कोरोनाभन्दा घातक संक्रमित राजनीति

राजनीतिक संक्रमणले थिलथिलो बन्दै आएको मुलुक अहिले कोरोना संक्रमणले आक्रन्त हुँदै छ । यी दुवै संक्रमण्बाट जोगिन अब सर्वसधारण नागरिक आफैं सचेत बन्नुपर्दछ । कोरोनाको संक्रमण दिनानुदिन फैलिइरहेको छ भने राजनीतिक संक्रमण मुलुकभर फैलिएर मुलुकलाई क्रोनिक र दुर्बल बनाउन लागिपर्दै आएको छ । पछिल्लो संक्रमण भएकाले कोरोनाको ’boutमा सर्वसाधारण सबैले जानकारी पाउँदै आएका छन् । यसबाट बच्नका निम्ति सावधानी पनि अपनाउँदै आएका छन् । तर, राजनीतिक संक्रमण के हो ? यसले मुलुकलाई कस्तो प्रभाव पार्छ भन्ने कुरो कतिपय व्यक्तिलाई जानकारी नहुन सक्ला । यी दुई संक्रमणको असरलाई यहाँ तुलनात्मक रूपमा हेर्ने प्रयास गरिएको छ । जसले यी दुई संक्रमणमध्ये देश र जनताको निम्ति कुन बढी घातक छ भन्ने कुरा पहिचान गरी त्यसको असर कम पार्ने कार्ययोजना जनस्तरबाटै बनाउन सकियोस् ।

संक्रमण अत्यन्त सुक्ष्म जीवाणुबाट हुने कुरा सर्वविदितै छ । यस्ता जीवाणुलाई हाम्रो नांगो आँखाले देख्न सक्दैनौं । कोरोना संक्रमणको जीवाणु जीवित हुन्छ र यसलाई सूक्ष्म दर्शक यन्त्रको सहयोगले देख्न सकिन्छ । तर, राजनीतिक संक्रमणको जीवाणु भने जीवित हुँदैन र यसलाई हामीले सूक्ष्मदर्शक यन्त्रले पनि देख्न सकिँदैन । व्यक्तिको नकारात्मक दृष्टिकोण, नकारात्मक व्यवहार र कार्यशैलीले राजनीतिक संक्रमणका जीवाणुलाई जीवन्तता दिलाई क्रियाशील गराउँछ । सजीवता र निर्जीवता यी दुईमा हुने मुख्य भिन्नता हो । कोरोना संक्रमणको असर दृश्य हुन्छ । यसलाई सर्वसाधारण सबैले अनुभूति गर्न सक्छन् । तर, राजनीतिक संक्रमणको असर अदृश्य हुन्छ, यसलाई सर्वसाधारणले कोरोनाको झैं तत्कालै अनुभूति गर्न पाउँदैनन् । कोरोनाको संक्रमण सीमित व्यक्ति वा समूहसँग सम्बन्धित हुने भएकाले यो संक्रमण आमनागरिकका लागि समानुपातिक रूपमा हानिकारक हुँदैन । राजनीतिक संक्रमण भने तीव्र रफ्तारका साथ देशव्यापी रूपमा फैलिने तथा यसले सबै क्षेत्रलाई सहजै समाउने भएकाले यो कोरोनाभन्दा बढी हानिकारक हुन्छ । राजनीतिक संक्रमणले कोरोनाको जस्तो व्यक्ति विशेषलाई मात्र होइन, ३ करोड नेपाली र सिंगो मुलुकलाई नै क्षति पु¥याउँदछ । मुलुक अहिले कोरोना संक्रमणको प्रारम्भिक चरणमै छ भने राजनीतिक संक्रमण देशव्यापी रूपमा फैलिई क्रोनिक अवस्थामा पुगिसकेको छ ।

वास्तवमा राजनीतिक संक्रमणको जीवाणु भनेको स्वार्थ, स्वेच्छाचारिता, विवेकहीनता, अहं भावना र आफैंलाई सर्वशक्तिमान ठान्ने प्रवृत्ति नै हो । यस्ता जीवाणुको उत्पत्तिको स्रोत प्रलोभन र दरिद्र मानसिकता नै हो । मानसिक दरिद्रताको दुर्गन्ध अहिले देशव्यापी रूपमा विस्तारित भइसकेको छ । एकपछि अर्को व्यक्ति हुँदै मुलुकको राजनीतिक क्षेत्रलाई नै जीवाणुले संक्रमित बनाइसकेको छ । कोरोना र राजनीतिक भाइरसको विशेषता भने समान हुँदैन । कोरोनाले व्यक्तिको इच्छाविरुद्धै जबरजस्ती समाउँछ भने राजनीतिक भाइरसलाई भने नेताहरूले नै खोजीखोजी अँगाल्न पुग्छन् । कोरोना भाइरस औषधि उपचारको विधिद्वारा नियन्त्रण गर्न सकिन्छ तर राजनीतिक भाइरसलाई संक्रमित व्यक्तिले नै छोड्न नचाहने हुँदा यसलाई सहज ढंगले नियन्त्रण गर्न सकिँदैन ।

राजनीतिक संक्रमणको असर अदृश्य हुन्छ, सर्वसाधारणले कोरोनाको झैं तत्कालै अनुभूति गर्न सक्दैनन्

कोरोना भाइरसको निम्ति सबै मानिस समान मानिन्छन् तर राजनीतिक भाइरस भने विभेदकारी हुन्छ । यसले सर्वसाधारण नागरिक मात्र होइन, मुलुकलाई नै चुसेर राजनीतिक व्यक्तिकै संरक्षण र संवद्र्धन गर्छ । जनता कंगाल बनाएर नेता धनी बनाउने राजनीतिक भाइरसको अर्को अनौठो विशेषता हो । भ्रष्टाचार स्वेच्छारिता, व्यक्तिगत स्वार्थ, दण्डहीनता र अराजकता त राजनीतिक संक्रमणका आधारभूत आहारा नै हुन् । कोरोना भाइरसले व्यक्तिलाई क्रमशः शक्तिहीन बनाएर ज्यानै लिन सक्छ । तर राजनीतिक भाइरसले भने व्यक्तिलाई मोटोघाटो, हृष्टपुष्ठ, सुखी सम्पन्न र शक्तिशाली बनाउँदै ल्याउँछ । लिखुरे व्यक्ति पनि संक्रमणको मलजलले आफ्नै विगतलाई स्मरण गर्न नसक्ने पहलमान । कोरोनाविरुद्ध राज्य नै लागिपर्ने भएकोले ढिलो चाँडो यो निर्मूल हुन्छ । राजनीतिक संक्रमण भने राज्यबाटै संरक्षित हुने भएकोले यसलाई चाहेर पनि निर्मूल गर्न सकिँदैन ।

प्रलोभन र मानसिक दरिद्रताको दलदलबाट उत्पन्न भएको राजनीतिक भाइरसको जीवाणु जब व्यक्तिको स्वार्थसँग सम्बन्धित हुन पुग्छ, त्यतिखेर यो दोस्रो चरणमा प्रवेश गर्दछ । यो स्टेज विकसित अवस्थामा पुग्दा व्यक्तिमा स्वार्थको सर्वोच्चता स्थापित हुन्छ । जसले व्यक्तिका हरेक क्रियाकलाप र गतिविधिलाई नाफा र नोक्सान, लाभ र हानिको रूपमा हेर्न सिकाउँछ । यही स्टेजमा आफ्ना सम्पूर्ण कार्य व्यक्तिकै स्वहितमा आधारित हुनुपर्दछ भन्ने मानसिकता संक्रमणले उत्पन्न गराउँछ । यही चरणमा व्यक्तिको स्वार्थको क्षेत्र पनि विस्तारित हुँदै जान्छ । त्यसलाई परिपूर्ति गराउने कार्ययोजनासमेत भाइरसले सँगै बनाउँदै लान्छ । योजना कार्यान्वयन गर्न के कुन क्षेत्रका केकस्ता व्यक्तिको सहयोग आवश्यक पर्दछ भन्ने कुरा पनि अग्रिम रूपमा छनोट गरी आवश्यकतानुसार सबै क्षेत्रलाई नै क्रमशः भाइरसले विस्तारित एवं आकर्षित बनाउँदै लान्छ । यसरी व्यक्ति व्यक्तिबीच हुने सहकार्य र स्वार्थको विनिमय पछि भनेर भाइरसको दोस्रो चरणको अन्त्य हुन्छ ।

राजनीतिक भाइरसको तेस्रो चरण भनेको संगठनात्मक स्वरूपको विस्तार हो । यस चरणमा भाइरस केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म र राष्ट्रियस्तरमा मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रसम्म विस्तारित हुन पुग्छ । यस चरणमा अत्यधिक लाभको कारण व्यक्तिको जीवनशैली नै परिवर्तन हुन्छ । लाभको प्रेरणाले व्यक्तिको उत्साह बढ्ने, आत्मबल अझ सुदृढ हुने, भाइरसलाई व्यवस्थित गराई विस्तारित गर्ने प्रवृत्ति बढ्छ । यो चरणको अन्तिम बिन्दुमा पुगिसकेपछि भने व्यक्तिले क्रमशः नैतिकता र इमानदारिता नै गुमाउन पुग्छ । राजनीतिक सिद्धान्त बिर्सन्छ । पदीय दायित्वलाई भन्दा लाभ र स्वार्थलाई सर्वोपरी ठान्छ । राजनीतिक भाइरसको चौथो चरण भनेको पतनको चरण हो । यस चरणमा स्वार्थ र स्वेच्छाचारिताले नै व्यक्तिलाई आरोलोतर्फ झार्न थाल्छ । पदीय मर्यादा घटाउँदै लान्छ । प्रशंसकबाटै व्यक्ति आलोचित हुन थाल्छ ।

सत्ता शक्तिको दुरूपयोगले पदीय दायित्वलाई नै धाराशयी बनाउँछ । सम्मानित बन्दै आएको व्यक्ति नै सर्वसाधारणको निम्ति बोझ बन्न पुग्छ । तर यो अवस्थामा पुगे पनि भाइरसले व्यक्तिलाई पदमुक्त गराउन चाहँदैन । पदलोलुपता कायमै रहन्छ । तथापि हिजोको शक्तिशाली व्यक्ति आजै निरीह बन्दा पनि ऊसँगको स्वार्थमा साझेदार बन्दै आएका सहकर्मी र सहयोगी पूर्ण रूपमा विरोधमा उत्रन सक्दैनन् । यस परिप्रेक्ष्यमा दलीय प्रभाव नै ओझेलमा पर्दछ । राजनीतिक संक्रमणमा त्यस्तो शक्ति हुन्छ जसले विरोधीकै मुख बन्द गराइदिन्छ । पतनको चरणमा पुगिसकेको व्यक्तिलाई भाइरसले अर्धचेत अवस्थामा पु¥याउने भएकोले उसको बोलीको सुर हुँदैन । निद्राको व्यक्ति बर्बराएझैं कहिले के बोल्ने, कहिले के बोल्ने अवस्थामा पुग्छ । विगतको कर्तुत ढाकछोप गर्न झुटो बोल्नु उसको निम्ति सामान्य हुन्छ ।

दुर्गन्धित अवस्थामा पुगेको संक्रमित व्यक्ति पदमा रहेसम्म मुलुकको प्रगति हुँदैन । मुलुक भाइरस संक्रमित बनेको हालै होइन, करिब एक दशक पहिले नै मुलुकको राजनीति भाइरसग्रस्त बन्दै आएको हो । यस अवधिमा सत्तामा पुगेका अधिकांश व्यक्ति भाइरसमुक्त हुन सकेनन् । तर ससाना दल जसले दलीय हैसियतमा सत्ता सञ्चालन गर्ने अवसर पाएनन्, त्यस्ता बिरलै दल भने अहिलेसम्म भाइरस मुक्त देखिएका छन् । सत्ता शक्तिको कसीबेगर केवल अनुमानकै भरमा साना दललाई संक्रमित भन्नु न्यायोचित हुँदैन । आजको सत्तासीन दल भोलि प्रतिपक्षी बन्ने र आजको प्रतिपक्षी भोलि सत्तामा पुग्ने आश्चर्यको विषय होइन । तर महŒवपूर्ण कुरा के हो भने सत्तासीन संक्रमित दल र व्यक्ति सत्ताबाट बाहिरिँदा सो स्थानमा पुग्ने अर्को दल र व्यक्ति पनि संक्रमित अवस्थामै सत्तामा पुग्छ वा संक्रमणरहित स्वच्छ अवस्थामा भन्ने सवाल विशेष महŒवपूर्ण हुन्छ ।

कमसेकम प्रतिपक्षसम्म संक्रमणरहित स्वच्छ बन्ने हो भने सत्ता संक्रमण मौलाएर झाँगिन पाउँदैन । प्रतिपक्ष संक्रमणरहित बने संक्रमित सत्तालाई पूर्ण रूपमा नियन्त्रणमा राख्न नसके पनि संकुचित गराउन र पकडमा राख्न भने सक्छ । यो अवस्थामा सरकारका काम कार्य केही हदसम्म सकारात्मक हुन सक्छन् । अहिलेको प्रतिपक्ष संक्रमणरहित नभएकोले वास्तविक प्रतिपक्षकै रूपमा उत्रन सकेको छैन । प्रतिपक्ष दुर्बल भयो भने त्यसको फाइदा सत्तालाई नै हुन्छ । पछिल्लो एक दशककै राजनीतिक अवस्थालाई हेर्ने हो भने सत्तापक्ष र प्रतिपक्ष दुवै सत्तामा रहेझै देखिन्छन् । राष्ट्रियस्तरका महŒवपूर्ण कार्यहरू सबै भागबन्डामै गर्दै आएका छन् । वास्तवमा राष्ट्रिय नीति, दीर्घकालीन महŒवका योजना, तथा यस्तै गहन विषयवस्तुका सम्बन्धमा राजनीतिक दलहरूबीच सहमति हुनैपर्दछ । राष्ट्रिय सहमतिको तात्पर्य सत्ता फेरबदल हुँदा पनि दीर्घकालीन महŒवका अधुरा कार्यपछि सत्तामा पुग्ने दलले पनि निरन्तरता देओस् भन्ने नै हो ।

भाइरसग्रस्त राजनीति देश र जनताका लागि मात्र होइन, सत्तापक्ष र प्रतिपक्षकै निम्ति हानिकारक हुन्छ

तर हाम्रोमा हुने राष्ट्रिय सहमति दीर्घकालीन महŒवका कार्यमा भन्दा न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्का सदस्य नियुक्ति गर्न, संवैधानिक निकायमा आआफ्ना मानिस भर्ना गर्न, औचित्यहीन आयोग गठन गरी आआफ्ना व्यक्तिलाई रोजगारी दिलाउनकै लागि राष्ट्रिय सहमति हुने गर्दछ । कोटा सिस्टममा हुँदै आएका यस प्रकारका सबै नियुक्ति यसैको दृष्टान्त हो । शक्ति सन्तुलनका लागि होइन, यहाँ स्वार्थको सम्झौतामा कोटा निर्धारण गरिन्छ । शक्ति सन्तुलनमा आधारित कोटा प्रणालीले राज्यलाई मजबुत र गतिशील बनाउँछ भने स्वार्थ सन्तुलनमा आधारित सम्झौताले राजनीतिक भाइरसलाई नै मलजल पु¥याई व्यक्तिको हित गराउँछ ।

स्वार्थमा डुबेको प्रतिपक्षले सत्ताको स्वस्थ आलोचना गर्न सक्दैन । केबल प्रतिपक्ष छ भन्ने देखाउन गरिने लोथ्रो आलोचनाको कुनै दम्भ हुँदैन । यदि कुनैकुनै मुद्दामा प्रतिपक्ष खरो ढंगले उत्रियो भने विगतको कालो कर्तुत सत्तापक्षबाट उजागर हुने संन्त्रासले प्रतिपक्ष चुप बस्ने गरेको छ । यही मानसिकतामा प्रतिपक्ष नै सत्ताको पूजारी बन्न पुग्दा सत्तासिन व्यक्ति स्वेच्छाचारिताको शिखरमा पुगेका हुन । राजनीतिक संक्रमणको फाइदा अहिले गुट उपुगटहरूले लिँदै आएका छन् । गुटगत राजनीतिले दलको होइन व्यक्तिको हित गर्ने, दललाई भन्दा गुटलाई मजबुद बनाउने, गुटलाई भन्दा व्यक्तिलाई लाभ पु¥याउने भएकोले अधिकांश दलमा यो प्रवृत्ति हावी हुँदै आएको हो । भाइरसग्रस्त राजनीति देश र जनताका लागि मात्र होइन सत्तापक्ष र प्रतिपक्षकै निम्ति हानिकारक हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्दछ । हद नाघी हुने अस्वस्थ राजनीतिक गतिविधि पनि सधैं मान्य हुन सक्दैन ।

यसर्थ, मुलुकलाई राजनीतिक भाइरसमुक्त गराउन अब नेपाली जनता नै एकजुट बन्नुपर्छ । यसका लागि भाइरसलाई राजनीतिबाट अलग्याउन चिरफार वा अप्रेसन नगरी हुँदैन । यो अप्रेसन गर्ने चिकित्सक भनेको नेपाली जनता नै हुन । अहिले नै शल्यक्रिया गर्ने समय आइनसके पनि अबको दुई अढाइ वर्षपछि हुने आमनिर्वाचनमा निश्चित रूपमा भाइरसको शल्यचिकित्सा गर्ने अवसर नेपाली जनताको हातमा आउने छ । यसको निम्ति कुन स्थानमा कुन औजारले कसरी चरिफार गर्दा भाइरसको शेष बाँकी रहँदैन भन्ने ’boutमा अहिलेदेखि नै स्वच्छ र पारदर्शी एवं उदार मानसिकताबाट हामीले गृहकार्यमा जुट्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी, ३ वडाको मतपरिणाम सार्वजनिक