Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश ३संसद रत्यौली खेल्नका निम्ती चलाइरहने संस्था होइन : मन्त्री अर्याल

संसद रत्यौली खेल्नका निम्ती चलाइरहने संस्था होइन : मन्त्री अर्याल

,
sharethis

ललितपुर । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले चलिरहेको समस्या समाधान गर्न कम्युनिष्ट पार्टी सक्षम रहेको बताएकी छन् । सत्तारुढ दल नेकपाभित्र चलिरहेको आन्तरिक बिवादका सन्दर्भमा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

९८ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा आज शनिबार राष्ट्रिय सहकारी महासंघ लिमिटेडले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेकपा पार्टीले झनै उचाइ लिँदै गएकाले अहिले नै कुनै दुर्घटना नहुने सङ्केत गरेकी थिइन् । मन्त्री अर्यालले भनिन्, ‘यो समस्याको समाधान गर्नका निम्ती कम्युनिष्ट पार्टी सक्षम छ, योग्य छ । विगतमा पनि यस्तो हुन्थ्यो । भएरै समाधान गर्दै, छलफल गर्दै यो उचाइमा आएको हो ।’

कम्युनिष्ट पार्टीले शिखर चुम्दै गएको भन्दै मन्त्री अर्यालले यसमा धेरै जनताहरुको त्याग, तपश्या, लगानी रहेको उल्लेख गरिन् । जनभावना मर्नेगरी फरक दिशामा नेकपा जान नसक्ने भन्दै उनले विश्वास दिलाइन् ।
कता(कता राजनीतिमा अनिष्ट हुने त होइन भन्ने कसैलाई लाग्न सकेको भएपनि अहिले नै त्यस्तो अवस्था आइनसकेको उनको भनाइ थियो ।

कम्युनिष्ट पार्टी गतिशिल पार्टी भएको भन्दै उनले कम्युनिष्ट पार्टीमा विचारको बहस, आलोचना, आत्मालोचना स्वभाविक कुरा भएको भन्दै तर अस्वस्थ ढंगले भएको अवस्थामा भने सोच्नुपर्ने अवस्था आउने बताइन् । कम्युनिष्ट पार्टीभित्र हुने स्वतन्त्रताको प्रयोगलाई कतै पार्टी गलत दिशामा त गइरहेको छैन भन्ने ढंगले सोच्नु नहुने मन्त्री अर्यालले बताइन् । ‘पार्टीका बैठकमा मनमा लागेका कुन नभन्ने हो भने कहाँ भन्ने हो रु त्यो स्वतन्त्रताको प्रयोग कम्युनिष्ट पार्टीमा आज भइरहेको छ । त्यसको आधारमा धेरै आशंका गरिरहनुपर्ने परिस्थिती छैन’, उनले भनिन् ।

कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकका एजेण्डा र चालु संसदको अधिवेशनबीचमा कुनै सम्बन्ध नरहेको समेत मन्त्री अर्यालले बताइन् । संसद अधिवेशन बोलाउने र बन्द गर्ने कुरा सरकारको कुरा भएको भन्दै उहाँले संसदको बिजनेश नभएका कारण चालु संसद अधिवेशन बन्द गरिएको प्रष्ट्याइन् । मन्त्री अर्यालले भनिन्, ‘हामीले बजेट ल्याउनुपर्ने थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनुपर्योय बोलायौं । बजेट पास भयो । केही(केही विधेयकहरु थिए, त्यो विधेयकमाथी छलफल गर्नुपर्ने थियो । सहमति जुट्यो ।’

संसद भनेको रत्यौली खेल्नका निम्ती चलाइरहने संस्था नभएको भन्दै उनले संसदको बिजनेश नभएका कारण बन्द गरिएको बताइन् । ‘रत्यौली खेल्न संसद चाहिएन, बिजनेश थिएन । सरकारले रोक्यो । कुनै कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक र यसको कँही मेल थिएन’, उनले भनिन् ।

पार्टीभित्र नेताहरुका बीचमा छलफल, बहस, भनाभन हुने सामान्य कुरा भएको भन्दै उहाँले नेताहरु आपसमा बसेर निष्कर्श निकाले अगाडी बढ्ने विश्वास व्यक्त गरिन् । कुरा उठाउदा खेरि दुनियाँले अस्वभाविक ठान्नेय खालका विषयहरु नउठाइदिए हुन्थ्यो भन्ने तलका मान्छे सबैको कामना हुने समेत मन्त्री अर्यालले बताइन् ।

सहकारीमा सन्दर्भमा सम्भावित बित्तिय जोखिमलाई नियन्त्रण गर्न अहिले नै सचेत हुनुपर्ने बताउदै सहकारीको संख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन रहेको बताइन् । स्वनियमनका कार्यलाई पनि अगाडी बढाउनुपर्ने आवश्यकता रहेको उनले बताइन् । सहकारी क्षेत्रप्रतिको आम जनताको विश्वास कायम राख्नभ अहिलेदेखि नै सचेत रहनुपर्ने उनको भनाइ थियो । त्यसका निम्ती केन्द्रीय सहकारी संघहरु बढी लाग्न मन्त्री अर्यालले आग्रह गरिन् ।

केही कानुनहरु संशोधन गरेर जानुपर्ने भएकाले आजको आवश्यकतालाई पुर्ती गर्नेगरी ऐन संशोधन गर्न अगाडी बढिरहँदा पनि टुंग्याउन नसकिएको मन्त्री अर्यालले बताइन् । ‘तपाइहरु एकमत भएर टुंग्याइदिनुस् । मेरो बिनम्रतापुर्वक आग्रह छ । डेढ वर्ष भयो टुंगिनै नसक्ने । यत्रो समयसम्म टुंगिनै नसक्ने शोभनिय कुरा होइन’, मन्त्री अर्यालले भनिन् ।

(Visited 119 times, 1 visits today)

आजको समाचार

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

साताका लोकप्रिय समाचार

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

नेपाल पक्ष सरकारमा सहभागी नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण...

नेप्से हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन सूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । नेप्से...

गठबन्धनको सरकार : जनअपेक्षा र आगामी भूमिका

  पाँच दलीय गठबन्धनका १ सय ६५ जना सांसदको विश्वासको मत पाएर संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार...

कांग्रेस पदाधिकारीे बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीे बैठक आज बस्दैछ । दिउँसो ३ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने प्रवक्ता...

ट्रेन्डिङ

नेपाल–भारतबीच तत्काल वार्ताको खाँचो

नेपालका दुवै सदनबाट सर्वसम्मतिसहित देशको नयाँ नक्सा पारित भएको छ । विगत लामो समयदेखि भारतले उपभोग गर्दै आएको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकसमेत समेटी नयाँ...

मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)