेन ।

यो सिजन प्रिमियर लिगमा लिभरपुलको दोस्रो हार हो । यसअघि लिभरपुल फेब्रुअरीमा वाट्फोर्डसँग ३–० ले पराजित भएको थियो । लिभरपुलले ३२ मध्ये २८ खेलमा जित तथा समान २ बराबरी र २ हारको नतिजा निकालेको छ । प्रतिस्पर्धात्मक खेलको २५औं मिनेटमा घरेलु टोली सिटीले केभिन डि ब्रुयनको पेनाल्टी गोलमार्फत खेलमा अग्रता बनाएको थियो ।

जोसेप गोमेजले स्ट्रलिङलाई पेनाल्टी बक्समा तानेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गरेको थियो । ३५औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । फिल फोडेनको पासमा रहिमले जोसेप गोमेज र गोलरक्षक इलिसन बेकरलाई बिट गर्दै गोल गर्न सफल भएका थिए । ४५औं मिनेटमा ब्रुयनको पासमा फिल फोडेनले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनाउन सफल भयो ।

दोस्रो हाफको सुरुमै सिटीले गोलका तीन अवसर खेर फाल्यो । ६६औं मिनेटमा अक्सलेड चेम्बरलेनले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले खेलमा ४–० को फराकिलो जित दिलाए । लिभरपुलमाथिको जितसँगै सिटीले अंक दूरी २० मा झारेको छ । सिटीको ३२ खेलबाट ६६ अंक पुगेको छ । लिभरपुलको समान खेलबाटै ८६ अंक छ ।

यस्तै, अर्काे खेलमा टोटेनहम हस्टपर घरेलु टोली सेफिल्ड युनाइटेडसँग ३–१ ले पराजित भएको छ । यता, इटालियन सिरी ‘ए’मा एटलान्टाले नेपोलीलाई २–० ले पराजित गरेको छ । जितसँगै एटलान्टाले अर्काे सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ । चौथो स्थानमा रहेको एटलान्टाको २९ खेलबाट ६० अंक पुगेको छ । जुन पाँचांै स्थानको रोमाको भन्दा १२ अंकले बढी हो । पराजित नेपोली ४५ अंक छैटौं स्थानमा यथावत् रहेको छ । यस्तै, अर्काे खेलमा १० खेलाडीमा समेटिएको रोमा घरेलु मैदानमा उडिनेसीसँग २–० ले स्तब्ध बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रोकियो धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा गठबन्धनमा गडबड