Tuesday, August 11, 2020
Home Exclusive सुनैना ठाकुर : महिलाका पीडालाई चित्रमा उतार्दैछिन्

सुनैना ठाकुर : महिलाका पीडालाई चित्रमा उतार्दैछिन्

घुम्टोभित्र जेलिएकालाई सिर्जनाको दुनियामा ल्याउने उनै हुन्

काठमाडौं । कोभिड– १९ ले सिंगै विश्व ठप्प बनायो । ठूला अर्थतन्त्र भएका मुलुक त शिथिल बनेको बेला नेपाल अछुतो रहने कुरै भएन । विशेष त भारतीय सिमा जोडिएका क्षेत्रमा कोरोनाको कहर अझै बढी छ ।

पहिल्यैदेखी मधेशी समुदायमा जन्मिएका महिलाहरुलाई आर्थिक उपार्जनमा जोड्दै आएकी कलाकार सुनैना ठाकुरले यसपाली चित्रकला महिलाका पीडा प्रस्तुत गरिन् ।

‘लकडाउनमा म पनि घर भित्रै बसेँ तर, विनाकाम घरमै रमाउन सकिन कोरोना संक्रमणमा महिलाहरुले भोगेका पीडालाई क्यानभासमा उतारेँ ।’ सुनैनाले भनिन् ।

महोत्तरीको जलेश्वर नगरपालिकास्थित आफ्नै गाउँमा रमाइकी रहेकी सुनैनाले लकडाउन अवधिमा गर्भवती महिला, बालबालिकाहरु र मजदुरको पीड़ालाई चित्रकलामा उतारेकी छिन् ।

मधेशमा जन्मेकी सुनैनाले केबल चित्र कोर्न मात्रै काम गर्दिनन् । घुम्टोभित्रै जेलिएर घरभित्रै थुनिएका थुपै्र महिलाहरुलाई सिर्जनाको रंगीन संसारमा आउन बाटो देखाएकी छिन् । आफ्नो यो कदममा श्रीमान शम्भू ठाकुरले गरेको सहयोग कहिल्यै भुल्दिनन्

‘गर्भवती महिला यसै पनि पीडामा हुन्छन्, कोरोना संकटमा उनीहरु थप त्रासमा रहे त्यहि कुरा मैले क्यानभासमा उतारेँ ।’ सुनैनाको भनाई थियो ।

कोरोना संकटबाट जब पहिलो पटक सुत्केरी महिलाको मृत्यु भयो । उक्त घटनाले कतिपय गर्भबती महिलाहरुमा मानसिक त्रास बढेको अनुभव गरिन् सुनैनाले ।

कतिपय अस्पतालले कोरोना आशंकाको बहानामा सुत्केरी व्यथा लागेर अस्पताल पुगेका व्यक्तिलाई उपचार गर्नै मानेनन् । फोन गरेर बोलाउदा एम्बुलेन्स आउन नमानेको घटना त कति हो कति ।

जब मुलुकमा लकडाउन घोषणा भयो । सार्वजनिक यातायात ठप्प भयो । काम विषेशले यता उती लागेका महिला उतै थुनिए । जहाँ पुगेका थिए सँधै त्यहि बस्न सम्भव थिएन । कतिपय महिलाले हिंडेरै गन्तव्यमा पुग्ने प्रयाश गरे र सो क्रममा महिलाहरुले हिंसाको सामाना समेत गर्नु प-यो । सुनैना भन्छिन् ‘महिलाहरुले भोगेको यो कहरलाई दस्तावेजको रुपमा राख्नका लागि पनि तिनै महिलाको पीडा समेटेर चित्र कोर्न थालेँ ।’

सुनैनाको अनुभवले भन्छ ‘सामाजिक दुरी कायम गर्नुपर्ने वाध्यताले कोही कसैको घरमा जान नपाइने भयो । आफ्नो घरमा त्यो पनि कतिपय अवस्थामा एकान्त बस्नुपदा कतिपय महिलाले ज्यान समेत गुमाए ।’ विभिन्न सञ्चारमाध्यम मार्फत महिलाका यीनै समस्यावारे अनुसन्धान गरिरहेकी सुनैनाले ति पिडित महिलाका दुःखलाई चित्रमा उतारेकी छिन् ।

मधेशमा जन्मेकी सुनैनाले केबल चित्र कोर्न मात्रै काम गर्दिनन् । घुम्टोभित्रै जेलिएर घरभित्रै थुनिएका थुपै्र महिलाहरुलाई सिर्जनाको रंगीन संसारमा आउन बाटो देखाएकी छिन् । आफ्नो यो कदममा श्रीमान शम्भू ठाकुरले गरेको सहयोग कहिल्यै भुल्दिनन् ‘यदि मेरो श्रीमानले मलाई सहयोग गर्नु भएको थिएन भने म आज यो स्थानमा आउन सक्दिन थिएँ ।’ उनले भनिन् ।

जापान, अमेरिका, बांगलादेश लगायत दर्जनौँ विदेशी भूमिमा पुगे आफ्ना सिर्जना प्रस्तुत गरेकी सुनैनाले दर्जनौ अन्तराष्ट्रिय पुरस्कार पाएकी छिन् ।

(Visited 51 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

राजनीतिक नियुक्तिको सान्दर्भिकता

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नियमित संस्थागत संरचनाबाहेक विकास समिति २४, विकास कोष तीन, संस्थान एक, प्रतिष्ठान चार, संग्राहलय तीन, प्राधिकरण...

कोरोनाकै कुरा

सन् २०२० प्रारम्भ भएयता अर्थात् विगत सात महिनादेखि विश्व कोरोना भाइरसजन्य महामारीसँग संघर्षरत छ । नयाँनयाँ अनुसन्धान र परीक्षणका समाचार आइरहेका भए पनि अहिलेसम्म...

शैक्षिक सत्र होइन, स्वास्थ्यको ख्याल गर

कोरोना महामारीको संक्रमण देशव्यापी भएसँगै यस शैक्षिक सत्र अन्योलमा परेको छ । समयावधिका हिसाबले सुरु भइसके पनि पठनपाठनका हिसाबले यो सुरु भएको छैन ।...

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

धेरै पढिएका

आयो समीपको म कैदी प्रेमको भिडियो

पोखरा । नेपाली साहित्यका गजलकार दीपक समीपको नयाँ गजल ‘म कैदी प्रेमको...’ म्युजिक भिडियो सार्वजनिक भएको छ । केशवराज आचार्यको स्वर तथा संगीतमा रहेको...

गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

भक्तपुर । पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ...

सुनको मूल्य प्रतितोला करीब ९० हजार

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा अनपेक्षितरुपमा वृद्धि भएको छ । आज बजार खुल्दा प्रतितोला पहेँलो धातुको मूल्य रु ८९ हजार ६०० कायम भई...

सोती घटना : ३४ जनाविरुद्ध रुकुम जिल्ला अदालतमा मुद्दा दर्ता

रुकुम । रुकुमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछि हत्याको घटनामा प्रहरीले ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरिएकामध्ये...

ई-पेपर

(Visited 46 times, 1 visits today)