Tuesday, August 11, 2020
Home Editor-Picks दुर्गेश थापालाई गीत चोरीको आरोप (भिडियाे लिंकसहित)

दुर्गेश थापालाई गीत चोरीको आरोप (भिडियाे लिंकसहित)

बिच्च बिच्चमा–२ मा अलिमियाँको भाका चेरेपछि तालनगरी तरंगित

पोखरा । गायक दुर्गेश थापाले गाएको गीत चोरीको आरोप लागेपछि तालनगरी पोखरा तरंगित बनेको छ । उनको ‘बिच्च बिच्चमा–२’ नामबाट सार्वजनिक गीतमा लोककवि अली मियाँको गीतको एक अन्तरा हुबहु मिल्छ ।

अली मियाँको गीतको ‘आकाशमा बादलु डम्मै छ । मनमा के छ भन्नेलाई सम्मै छ’ अन्तरा चालिसको दशकमै नेपाली जनजिब्रोमा खुबै रुचाइएको थियो । पोखरेली चेली प्राज्ञ एवं लोकगायिका हरिदेवी कोइराला र प्रेमराजा महतले २०४६ सालमा गाएको अली मियाँको सिर्जनाको सो लोकगीतमा त्यही अन्तरा छ ।

दुर्गेशले हालैमात्रै आधुनिक बाजागाजासहित लकडाउनकै बेलामा ‘बिच्च बिच्चमा–२’ नामबाट गीत सार्वजनिक गरेका थिए ।
यता, अली मिया लोक वाङ्मय प्रतिष्ठानले गीत चोरी भएको भन्दै आपत्ति जनाएको छ । प्रतिष्ठान सचिव पदमराज ढकालले भने, ‘गायक दुर्गेशले गाएको गीतको तेस्रो अन्तरामा सो अन्तरा प्रयोग गरेका छन् । यो सरासर चोरी हो । हामीहरु प्रतिष्ठानको बैठक बसेर न्याय खोज्छौं ।’

दुर्गेशले हालैमात्रै आधुनिक बाजागाजासहित लकडाउनकै बेलामा ‘बिच्च बिच्चमा–२’ नामबाट गीत सार्वजनिक गरेका थिए । यता, अली मिया लोक वाङ्मय प्रतिष्ठानले गीत चोरी भएको भन्दै आपत्ति जनाएको छ

उनले लोक गीतको सिर्जना नभई संकलन हुन्छ भनिए पनि शब्द सर्जककै हुने बताउँछन् । म्यूजिक नेपालले बजारमा ल्याएको सो गीत कालजयी गीत भएको र शब्द हुबहु चोरी गर्न नहुने बताए ।

यता, प्रतिष्ठान उपाध्यक्ष समेत रहेकी लोकगायिका कोइरालाले आफूहरुले सो गीत गाइसकेपछि सुनेर लोक कवि अलि मियाँ निकै खुसी भएको स्मरण गरिन् । उनले भनिन्, ‘उहाँको रेकर्डेड गीतमध्ये यो दोस्रो हो । जीवनमै सबैभन्दा खुसी यो गीत सुनेर हुनुभएको मलाई सम्झना छ । मैले उहाँका हालसम्म १६ गीत गाएँ ।’

उनका अनुसार अली मियाँको पहिलो गीत, ‘रुन्छन् मुसा केही छैन आँटीमा । बित्यो जीवन केही छैन अँध्यारो ठाँटीमा’ हो । २०४५ सालमा गाइएको सो गीतमा पनि उनैले स्वर दिएकी थिइन् । अली मियाँको ८४ वर्षे उमेरमा पोखरामा भएको रथारोहणमा सार्वजनिक ‘अलि मियाँका गीतहरु’ एल्बममा कोइराला सहित प्रेमराजा महत र पदमराज ढकालले पनि स्वर दिएका थिए ।

यसरी तीन दशकपछि गीत चोरी भएपछि कोइरालाले आपत्ति जनाउँदै भनिन्, ‘चोरी गर्नु राम्रो होइन । युवा भाइबहिनीलाई आफै सिर्जना गरेर गीत संगीत क्षेत्रमा लाग्न सुझाव दिन्छु ।’

गीतकार सुमन श्रापिले भाइरल हुने बहानामा कसैको सिर्जना चोरी गरी संस्कृतिमाथि धावा बोल्नु अपरोध हुने बताउँछन् ।
त्यस्तै, पोखरेली संचारकर्मी एवं संगीतकर्मी सञ्जु सुनारले दुर्गेशले गीतमा नेपाली लोकसंस्कृति मार्ने गरी गितारको क्लीष्ट गरिएको आरोप लगाए ।

गायक दुर्गेशले भने आफूले सानो छँदा गाउँघरमा सो भाखाको गीत सुनी प्रयोग गरेको तर गीत आइसकेपछि मात्र उहाँ (अली मियाँ) को गीत भन्ने थाहा भएको दाबी गरेका छन् ।

त्यतिमात्र कहाँ हो र उनको सो गीतमा लोकदोहोरी गायक पशुपति शर्मा र गायिका ज्योति लोहनी गुरुङले ३ वर्षअघि गाएको ‘स्याङ्जा रयाले’ बोलको गीतसँग पनि भाखा मिलेको पोखरामा चर्चा छ । सोबारे भने सम्बन्धित पक्षले केही बोलेका छैनन् ।

(Visited 490 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

विकास आयोजनाका बेथिति रोक

सरकारले अघि बढाउन चाहेका विकास आयोजनाका कार्यक्रम परिणाममुखी हुन सकिरहेका छैनन् । यसको पछाडि मुख्य कारण भनेको सञ्चालित...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल...

उहानका बासिन्दालाई अप्रिल ८ देखि अन्यत्र जान खुला गर्ने सरकारको तयारी

उहान, चीन । नयाँ कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान...

प्रहरी चौकीमा आक्रमण, असइसहित दुइ घाइते

सिन्धुपाल्चोक । प्रहरी चौकी तिपेनीमा गएराती अज्ञात समुहले अन्धाधुन्ध आक्रमण गर्दा चौकीका इञ्चार्ज सहित दुइ प्रहरी घाइते भएका छन् ।...

ई-पेपर

(Visited 46 times, 1 visits today)