इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको मृत्यु


इलाम । इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको विभिन्न कारणले मृत्यु भएको छ । सन् २०१९ देखि हालसम्ममा ४९ जना नवजात शिशुको निधन भएको ‘वन हर्ट वल्ड वाइड’ नामको गैर सरकारी संस्थाले पहिचान गरेको हो । वनहर्टले इलाममा मातृ शिशु स्वास्थ्यको क्षेत्रमा सन २०१८ देखि काम गर्दै आएको छ ।


जन्मेको २८ दिनभित्र शिशुहरूको मृत्यू भएको हो । त्यसमा सूर्योदय नगरपालिकामा सबैभन्दा बढी मातृ शिशुको निधन भएको पाइएको छ । सूर्योदयमा मात्रै १६जना नवजात शिशुको निधन भएको तथ्यांकमा उल्लेख छ ।

इलाम नगरपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा पाँच÷पाँच जना नवजात शिशुको निधन भएको पुष्टि भएको छ । एक वर्षको अवधिमा माई नगरपालिका, देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा चार÷चार जना नवजात शिशुको निधन भएको छ । सन्दकपुर गाउँपालिकामा तीन, माङसेबुङ गाउँपालिकामा दुई र रोङ गाउँपालिकामा एक जना नवजात शिशुुले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ ।

अधिकाशं शिशुको घरैमा निधन भएको पाइएको छ । केहीले स्वास्थ्य संस्था लैजाँदा लैजाँदै बाटैमा ज्यान गुमाएका छन् । कतिपय शिशुको भने स्वास्थ्य संस्थामानै निधन भएको तथ्यांकमा उल्लेख छ । जिल्लामा रहेका प्राथामिक स्वास्थ्य संस्थादेखि झापा र मोरङका नाम चलेका अस्पतालहरुमा समेत इलामका नवजात शिशुहरूको निधन भएको पाइएको छ ।

नवजात शिशुको निधनको एकिन कारण नखुेको भएपनि समय नपुगी जन्मेका शिशु, घरमानै सुत्केरी गराउँदा र नवजात शिशु स्याहार’bout जानकारी नहुँदा नवजात शिशुको निधन हुने गरेको बताइएको छ । वन हर्ट वल्ड वाइटले स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वंयम सेविका मार्फत पाएको सूचनालाई स्थलगत रुपमा पनि जाँचबुझ गर्ने गरेको छ ।

‘हामीले सूचना पाएपछि स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकालाई लगेरै घटनाको ’boutमा बुझ्छौ’, वन हर्ट वल्ड वाइटका इलाम संयोजक सन्दिप गुरुङले भने,‘अहिले नवजात शिशुको निधन भएमा रिपोर्टिङ गर्ने चलन बढेकाले संख्या बढी देखिएको हो ।’ वन हर्टले एक वर्षमा भएका घट्नाहरूको मात्रै अभिलेखिकरण गर्ने गरेको जनाएको ।

‘एक वर्षभन्दा अघि भएका घटनालाई हामी अभिलेखीकरण गर्दैनौ’, कार्यक्रम संयोजक गुरुङ भन्छन्,‘यसमा जिल्ला बाहिर भएका घटनाहरु पनि समावेश छन् ।’ जिल्ला स्वास्थ्य कार्यालयमा भने जिल्ला बाहिर भएका घटना अभिलेखीकरण हुँदैन । कार्यालयले स्वास्थ्य संस्थामा भएका घटना मात्रै अभिलेखीकरण गर्ने भएकाले सरकारी तथ्यांकमा नवजात शिशु निधनको संख्या कम मात्रै हुने गरेको छ ।


‘स्वास्थ्य संस्थामा भएका घटना मात्रै जिल्ला स्वास्थ्य कार्यालयमा थाहा हुन्छ’, स्वास्थ्य कार्यालय इलामका प्रमुख बृज कुमार दासले भने,‘बाहिरी जिल्लाको स्वास्थ्य संस्थामा भएका घटना त्यहीबाट रिपोर्टिङ हुन्छ, जिल्लाको तथ्यांकमा देखिदैन ।’ बाहिर भएका घटना जिल्लाबाट पनि सूचीकरण गराउँदा दोहोरो पर्ने भएकाले अन्य जिल्लाबाटै स्वास्थ्य सूचना प्रणालीमा दर्ता हुने गरेको छ ।


सुत्केरी महिला या नवजात शिशुको निधन भएको थाहा पाएपनि स्वास्थ्यकर्मीले आफ्नो कार्यक्षमता माथि प्रश्न उठ्ने डरले स्वास्थ्य कार्यालयलाई जानकारी गराउँदैनन् । स्वास्थ्य संस्था बाहिरका घटना थाहा भएपनि स्वास्थ्यकर्मीले थाहा नभएझै गर्ने गरेका छन् ।

घटनाको ’boutमा जानकारी दिए वन हर्टले महिला स्वास्थ्य स्वयमसेविकालाई सुविधा दिने गरेको छ । त्यसले वनहर्टलाई जानकारी प्राप्त हुने गरेको छ । स्वास्थ्य कार्यालयमा करिब २५ प्रतिशत हाराहारीले मात्रै संस्थागत सुत्केरी गराउनेको गरेको तथ्यांक छ । गैर–सरकारी संस्थाहरूले गरेको अध्ययनमा घरमा सुत्केरी गराउनको संख्या निकै कम छ ।
एक वर्षमा दुई हजार एक सय ६७ महिला सुत्केरी भएका छन् । तीमध्ये घरैमा सुत्केरी गराउनेको संख्या एक सय २८ मात्रै छ । एक हजार आठ सय ४२ जनाले जिल्ला बाहिर गएर सुत्केरी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा तीन उम्मेदवार निर्विरोध निर्वाचित