एट्लेटिकोको शीर्ष तीन बलियो

मड्रिड । रेलिगेसन जोनमा रहेको रियल मालोर्कामाथि सहज जित निकाल्दै एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा तेस्रो स्थानलाई थप मजबुत बनाएको छ । युरोपियन फुटबलको उत्कृष्ट घरेलु लिगका शीर्ष चार टोलीले च्याम्पियन्स लिग खेल्ने अवसर प्राप्त गर्ने गर्दछ ।

जितसँगै एट्लेटिकोले ला लिगामा चार खेल बाँकी रहँदा तेस्रो स्थानलाई थप मजबुत बनाएको हो । एट्लेटिकोको ३४ खेलबाट ६२ अंक पुगेको छ । एक खेल कम खेलेको सेभिल्लाको ५७ अंक रहेको छ । पराजित मालोर्कालाई रेलिगेसनमा पर्ने दबाब बढेको छ । मालोर्का २९ अंक जोडेर १८औं स्थानमा छ ।

स्पेनिस फरवार्ड अल्भेरो मोराटाको दुई गोल गरेपछि एट्लेटिकोले रेलिगेसन जोनमा रहेको रियल मालोर्कामाथि ३–० को सहज जित निकालेको हो । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शुक्रबार राति भएको खेलमा एट्लेटिकोको खेलको सुरुवातदेखि नै मालोर्कालाई दबाबमा राखेको थियो । १२औं मिनेटमा माकर्सस लोरेन्टोको प्रहारलाई डिफेन्डरले ब्लक गरिदिएका थिए । म्यानुयल सान्चेजले ठुलो मौका गुमाउँदा घरेलु टोली अग्रता लिनबाट चुक्यो । १०औं मिनेटमा अल्भेरो मोराटाको प्रहारले पोस्टको गति लिन सकेन । २२औं मिनेटमा पाहुना टोलीका इड्रिसु बाबाले अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

२४औं मिनेटमा जोआओ फेलिक्सले अवसर पाए पनि उनको प्रहार अकासिएको थियो । एकपछि अर्काे आक्रमण विफल भइरहेको एट्लेटिकोले २५औं मिनेटमा पेनाल्टीको अवसर पायो । मोराटालाई पेनाल्टी बक्समा एलेक्सन्डर सेड्लरले फउल गरेपछि रेफ्रीले एट्लेटिकोलाई पेनाल्टी प्रदान गरेको थियो । तर, २७औं मिनेटमा मोराटा आफंैले गरेको पेनाल्टी प्रहारलाई मालोर्काका गोलरक्षक मानोलो रेइनाले बचाए पनि उनी मोराटाले पेनाल्टी प्रहार गर्नुअघि नै गोललाइनलाई टच नगरेका कारण रेफ्रीले एट्लेटिकोलाई पुनः पेनाल्टी प्रदान गरेको थियो । यसपटक मोराटा चुकेनन् र घरेले टोलीलाई १–० ले अघि बढाए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मोराटाले मार्कुस लोरेन्टेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा मालोर्काले सम्हालिएको खेल पस्कदै एट्लेटिकोको पोस्टमा आक्रमण बुने पनि गोल गर्न सकेन । ६१औं मिनेटमा ताकेफुसा कुवोको प्रहारलाई जोस जिमिनेजले बचाए । ७४औं मिनेटमा एट्लेटिकोका लेनन लोडीको प्रहार बारमा लागेर फर्कियो । ७९औं मिनेटमा कप्तान कोकीले गोल गर्दै एट्लेटिकोलाई ३–० को सहज जित दिलाए ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणु दाहाल ९२ मतले अगाडी