Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ३ अझै घटेन कोरोना परीक्षण गराउनेको भीड

अझै घटेन कोरोना परीक्षण गराउनेको भीड

,

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ ।

काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप ह्वात्तै बढेको हो । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि अस्पतालमै भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको अस्पताल निर्देशक डा सागर राजभण्डारीले बताए । व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरुवा रोग नियन्त्रण महाशाखाबाट कुनै निर्देशन नआएको उनको भनाइ छ । उनले भने, ‘मन्त्रालयाटै स्पष्ट निर्देशन नहुँदा समस्या व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको छ ।’ अहिले दैनिक ७०० देखि एक हजार ३०० सम्म कोरोना परीक्षणका लागि आउने गर्द छन् । शुक्रबार ९०० जना परीक्षणका लागि आएको जनाइएको छ ।

अस्पतालले सामाजिक दूरी कायम गर्न आग्रह गर्दै आएको छ । भीड धेरै हुँदा दूरी कायम गर्न गाह्रो भएको छ । अस्पतालले ट्राकिङ गरेर आश्यकको मात्रै परीक्षण गरिरहेको छ । अस्पतालले सङ्क्रमणको जोखिममा रहेका वर्ग वा सङ्क्रमित बढी भएका स्थान वा सङ्क्रमितसँग सम्पर्कमा आएकालाई रातो श्रेणीमा पार्ने गरेको छ । उच्च जोखिमका मानिसलाई रातो दिएर परीक्षण गर्ने व्यवस्था मिलाएको छ । परीक्षण गर्न नपर्ने छन् उनीहरुलाई हरियो दिएर पठाउने गरेको छ ।

अस्पतालमा अहिले जोखिममा नपर्ने व्यक्ति बढी सङ्ख्यामा परीक्षणका लागि आइरहेका छन् । बन्दाबन्दी हुनासाथ काठमाडौँ उपत्यका बाहिर गएकालाई अहिले सम्बन्धित पालिका वा घरबेटीले परीक्षण गराएर मात्रै प्रवेश गर्न भनेका छन् । कर्मचारी नै मन्त्रालय जाने जनाउँदै पिसिआर परीक्षण गर्न आउने गरेका बताइएको छ । अस्पतालले पहुँच भएका व्यक्तिभन्दा पनि आवश्यक व्यक्तिको मात्रै परीक्षण गर्दै आएको छ ।

बन्दाबन्दीमा उपत्यका बाहिर गएकाले अहिले घरबेटीलाई देखाउन परीक्षण गर्नेको सङ्ख्या सबैभन्दा बढी छ । प्रहरी हिरासतमा रहेर म्याद थप गर्न वा पेश्कीका लागि अदालत जानेलाई अदालतले परीक्षण गरेर रिपोर्टको माग गरेको छ । अदालतको प्रयोजनका लागि आउनेमध्ये धेरै जोखिम नभएको भएकाले उनीहरुको परीक्षण नगरिने निर्देशक डा भण्डारीले बताए । उनले भने, ‘अदालतबाट आउने सबै जोखिममा नभएकाले हामीले आवश्यकको मात्रै गरिरहेका छौँ ।’

कोभिड–१९ को जोखिम कम गर्न अस्पतालको परिसरमा भीडभाड कम गर्न प्रशासनले भनेको छ । अस्पतालमा आउनेको ट्रेसिङ गर्ने, हिस्ट्रि जानकारी लिने, तापक्रम हेर्ने गरिएको छ । व्यक्तिलाई सङ्क्रमणको जोखिम भएकामा रातो र नभएमा हरियो दिइनेछ ।

सरकारी वा गैरसरकारी संस्था वा नेपाल प्रहरीलगायत सुरक्षा निकायले पनि उपत्यका बाहिरबाट भर्खर आएकालाई परीक्षण अनिवार्य गरेको उनले बताए । अस्पतालले पहिले व्यक्तिका विवरण सङ्कलन गरेर आवश्यकलाई मात्रै परीक्षण गर्दै आएको छ । उपत्यका बाहिरबाट आउनेमध्ये जोखिममा रहेकाको मात्रै परीक्षण हुने गरेको छ । उनले भने, ‘परीक्षण गर्नु पर्दैन भनेकाहरु कर्मचारीलाई धम्की दिने गर्छन् ।’

दैनिक २८८ परीक्षण गर्नसक्ने अस्पतालको क्षमता छ । अस्पतालले एक दिन गरेको परीक्षणको अर्को दिनमा रिपोर्ट दिने गरेको उनले जानकारी दिए । सरकारले केही अस्पतालबाट अत्यावश्यक परेका व्यक्तिले शुल्क तिरेर पनि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । यसले यहाँको चाप कम हुने आशा गरिएको छ । उनले भने, ‘गर्नसक्ने उताबाट गर्छन् भने विपन्न वर्ग निःशुल्क गर्नका लागि तोकिएका अस्पताल जानेछन् ।’

अस्पतालमा आएकामध्ये झण्डै २० देखि २५ प्रतिशतको मात्रै परीक्षण हुने गरेको अस्पतालले जनाएको छ । परीक्षणको आवश्यक नपर्ने बाँकी ७५ देखि ८० प्रतिशतलाई काउन्सिलिङ गरेर घर पठाइने गरेको छ । उपत्यकामा कुनै पनि पालिकाले कोभिड–१९ को जोखिम कम गर्न आवश्यक तयारी नगरेको उनको आरोप छ । सबैभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको काठमाडौँ महानगरपालिकाले पनि कुनै तयारी गरेको छैन । उनले भने, ‘एउटा राम्रो क्वारेन्टिनसमेत व्यवस्था भएको पाइँदैन ।’

अस्पतालमा अहिले दुई जना सघन उपचार कक्षमा र आइसोलेशनमा २२ जना छन् । अस्पतालले केही समय पहिले मात्रै सघन उपचार कक्ष श्याय बढाएको थियो । अस्पतालले दिँदै आएका धेरै किसिमका सेवा वीर अस्पतालमा सारिएको छ । रेविजविरुद्धको खोप भने यहीँबाट लगाइने गरिएको छ ।

(Visited 127 times, 1 visits today)
Loading comments...

आजको समाचार

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

साताका लोकप्रिय समाचार

सुन चोरीपैठारी गरी २ अर्ब ५२ करोड ७७ लाख राजस्व छल्नेविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब ५२ करोड ७७ लाख ९६ हजार ८८ रुपैयाँ राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध मुद्दा...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

बाग्मती किनारमै ‘चिता’

काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए...

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । सोमबार...

काठमाडौं उपत्यकामा बेडको चरम अभाव, बिरामीलाई हेलिकोप्टरबाट झापा लगियो

काठमाडौं । काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा...

ट्रेन्डिङ

सीमा इलाकाको सुरक्षा जरुरी

नेपालको सीमा इलाकामा अहिले पनि दिनरात नेपाली भूमि अतिक्रमित भइरहेको छ । यसप्रति स्थानीय जनताले संघीय सरकार गम्भीर हुनुपर्ने कुरा उठाएपछि सीमा अतिक्रमणको शृंखला...

मिलान र टोटेनहम अघिल्लो चरणमा

रोम । इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब टोटेनहम हस्टपुर यूईएफए युरोपा लिगको छनोटको चौथो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति छनोटको...

भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा

काठमाडौं । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको...

सर्लाहीमा ३२ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८ सय १० पुग्यो

सर्लाही । सर्लाहीमा कोरोना संक्रमितको संख्या ८ सय भन्दा बढि पुगेको छ । आज(शनिवार) एकै दिन ३२ जना नयाँ कोरोना संक्रमितहरु थपिएको सर्लाहीका प्रमुख...

थप २७५३ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौँ । थप दुई हजार ७५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९१ हजार ६३६ पुगेको...

बूढीगण्डकीको मोडालिटी अझै तयार भएन

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना सुरु भएको सात वर्ष पुरा भइसक्दा पनि आयोजनाको मोडालिटी तयार हुन सकेको छैन । गोरखा र धादिङमा निर्माण हुन...

हाम्रो प्रदेश धेरै विषयमा पहिलो बनेको छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश १ को प्रदेश सभाको पाँचौं तथा हिउँदे अधिवेशन सुरु भएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख सोमनाथ...

सर्त खुकुलो पार

विदेशी भूमिमा रहेका नेपाली स्वदेशमा चार्टर उडानबाट भिœयाइरहेका बेला अन्तर्राष्ट्रिय उडानलाई नियमित बनाउन माग भएपछि सरकारले यसबारे सर्तैसर्त अघि सारेर उडान खुला गरिने सार्वजनिक...

कांग्रेस नेता अशोक कोइरालाको निधन

काठमाडाैं । राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति १ बजे उपचारका क्रममा विराटनगरस्थित...

सशस्त्रका एसपीको रगतले जोगियो सुत्केरीको ज्यान

डोटी । सशस्त्र प्रहरी बल, दिपायलको ३६ नं गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको...

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन...

‘मुन्नी’ले अभिनय गरेको भिडियो सार्वजनिक

काठमाडौं । राजेश अर्यालको ‘आँखामा आँशु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिना राईको राईको स्वर रहेको छ भने शब्द प्रदिप सुवेदीको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)