लन्डन । इंग्ल्यान्ड क्रिकेट बोर्डले घरेलु भूमिमा बुधबारदेखि सुरु हुने वेस्ट इन्डिजसँगको तीन टेस्ट सिरिजअन्तर्गत पहिलो टेस्टका लागि १३ सदस्य टोली घोषणा गरेको छ । बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले टोली घोषणा गरेको हो । स्टोक्स इंग्ल्यान्डको ८१औं टेस्ट कप्तान बन्नेछन् ।
स्थायी कप्तान जो रुटले पारिवारिक समस्याका कारण टोलीसँग उपलब्ध नहुने भएपछि स्टोकले कप्तानी गर्ने मौका पाएका हुन् । उत्कृष्ट अलराउन्डर प्रर्दशन गर्दै आएका स्टोक्सले हालसम्म घरेलु क्रिकेटमा समेत कप्तानी गरेका छैनन् । स्टोक्सलाई सीमित ओभरमा ओइन मोर्गनपछिको भावी कप्तानका रूपमा समेत हेरिँदै आएको छ । जसले पहिलो टेस्टको कप्तानीले धेरै प्रभाव पार्ने देखिन्छ ।
कोरोनाका कारण गएको मार्चपछि पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो । इंग्ल्यान्डको टोलीमा जेम्स एन्डरसन, जोफ्रा आर्चर, स्टुअर्ट ब्रोड, क्रिस बोक्स र मार्क वुड तीव्र गतिका बलरको रूपमा छन् । युवा स्टार श्याम करण भने रिजरर्भ खेलाडीमा अटाएका छन् ।
पहिलो टेस्ट : जुलाई ८ देखि १२ सम्म
दोस्रो टेस्ट : जुलाई १६ देखि २० सम्म
तेस्रो टेस्ट : जुलाई २४ देखि २८ सम्म
इंग्ल्यान्ड टोली
बेन स्टोक्स (कप्तान), जेम्स इन्डरसन, जोफ्रा आर्चर, डोम बेस, स्टुअर्ट ब्रोर्ड, रोरी बर्नस, जस बटलर (विकेटकिपर), ज्याक क्रली, जो डेनली, ओली पोप, डोम सिब्ले, क्रिस ओक्स र मार्क बुड ।