Thursday, October 1, 2020
Home Editor-Picks दुर्गेश थापालाई गीत चोरीको आरोप (भिडियाे लिंकसहित)

दुर्गेश थापालाई गीत चोरीको आरोप (भिडियाे लिंकसहित)

बिच्च बिच्चमा–२ मा अलिमियाँको भाका चेरेपछि तालनगरी तरंगित

पोखरा । गायक दुर्गेश थापाले गाएको गीत चोरीको आरोप लागेपछि तालनगरी पोखरा तरंगित बनेको छ । उनको ‘बिच्च बिच्चमा–२’ नामबाट सार्वजनिक गीतमा लोककवि अली मियाँको गीतको एक अन्तरा हुबहु मिल्छ ।

अली मियाँको गीतको ‘आकाशमा बादलु डम्मै छ । मनमा के छ भन्नेलाई सम्मै छ’ अन्तरा चालिसको दशकमै नेपाली जनजिब्रोमा खुबै रुचाइएको थियो । पोखरेली चेली प्राज्ञ एवं लोकगायिका हरिदेवी कोइराला र प्रेमराजा महतले २०४६ सालमा गाएको अली मियाँको सिर्जनाको सो लोकगीतमा त्यही अन्तरा छ ।

दुर्गेशले हालैमात्रै आधुनिक बाजागाजासहित लकडाउनकै बेलामा ‘बिच्च बिच्चमा–२’ नामबाट गीत सार्वजनिक गरेका थिए ।
यता, अली मिया लोक वाङ्मय प्रतिष्ठानले गीत चोरी भएको भन्दै आपत्ति जनाएको छ । प्रतिष्ठान सचिव पदमराज ढकालले भने, ‘गायक दुर्गेशले गाएको गीतको तेस्रो अन्तरामा सो अन्तरा प्रयोग गरेका छन् । यो सरासर चोरी हो । हामीहरु प्रतिष्ठानको बैठक बसेर न्याय खोज्छौं ।’

दुर्गेशले हालैमात्रै आधुनिक बाजागाजासहित लकडाउनकै बेलामा ‘बिच्च बिच्चमा–२’ नामबाट गीत सार्वजनिक गरेका थिए । यता, अली मिया लोक वाङ्मय प्रतिष्ठानले गीत चोरी भएको भन्दै आपत्ति जनाएको छ

उनले लोक गीतको सिर्जना नभई संकलन हुन्छ भनिए पनि शब्द सर्जककै हुने बताउँछन् । म्यूजिक नेपालले बजारमा ल्याएको सो गीत कालजयी गीत भएको र शब्द हुबहु चोरी गर्न नहुने बताए ।

यता, प्रतिष्ठान उपाध्यक्ष समेत रहेकी लोकगायिका कोइरालाले आफूहरुले सो गीत गाइसकेपछि सुनेर लोक कवि अलि मियाँ निकै खुसी भएको स्मरण गरिन् । उनले भनिन्, ‘उहाँको रेकर्डेड गीतमध्ये यो दोस्रो हो । जीवनमै सबैभन्दा खुसी यो गीत सुनेर हुनुभएको मलाई सम्झना छ । मैले उहाँका हालसम्म १६ गीत गाएँ ।’

उनका अनुसार अली मियाँको पहिलो गीत, ‘रुन्छन् मुसा केही छैन आँटीमा । बित्यो जीवन केही छैन अँध्यारो ठाँटीमा’ हो । २०४५ सालमा गाइएको सो गीतमा पनि उनैले स्वर दिएकी थिइन् । अली मियाँको ८४ वर्षे उमेरमा पोखरामा भएको रथारोहणमा सार्वजनिक ‘अलि मियाँका गीतहरु’ एल्बममा कोइराला सहित प्रेमराजा महत र पदमराज ढकालले पनि स्वर दिएका थिए ।

यसरी तीन दशकपछि गीत चोरी भएपछि कोइरालाले आपत्ति जनाउँदै भनिन्, ‘चोरी गर्नु राम्रो होइन । युवा भाइबहिनीलाई आफै सिर्जना गरेर गीत संगीत क्षेत्रमा लाग्न सुझाव दिन्छु ।’

गीतकार सुमन श्रापिले भाइरल हुने बहानामा कसैको सिर्जना चोरी गरी संस्कृतिमाथि धावा बोल्नु अपरोध हुने बताउँछन् ।
त्यस्तै, पोखरेली संचारकर्मी एवं संगीतकर्मी सञ्जु सुनारले दुर्गेशले गीतमा नेपाली लोकसंस्कृति मार्ने गरी गितारको क्लीष्ट गरिएको आरोप लगाए ।

गायक दुर्गेशले भने आफूले सानो छँदा गाउँघरमा सो भाखाको गीत सुनी प्रयोग गरेको तर गीत आइसकेपछि मात्र उहाँ (अली मियाँ) को गीत भन्ने थाहा भएको दाबी गरेका छन् ।

त्यतिमात्र कहाँ हो र उनको सो गीतमा लोकदोहोरी गायक पशुपति शर्मा र गायिका ज्योति लोहनी गुरुङले ३ वर्षअघि गाएको ‘स्याङ्जा रयाले’ बोलको गीतसँग पनि भाखा मिलेको पोखरामा चर्चा छ । सोबारे भने सम्बन्धित पक्षले केही बोलेका छैनन् ।

(Visited 501 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

भर्खरै

कविता : भो नसुत डा. केसी !

  भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौ हरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त...

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे कमिसन रकम

गुल्मी । विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको लागि ट्याक्टर खरिद गरेका ठेकेदारले किसानहरुसँगबाट लिएको कमिसन रकम फिर्ता गरेका छन् । रुरुक्षेत्र...

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

धेरै पढिएका

च्याम्पियन्स लिग अगस्टमा गर्ने योजना

नियोन । युरोपियन फुटबलको सर्वाच्च निकाय (यूर्ईएफए)ले कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण प्रभावित बनेको यूर्ईएफए च्याम्पियन्स लिग र युरोपा लिगको यो सिजनको बाँकी खेल...

नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

काठमाडौँ । पटक पटक स्थगित भई आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सात दिनपछि (साउन २ गते शुक्रबार)...

कास्कीको हेम्जा केन्द्रविन्दू भएर भूकम्प

काठमाडौँ । कास्कीको हेम्जा केन्द्रविन्द भएर भूकम्प गएको छ । हेम्जा केन्द्रविन्दू भएर आज साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय...

काठमाडौं उपत्यकामै आइपुग्यो वर्षायाम भित्र्याउने मौसम प्रणाली, यस्तो छ बुधबारसम्मको मनसुनी अवस्था

काठमाडौं । मनसुनी वायु देशभर फैलने क्रममा आजदेखि काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । मौसमविदहरुका अनुसार वर्षायाम भित्र्याउने मौसमी प्रणाली आज सोमबारबाट देशको मध्य...

ई-पेपर

(Visited 64 times, 1 visits today)