मुहान थुनिदा डुवान भएको भन्दै प्रदर्शन

सप्तरी, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराका बासिन्दाले वर्षाको पानी निकास नहुँदा दर्जनौं घर सय विगहा भन्दा बढी धान खेती जग्गा डुवानमा परेको भन्दै अविलम्ब यसको उचित व्यवस्थापन गर्नुपर्ने माँग गरेका छन् ।

बुधबार गाउँबाट प्रदर्शनसहित सदरमुकाम राजविराज आइपुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी शंकर आचार्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानका लागि पहल नगरिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

पीडितहरुको तर्फबाट गठित संघर्ष समितिका संयोजक रामलखन साहको अगुवाइमा प्रदर्शन पश्चात् प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा वर्षायाम र बाढीका बेला पानी निकासका लागि वर्षौदेखी प्रयोग गरिदै आएको चोरनी खोलाको मुहान गाउँकै एक पक्षले आफ्नो जग्गा हुँदै नजान दिने भन्दै मुहान बन्द गरिदिएपछि आधा दर्जन घर डुवानमा पर्नुका साथै ९२ किसान परिवारको १ सय २५ विगहा धान खेती जग्गा डुवानमा परेको उल्लेख गरिएको छ ।

यस्तै मुहान थुनिदा पानीको उच्च दबाबले कुनौली–सकरपुराको १५ फिट बाटोसमेत बगाएको र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको भन्दै ज्ञापनपत्र मार्फत अविलम्ब थुनिएको मुहान खोल्ने व्यवस्था नगरिए बाध्य भई आन्दोलनमा उत्रिन चेतावनी दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गीरेन्द्रबहादुर राई बिजयी