स्याङ्जाको कुसुण्डे दलित बस्ती पहिरोको जोखिममा

स्याङ्जा । स्याङ्जामा अविरल परेको बर्षाका कारण धेरै बस्तीहरु पहिरोको जोखिममा रहेका छन् । अव्यवस्थित सडक खन्ने र भौगोलिक बनावटका कारण जिल्लाका धेरै बस्तीहरु पहिरोको जोखिममा परेका हुन् । यस्तै जोखिम स्याङ्जाको वालिङ नगरपालिका १३ स्थित कुसुण्डेका ३२ घर परिवार रहेका छन् ।

केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ १३ कुसुण्डेमा रहेको दलित बस्तीमा जमिन छिँया, छिँया भएपछि बस्तीनै पहिरोको उच्च जोखिममा परेको हो । भौगोलिक बनावटका हिसाबले भिरालो जमिनमा रहेको उक्त बस्ती ३ दिनदेखि निरन्तर परेको बर्षाका कारण ठाँउ ठाँउमा पहिरो जान थालेपछि पहिरोको जोखिम मोल्न बाध्य छन् । स्थानीयका अनुसार कुसुण्डेका ३२ घरका झण्डै दुई सय स्थानीयले घर छाडेर सुरक्षित स्थानमा गएर रात बिताउन बाध्य भएको स्थानीय डिलबहादुर सार्कीले बताए । आकाशबाट पानी पर्ना साथ निन्द्रानै लाग्दैन सार्कीले भने, ‘हाम्रो आवाज सुन्दिने कोही भएननन् ।’ पटक पटक वडा अध्यक्षलाई खबर गर्दा पनि सुनुवाई नभएको गुनासो उनले पोखे ।

निरन्तरको वर्षाका कारण गएको पहिरोका कारण पाँच घर विस्थापित भइसकेका छन् । पहिरोको जोखिम बढदै गएपछि सिंगो गाउँलाई स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् । उनीहरुले बस्ती सार्न मागगर्दै वालिङ नगरपालिकामा निवेदन समेत दिएका छन् । पानी पर्नासाथ घर भन्दा माथिल्लो भागबाट पहिरो झर्न सुरु हुन्छ पुरै बस्ती बगाउने चिन्ताले रातभरी जाग्राम बस्नुपर्ने अवस्था रहेको स्थानीय सुनमाया सार्की बताउछिन् । अतिनैै भिरालो र कमजोर भूभाग रहेकोले जतिबेला पनि बस्ती पहिरोको जोखिममा पर्न सक्ने भएकाले पानी पर्ना साथ निद्रा नपर्ने र सुरक्षित स्थानको खोजि गर्न बाध्य भएको उनीहरुको भनाई छ ।

पहिरो नियन्त्रण एवं रोकथाम गर्नका लागि भौगोलिक हिसाबलेसम्भावना नरहेको स्थानीय सामाजिक अगुवा मधुसुदन गैहेले बताए । यो बस्तीको स्तान्तरण गर्न स्थानीय सरकारलाई खबर गरेको उनले बताए । लगातार ठुलो पानी प-यो भने बस्ती नरहन सक्ने अवस्था भएकाले बेलैमा यो बस्तीलाई सारेर जोखिमबाट बचाउनु आवश्यक रहेको गैह्रेले बताए ।

पहिरोको जोखिमबाट कुसेण्डेका केही घर विस्थापित भएको खबर थाहा पाएपछि नगर वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारी सहितको टोलीले उक्त बस्तीकोे निरिक्षण गरेको छ । भुकम्पले हल्लाएको जमिन र लामो समयपछिको बर्षाले यो बस्तीको जिवन कष्टकर रहेको उपप्रमुख तिवारीले बताइन् । यो बस्तीको बिषयमा नगरपालिकाले छिट्टै निष्कर्ष निकाल्ने दाबी तिवारीको छ ।

पहिरोको जोखिममा रहेका परिवारलाई सचेत र सुरक्षित रहन आग्रह गर्दै जोखिममा रहेको बस्ती सार्नको लागि बैकल्पिक उपाय अवलम्बन गर्न लागिएको नगरपालिकाले जनाएको छ । विगत लामो समयदेखि पहिरोको जोखिममा रहेको उक्त बस्ती स्थानान्तरणका लागि स्थानीयले माग गर्दै आएका थिए । आफूहरुसँग कुनै विकल्प नभएपछि सरकारी मुख ताक्न बाध्य छन् कुसुण्डेका ३२ घर परिवार । चालु वर्षमा केहि दिनदेखि अबिरल परेको वर्षाले ५ घरमा पहिरोले क्षति पु¥याएपछि उनीहरु थप त्रसित बनेका हुन् । जोखिममा रहका ३२ घरपरिवारको बस्ती सुरक्षित स्थानमा नसार्ने हो भने जुनसुकै बेला ठूलो क्षति व्यहोर्न बाध्य हुने अवस्थालाई मध्यनजर गरेर बेलैमा ध्यान जानु आवश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
कांग्रेस पहिलाे पार्टी, २५२ पालिका प्रमुखमा विजयी