दुई सिफ्टमा कर्मचारी : सेवाप्रवाह झन् कमजोर

तस्बिरः यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, ठूलो भर्याङ्ग ।

काठमाडौं । सरकारले लकडाउन खुकुलो पारेर सरकारी कार्यालय सञ्चालन गरे पनि सेवाग्राहीले प्रभावकारी रूपमा सेवा पाउन सकेका छैनन् । सरकारले सञ्चालन गरेको दुई सिफ्टको सेवा प्रभावहीन र अव्यावहारिक देखिएको छ । काठमाडौंको सुकेधारामा रहेको यातायात व्यवस्था कार्यालयमा सोमबार मध्याह्न १ बजे पुग्दा ढोका बाहिर सेवाग्राहीको भिड थियो । सेवाग्राहीले समयमा सेवा पाइरहेका थिएनन तर कार्यालयभित्र कर्मचारी भने ४–५ जनाको झुन्ड बनाएर गफ गर्नमा व्यस्त थिए ।

कार्यालयमा आउने अधिकांश सेवाग्राही दुई वर्षअगाडि नै दर्खास्त दिएर स्मार्ट लाइसेन्स लिन रकम बुझाएको भौचर लिएर ढोकामा झुम्मिएर बसेका थिए । कार्यालयभित्र कम्पाउन्डमा सेवाग्राहीलाई सामाजिक दुरी कायम गरी राख्ने प्रशस्त ठाउँ हुँदा हुँदै अपमानित तरिकाले भित्र प्रवेश गर्न नदिएर गेट बाहिरै एकै ठाउँमा बस्न बाध्य बनाइएको थियो । जसका कारण कोरोना संक्रमणको जोखिम बढेको सेवाग्राहीको गुनासो छ ।

राजधानीकर्मी कार्यालय प्रमुख विष्णु भट्टराई भेट्न तीन तलामा रहेको उनको कार्यकक्षमा जाँदा उनी यातायात व्यवस्था विभागमा जाने तरखरमा थिए । कार्यालयका हाकिम प्रायः दिनहँुजसो मन्त्रालय तथा विभागमा जाने गर्छन् । मिटिङको बहाना पारेर मन्त्रालय तथा विभाग गए पनि अधिकांशको उद्देश्य आपूmभन्दा माथिल्लो कर्मचारीसँग ‘लाइन मिलाउनु’नै रहने गरेको सेवाग्राहीको अनुभव छ ।

कार्यालय प्रमुख भट्टराईले सरकारले दुई सिफ्टमा कर्मचारी खटाउने निर्णय गरे पनि कार्यान्वयनमा समस्या आएको बताए । कार्यलयले प्रतिलिपि बाँड्ने, लाइसेन्स नवीकरण गर्ने, ट्रायल पासको रसिद काट्ने काम गरिरहेको उनले बताए । प्रमुख भट्टराईलाई सेवाग्राही ढोका बाहिर सामाजिक दुरी कायम नगरी बसेको र लाइसेन्स लिन आउने सेवाग्राहीले दुई घण्टासम्म प्रतीक्षा गर्दा पनि कर्मचारीले वास्तै नगरेको विषयमा प्रश्न गर्दा उनले सेवाग्राहीले समयमा नै सेवा पाइरहेको दाबी गरे । तर, प्रशासन शाखा र स्मार्टलाइसेन्स वितरण कक्षमा कुनै काम भएको थिएन । कर्मचारी गफगाफमै व्यस्त देखिन्थे । नवीकरण र फोटो खिच्ने ठाउँमा भने कर्मचारी काम गरिरहेको देखिन्थे ।

सेवाग्राहीले कार्यालयले लापरवाही गरेको तथा सेवा प्रवाह प्रभावकारी गराउन नसकेको गुनासो गरे । ढेड घण्टासम्म कुरेर बस्दा पनि आफ्नो पालो नआएको उनीहरुको गुनासो थियो । एक सेवाग्रही नवीन राउतले आफूले भर्खरै लिएको सवारी चालक अनुमति पत्रमा म्याद सकिएको मिति राखिएकाले आपूmले अनाहकमा झन्झट बेहोर्नुपरेको बताए । म्याद सकिएको कार्डलाई करेक्सन गर्नुपर्दैन भन्दै आपूm कर्मचारी भएको ठाउँमा बारम्बार पुग्दा पनि आफ्नो माग सम्बोधन हुन नसकेको रावतले गुनासो गरे ।

कार्यालयमा कोरोना भाइरसको जोखिम न्यून गर्न सुरक्षाको कुनै प्रक्रिया र विधि अपनाइएको पाइएन । सरकारले कार्यालय खोल्दा सुरक्षाको उपाय अपनाउन भने पनि यातायात कार्यालयले त्यसको पालना गरेको देखिएन । पानी परिरहेको थियो, सेवाग्राही ढोकामा भिजेर बस्न बाँध्य थिए । कार्यालयभित्र बस्ने ठाउँ प्रशस्त हुँदा हुँदै पराइ मान्छेलाई जस्तो भित्र पस्नै दिइएको थिएन । आधा घण्टापछि कार्यालय सुरक्षामा खटिएका कर्मचारीले पानीमा भिज्दै लाइसेन्स ल्याए । कर्मचारीलाई सेवाग्राहीको चिन्ता भएको देखिएन । कर्मचारीमा कामप्रति जोस, जागर र उत्साह थिएन । उनीहरू अल्छी गरी गरी काम गरिरहेका थिए ।

मालपोत कार्यालयमा कर्मचारीभन्दा बिचौलिया धेरै
सोमबार संवाददाता ३ बजे मालपोत कार्यालय चावहिल जाँदा खासै भिडभाड थिएन । कार्यालयको भुइँ तलामा कानुनी सेवा भनेर लेखिएका पसलका झुन्ड थियो । कोही नयाँ मान्छे देख्नेबित्तिकै के होला भनेर प्रश्न गर्न आउने व्यक्तिको समूहले मातपोत कार्यालय घेरिएको थियो । सेवाग्राहीले बिचौलियामार्फत सेवा लिन बाध्य भइरहेको बताए ।

हातमा फाइल लिएर बिचौलिया यता र उता दौडिरहेका थिए । सामाजिक दुरी पालन गरिएको थिएन । कसैको मुखमा मास्क देखिन्थ्यो भने कसैको खुला नै थियो । कार्यालय प्रमुख कुलबहादुर खड्काले सेवाग्राहीले सामाजिक दुरी कायम नगरेको भन्दै गुनासो पोखे तर कार्यालयले सुरक्षाका विधि प्रभावकारी रूपमा अपनाउन सकेको थिएन । उनले कार्यालयमा कर्मचारीको अभाव भएकाले दुई सिफ्टको सेवा प्रभावकारी हुन नसकेको स्विकारे ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुराका पालिका प्रमुखमा चार जना अधिवक्ताको उम्मेदवारी