Tuesday, January 19, 2021
Home Uncategorized आफन्तले मृत्यु भनिएका बिरामी निको भएर फर्किए

आफन्तले मृत्यु भनिएका बिरामी निको भएर फर्किए

चितवन । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए ।

भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए । ‘मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छु’, उनले भने ।

अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पतालप्रति धन्यवाद ज्ञापन गरे । अस्पताल तोडफोडका विषयमा परिवार संलग्न नभएको उनले बताए । उनले भने, ‘तोडफोडमा मेरो संलग्नता थिएन ।’ आफूले नबोलाए पनि मृत्यु भएको भनिएपछि इस्टमित्र र गाउँलेले अस्पताल तोडफोड गरेको उनले बताए । एपेन्डिसाइटिसको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो । उनको जेठ २९ गते मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो ।

बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर घर जान लागेको बताए । रगत नरोकिने (डिआइसी) भन्ने रोगको उपचार गरिएको थियो । रगतमा सङ्क्रमणसमेत भएकाले बचाउन निकै कठिन भएको उनले बताए । यो रोगको सङ्क्रमण भएका बिरामी विश्वमा नै २० प्रतिशत मात्र बच्ने सम्भावना हुने गरेको उनले जानकारी दिए।

अस्पतालले उपचारमा कहिल्यै लापरवाही नगर्ने भन्दै उनले अनावश्यक मानिसहरु भीड भएर तोडफोड र गालीगलौजमा उत्रँदा काम गर्नेहरुको मनोबल उच्च बनाउन कठिन हुने बताए ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

न्युक्यासलको पोस्टमा आर्सनलको ३ गोल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलद्वारा न्युक्यासल युनाईटेड पराजित भएको छ । आफ्नै मैदानमा भएको खेलमा आर्सनलले न्युक्यासललाई ३–० गोल...

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका...

परीक्षणमै संघीयता

झन्डै २ सय ४० वर्ष पुरानो एकात्मक राजतन्त्रप्रणालीको शासन व्यवस्था समाप्त भई हाम्रो मुलुक संघीय लोकतान्त्रिक राज्य प्रणालीमा परिणत भएको धेरै समय भइसक्दा पनि...

अनि कोमललाई विवाह गर्ने चाहना हरायो

काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब...

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

साताका लोकप्रिय समाचार

झोलुङ्गे पुलको नामकरण गर्नेलाई २५ हजार पुरस्कार

बागलुङ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो (५६७ मि) झोलुङ्गे पुलको नामकरणका लागि सम्भाव्य नाम पठाउन सार्वजनिक आह्वान...

पोखराबाट सुरु भयो डिसेम्बर फल्स

काठमाडौं । नयाँ चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन सुरु भएको छ । चलचित्रको छायांकन पोखराबाट सुरु भएको हो । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार...

योगेश भट्टराई भन्छन् : केटो नै हुँ, प्रधानमन्त्रीको स्तर थाहा पाएँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहान–नेपाल समूहका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् । प्रदेश १ को...

नेपालमा जलविद्युत्को नीतिगत व्यवस्था र कार्यान्वयन पक्ष

चालु आव २०७७-७८ को बजेट बक्तव्यमा मुलुकको ऊर्जा संकट समाधान भएकाले अब विद्युत् उत्पादनलाई नदी प्रणालीमा आधारित, अर्धजलाशययुक्त र जलाशययुक्त आयोजनाका माध्यमद्धारा विद्युत् निकासीतर्फ...

रेमिटेन्स वृद्धिले पलाएको आशा

कोरोना महामारीले विश्व आक्रान्त हुँदा पनि चालू आर्थिक वर्षको मंसिरसम्म देशमा भित्रने रेमिट्यान्समा वृद्धि भइरहेको छ । यस वर्ष मात्र ४ खर्ब १६ अर्ब...

ट्रेन्डिङ

दिनभरको कार्यक्रम सकी प्रधानमन्त्री शिक्षण अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुने भनिएपछि अपराह्नदेखि नै सञ्चारकर्मी अस्पतालमा पुगेका थिए...

लकडाउन : आजदेखि झन् कडा

काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनलाई थप...

कोरोनाको त्रास : अनावश्यक हल्लाका कारण खाद्यबस्तु र ईन्धन स्टक गर्ने होडबाजी

सप्तरी । केही दिन यता खाद्यबस्तु र ईन्धन लगायतका अत्यावश्यक सामान खरिद गरि स्टोक गर्ने उपभोक्तामा होडबाजी चलेको छ ।...

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र...

साथीलाई प्रहरीमा जागिर खुवाउन खाेज्ने ८ जना नक्कली परिक्षार्थी पक्राउ

कर्णाली ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको...

आत्तिनु र त्रसित हुनुपर्ने अवस्था छैन

  यादवप्रसाद कोइराला सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिमले सर्वसाधारण आतंकित र त्रसित छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव...

युथ लिगबारे १३ विद्यालयसँग छलफल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले युथ लिग (यु–१४ र यु–१८) का लागि काठमाडौं उपत्यकाका १३ विद्यालयसँग बुधबार छलफल गरेका छन् । एन्फा अध्यक्ष...

कोरोना कहर : किसानलाई पाकेको गहुँ भित्र्याउन समस्या

नेपालगन्ज । लकडाउनका कारण नेपाली किसानलाई यति बेला हिउदे बाली भित्र्याउने चटारो छ ।

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सशस्त्रमा बाह्य हस्तक्षेप, तोकिएको गणमा किन जान पाएनन् खनाल ?

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा सोमबार विहान सि.सं. ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम थियो । ३२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहभागी...

सुनसरीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी १० मा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा...

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । थप ३४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका...

भर्खरै

सशस्त्रमा बाह्य हस्तक्षेप, तोकिएको गणमा किन जान पाएनन् खनाल ?

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा सोमबार विहान सि.सं. ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम थियो । ३२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहभागी...

डिम्याट खाता खोल्नेहरुको संख्या २५ लाख नाघ्यो

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै अहिले डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेखनीय रुपमा बृद्धि भई २५ लाख नाघिसकेको छ । जसका...

बलात्कृत किशोरी गर्भवती भएपछि बलात्कारमा संलग्न पक्राउ

बैतडी । बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिगास ५ का...

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

धेरै पढिएका

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन...

मनाङको जंगलमा लागेको आगो २ महिनापछि नियन्त्रण

लमजुङ । हिमाल पारीको जिल्ला मनाङको जंगलमा लागेको आगो करिब २ महिनापछि नियन्त्रणमा आएको छ । नासों गाउँपालिका ८ ताचैं गाउँनजिकैको जंगलमा लागेको आगो...

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । थप ३४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका...

संसद् विघटनविरुद्धको मुद्दाको सुुनुवाइ ‘हेर्दाहेर्दै’ मा, आज पनि वहस

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आइतबार बहस नसकिएपछि सोमबारका लागि पेसी...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)