काठमाडौं उपत्यका नै जोखिममा

कोरोना संक्रमण फैलने क्रम बढिरहँदा काठमाडौं उपत्यका नै अत्यधिक जोखिममा परेको छ । उपत्यकामा जोखिम बढेसँगै कोरोना संक्रमण नियन्त्रणमा सरकारले थालेका प्रयास फितलो भएको अनुभूति गरिँदै छ । राजधानीमा रहेका चारवटा कोरोना अस्पताल बिरामीले भरिन थालेका छन् । राजधानी नै जोखिममा पर्ने स्थिति आउनुले भावी दिनमा संकट अझै गहिरिएर जाने सहजै अनुमान गर्न सकिन्छ । यसो त मुलुकका सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

काठमाडांै उपत्यकामा देखिएका संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट आएका हुन् । विदेशबाट आएका व्यक्तिको समयमा नै पहिचान गर्न नसकिएकाले उनीहरुले पनि सामुदायिक रूपमा संक्रमण फैलाइसकेको हुन सक्छ । त्यसैले संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका सबै व्यक्तिको छिटोभन्दा छिटो पहिचान गरी उनीहरुलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ । काठमाडौं उपत्यकामा हालसम्म महानगरपालिकाले व्यवस्थित क्वारेन्टिन बनाउन सकेको छैन त्यसैले भोलिका दिनमा विदेशबाट आएकालाई राजधानीमा नै क्वारेन्टिनमा राख्न असहज हुने भएको छ । स्थानीय सरकारका रूपमा रहेको काठमाडौं महानगरपालिकाले क्वारेन्टिन निर्माणका लागि सरकारका अन्य निकायसँग समन्वय गरी छिटोभन्दा छिटो क्वारेन्टिन निर्माण कार्य थाल्नुपर्छ । महानगरपालिकाले नीति तथा कार्यक्रममा समेत कोरोना नियन्त्रणका कार्यक्रम समाविष्ट गरी बजेटको व्यवस्था गरे पनि सो कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी आवश्यक कार्ययोजना बनाउन सकेको छैन् । केन्द्रीय सरकारले पनि महानगरपालिकासँग आवश्यक समन्वय गर्न सकेको छैन । जसका कारण राजधानीमा नै कोरोना रोकथाम र नियन्त्रणको कार्यक्रम प्रभावकारी हुन नसक्नु दुःखद छ ।

सरकारले विदेशबाट आएकाहरुलाई सुरुमा नै पिसिआर टेस्ट गराउनुपथ्र्यो तर पिसिआर परीक्षणबिना नै विदेशबाट आएका नेपालीहरु गाउँघरमा पुग्ने क्रम अहिले पनि जारी छ । यस्तो कार्यले पनि कोरोना संक्रमणको दर दिनानुदिन बढिरहेको हो ।

यसका अलावा सरकारले लकडाउनलाई खुकुलो बनाएपछि संक्रमण फैलने क्रम झनै बढ्न पुगेको हो । लकडाउन खुकुलो पारिएसँगै नागरिकले पनि कोरोना संक्रमणलाई सामान्य रूपमा लिएर लापारवाही गरिरहे । कतिसम्म भने लकडाउन उल्लंघन गरेर नारा जुलुस र धर्ना जस्ता कार्यक्रमसमेत भए । अहिले पनि सरकारको पक्षमा युवाहरु कोरोना संक्रमणलाई बेवास्ता गर्दै सडकमा आइरहेका छन् । यस्ता कार्यले कोरोना संक्रमण बढाउन ठूलो भूमिका खेलिरहेको छ । सरकारले अब सबै प्रकारका धर्ना, जुलुस र ¥यालीलगायत कार्यक्रमलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्छ । सोमबार मात्रै गृह मन्त्रालयले बिनामास्क हिँडडुल गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न देशभरका प्रहरी प्रशासनलाई निर्देशन दिएको छ । वास्तवमा नागरिकस्तरमा अनु्शासन भइदिएको भए गृह मन्त्रालबाट यस प्रकारको निर्देशन आवश्यक पर्दैनथ्यो । सर्वसाधारण जनताले मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने र नियमित रूपमा साबुन पानीले हात धुने कार्यलाई नियमित गर्नु अत्यावश्यक छ । यसैगरी, विशेष काम परेर सडकमा हिँडडुल गर्दा पनि भौतिक दुरी कायम गरी हिँडडुल गर्नुपर्छ ।

कोरोना रोकथाम र नियन्त्रणको जिम्मेवारी सरकारको मात्रै हो भन्ने सोचाइबाट सबै नागरिक मुक्त हुनुपर्छ । सरकार र नागरिकको सहकार्य र आपसी सहयोग तथा समन्वयबिना कोरोना नियन्त्रण असम्भव छ । सरकारले कोरोना नियन्त्रणमा हालसम्म चालेका योजना र कार्यक्रम’bout पुनर्विचार गरी आगामी दिनमा अझै सशक्त र आक्रामक कार्यक्रम ल्याउन ढिलाइ गर्नुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी