Tuesday, August 11, 2020
Home बिचार गाँजा खेती र आयआर्जन

गाँजा खेती र आयआर्जन

नेपालका किसान र व्यापारीको परम्परागत आम्दानीको स्रोत हुँदै आएको भाङ, गाँजा, चरेस खेती पछिल्लो चरणमा प्रतिबन्धित भयो । तत्कालीन अवस्थामा करोडौं करोडको व्यापार कारोबार भई राज्यलाई ठूलो आम्दानी र किसानलाई मनग्यै आयआर्जन हुन्थ्यो । तत्कालीन समाज झन्डै आत्मनिर्भर थियो । तर, हाल कृषि खेतीको लागत नै नउठ्ने भएकाले देशको अवस्था ठीक उल्टो भएको छ ।

तत्कालीन समयमा पश्चिमा देशमा हिप्पी संस्कृतिले संसारभर परम्परागत संस्कृतिमा विकृति ल्यायो । नेपाल पनि अछुतो रहेन । यो परिस्थितिको सिकार भई धनी देशको आन्तरिक दबाबमा फसेर लागूजन्य औषध कारोबार भनी गाँजा, भाङ, चरेस खेती र त्यसको कारोवारलाई लागू औषध कारोबारमा दर्ज गरियो । पछि २०३३ सालदेखि प्रतिबन्ध लगाइयो । भाङबाट हुने औषधोपचार पनि सम्भव भएन । अधिकांश नेपालीको आयआर्जनको स्रोत मासियो । नेपाल गरीबीतिर धकेलेर परर्भिर बनाइयो । देश आर्थिक अनुदानको हात फैलाउन बाध्य भयो ।

हालै मात्र देशको आर्थिक दुर्दशा बुझेर गाँजा खेतीलाई वैधानिकता दिइयोस् भनी सांसद विरोध खतिवडाले गैरसरकारी विधेयकको रूपमा संसद्मा पेस गर्नु भएकोमा उहाँ धन्यवादको पात्र हुनुहुन्छ । त्यसलाई माननीय सांसद तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले भाङ खेतीलाई वैधानिकता प्रदान गर्न भनी विधायिका सदनमा पेस गर्नु भएकोमा हाम्रो हार्दिक बधाई छ । यो विधेयक पारित भई भाङ खेतीले वैधानिकता पाओस् भन्ने आशा गर्दछौं । नेपालजस्तो देशमा यो बढी उब्जाउ हुने देखिन्छ । कम लागतमा बढी आय हुने तर व्यर्थै खेर जाने हाम्रो प्राकृतिक सम्पदा भाङ खेती गरेमा रोजगारी पनि हुने देखिन्छ । यसको उत्पादन र प्याटेन्ट राइटसमेत नेपालले लिनुपर्छ । यदि यसो गरिएमा देशको गरिबी निवारणका साथै आत्मनिर्भरताको बाटो खोलिने देखिन्छ ।

गाँजाले वैधानिकता पाएको दुई-तीन वर्षमै यहाँका किसान र राज्यलाई धनी बनाएर यसले अकल्पनीय योगदान गर्नेछ

गाँजा खेतीको सदुपयोग : नेपालको अधिकांश भूभाग हिमाल पहाड भित्री मधेससमेतको पाखा पखेरामा उर्बर रूपमा उब्जाउ हुने भाङ, गाँजा, चरेश खेती नै मुख्य आय आर्जनको नगदे बाली हो । यो हिमाली पहाडी गोठ, खर्कदेखि खेतीयोग्य जमिनमा थोरै मिहिनेतले धेरै आम्दानी दिन्छ । लेकमा भैंसी गोठाला पाखो जग्गामा बीउ मात्र छरेर सारै उर्बर उब्जाउ खेती हुन्छ । यो भाङ खेतीबाट उत्पादित वस्तु बहुउपयोगी छ ।

यसको पलाएको हरिया घाँसलाई दुई हातले माड्दा हातमा कालो लेउ–चोबले चरेसको लोला तयार हुन्छ । यो तोलाको हिसाबले राम्रो मूल्यमा बिक्री हुन्छ । त्यसलाई अझै प्रक्रियागत प्रशोधन गरेमा चरेसको तेल चरक पनि बन्छ । यसको दानासहितका हाँगा सुकाएमा त्यसको भाङ गाँजा बनाइन्छ । यो साधुसन्त नाँगा बाबाको अखाडामा कक्कडको रूपमा प्रयोग हुन्छ । यो भाङ पनि तोलाको हिसाबले नै बिक्री हुन्छ ।

यसको फल भाङका दाना खाद्यान्नको रूपमा खाजा, अचार र भाङ घोट्टा आदि बनाई उपयोग गरिन्छ । यसको बोटका डाँठ काटेर सुकाइन्छ र तिनलाई पानीमा केही दिन भिजाउँदा त्यसको बोक्रा वा छालाबाट सफा रेसा धागो निकालिन्छ । यसलाई कतुवामा कातेर मसिनो तथा मोटो कपडा कार्पेट दुन्या, भांग्रा तथा बोल्दो बनाइन्छ । मसिनोमसिनो कपडाको गादो पार्ने बोल्दो र घाँगर बनाइन्छ । अझै रंगिन तथा ऊनी धागो मिसाउँदा सुन्दर सुट तथा कोट तथा पाइन्ट बनाउन सकिन्छ । यसको कपडा धेरै टिक्छ र जति धोयो उति सफा र सेतो हुन्छ । यो परम्परागत प्रविधिको सीपबाट राम्रो आम्दानी हुन्छ । बोक्रा निकालेको डाँठले इँटा पोल्न र भान्सामा आगो बाल्ने काममा प्रयोग गरिन्छ । यो भाङ खेती व्यवसायले अनेक आर्थिक रोजगारी, कुटिर उद्योगको तथा परम्परागत सीपको आधारमा चल्दै आइरहेको छ ।

पहाडका आदिवासी जनजाति मगर, गुरुङ, तामाङको आफ्नो धार्मिक पर्वमा आफ्नै परम्परागत पोसाकको पहिरन हुन्छ । सफेद मसिनो बोल्दाको गादो बाँध्ने चलन गुरुङ, तामाङ, मगरमा छ । यिनीहरूको उधौली र उभौली चाड पर्वमा यो वेशभूषा बढी प्रचलित हुँदै छ ।

धार्मिक महत्व : हिन्दू परम्परामा पशुपतिको शिवरात्रिजस्ता ठूलठूला मेला जात्रामा साधु, सन्त, नागा बाबाको अखाडामा चरेस र भाङका पत्ता माडेर तथा चरेस राखेर शिव बुटीको रूपमा प्रयोग गर्दछन् । भाङमा ९८ प्रतिशत जनउपयोगी तवहरू भएकाले शिव बुटीको धार्मिक मान्यता पाएको छ । शिवको शक्ति उर्पाजन गर्न सन्तहरू बम भोले बाबा भनेर पुकार्छन् । नागा बाबा विभूति दलेर खरानी घसेर जाडो हटाउन चरेसको प्रयोग गर्ने गर्छन् । त्यसैले हिन्दु परम्पराअनुसार पशुपति नाथको मेलामा नेपाल सरकारले साधुसन्तलाई दान–उपहारका रूपमा नगद, भेटी, वस्त्र, चरेस, भाङ दिने प्रचलन छ । नेपाली चरेस उच्च गुणस्तरको भनी अखाडामा तारिफ गरिन्छ । घरायसी औषधिको रूपमा यो चरेस जिउ दुखेमा, पेट दुखेमा, नसा दुखेमा, पिसाबसम्बन्धी रोग भएमा डिमेन्सिया तथा मस्तिष्क रोगीलाई प्रयोग गरिन्छ । हाल यो भाङ, चरेस, क्यान्सर रोग निरोधकको रूपमा प्रयोग हुँदै छ । यसको अझै अनुसन्धान चलिरहेको छ । नेपाल सरकारको सिंहदरबार वैद्यखानामा यो भाङ चरेसबाट अनेक किसिमका तेल चरक बनाई मिसाएर विभिन्न किसिमका औषधि तयार पारिन्छ ।

भाङको औषधोपचारिक महत्व : भाङ, गाँजा र चरेस नेपाल तथा संसारभर नै परम्परागत औषधोपचारको रूपमा प्रयोग हुँदै आएको छ । अझै यसको अनुसन्धान खोज कार्य विभिन्न मुलुकमा जारी छ ।

यसैक्रममा खोजकर्ताले सन् १९४० तिर भाङमा ‘कन्नाबिनोइड्स’ नामक तत्व छ भन्ने खोजी गरेर अमेरिकामा कन्नाबिनोइड्स रिसर्च इन्च्यिुट खोलेर भाङले क्यान्सर रोगलाई फाइदा गर्छ भन्ने पत्ता लगाए । क्यान्सर रोग निको पार्न प्रचलित किमो तथा रेडियो थेरापी गर्दा क्यान्सर भएको अंगका कोषिकालाई मार्छ, कमजोर पार्छ भन्ने मानसिक पीडा खप्न नसकी क्यान्सर रोगले बढी खर्च पनि गराउँछ र मृत्यु पनि हुन्छ भनेर यसको विकल्पको खोज भइरहेछ ।

नेसनल क्यान्सर इन्स्टिच्युट अमेरिकाको प्रयोगशालामा क्यान्सर लागेको मुसामा प्रयोग गर्दा भाङले क्यान्सर लागेका अंगका कोषिकालाई मार्छ र सजीव कोष पुनः जीवित पनि गर्छ । यसरी स्वस्थ कोषिकाको वृद्धि हुन्छ भनेर प्रमाणित गरी देखाए । अझै सन् २०१५ तिर अमेरिकन नेसनल इन्सिच्युट अफ ड्रग एभ्युजेजले भाङमा ट्युमर क्यान्सरविरुद्ध लड्न सक्ने तŒव रहेको कुराको थप अनुसन्धान गरे । त्यस्तै, सेन्ट जर्ज विश्वविद्यालय लन्डनका अनुसन्धानकर्ता डाक्टर लिउले मस्तिष्क क्यान्सर बिरामीलाई भाङमा भएका तत्वहरूले क्यान्सर बिरामले मारेका अंगका कोषिकालाई पुनः जीवित पार्छ भनेर रेडिएसन किमोथेरापी नगरी मस्तिष्क क्यान्सरका बिरामीलाई भाङ बढी उपयोगी र प्रभावकारी हुन्छ भनेका छन् ।

ल्युकोमिया कोषविरुद्ध भाङको प्रयोगले क्यान्सर भएको कोषिकालाई स्वस्थ पारी पुनः जीवित पार्न सक्छ भनेर खोज गरे ।
सन् २०१० मा क्यान्सर अनुसन्धानकर्ता ‘डेनिसहिलले’ आफूलाई प्रोस्टेड क्यान्सर हुँदा भाङको तेल केही महिनासम्म प्रत्यक्ष सेवन गरेर प्रोस्टेड क्यान्सर निको भएको बताएका छन् । अमेरिका क्यान्सर सोसाइटीका अनुसन्धान कर्ता डाक्टर ‘ओटिस ब्राउले’ भाङको कुन तत्वले क्यानसर रोग निको पार्छ त्यसको वैज्ञानिक अनुुसन्धान अझै जारी छ । यसमा संसारभरिकै अनुसन्धानकर्ता जुटेका छन् ।

यसरी प्राणघातक क्यान्सर रोगनिरोधकको रूपमा पहिचान भएको गाँजा, भाङको अझै विस्तृत अध्ययन खोज कार्य गरी औषधोपचारको निम्ति भाङको मुख्य सारभूत तत्व खोजी कार्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियालगायत समृद्ध देशले गाँजा खेतीलाई वैधानिकता दिएर अनुसन्धान कार्यमा जुटेका छन् । यसमा नेपाल जस्तो भाङ खेतीको प्रचुरता एवं गुणस्तरीय चरेस उत्पादन हुने मुलुक नेपालले पनि पछि पर्नुहुँदैन ।

निकट भविष्यमै यो खोजको निष्कर्ष प्राप्त हुने अपेक्षा गरिन्छ । यससम्बन्धी समसामयिक व्यवस्थापकीय प्रविधि र प्रणाली अपनाई भाङ खेती गर्न सकेमा राष्ट्रिय आम्दानी बढ्ने र जनजीविकोपार्जनका निम्ति नयाँ आयस्रोतको ढोका खोलिनेछ । गरिबी निवारणको मुख्य माध्यम हुन सक्छ । अन्तर्राष्ट्रिय बजारमा यो गुणस्तरीय नेपाली भाङको ठूलो माग छ । यसले वैधानिकता पाएको दुई-तीन वर्षमै यहाँका किसान र राज्यलाई धनी बनाएर अकल्पनीय परिणाम दिन सक्छ । जनतालाई कमाउने बाटो दिएपछि मात्र राज्यको प्रगति र उन्नति हुन्छ ।

(Visited 78 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

राजनीतिक नियुक्तिको सान्दर्भिकता

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नियमित संस्थागत संरचनाबाहेक विकास समिति २४, विकास कोष तीन, संस्थान एक, प्रतिष्ठान चार, संग्राहलय तीन, प्राधिकरण...

कोरोनाकै कुरा

सन् २०२० प्रारम्भ भएयता अर्थात् विगत सात महिनादेखि विश्व कोरोना भाइरसजन्य महामारीसँग संघर्षरत छ । नयाँनयाँ अनुसन्धान र परीक्षणका समाचार आइरहेका भए पनि अहिलेसम्म...

शैक्षिक सत्र होइन, स्वास्थ्यको ख्याल गर

कोरोना महामारीको संक्रमण देशव्यापी भएसँगै यस शैक्षिक सत्र अन्योलमा परेको छ । समयावधिका हिसाबले सुरु भइसके पनि पठनपाठनका हिसाबले यो सुरु भएको छैन ।...

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

धेरै पढिएका

चीनमा ६.२ रेक्टर स्केलको भूकम्प, काठमाडौं उपत्यकामा पनि धक्का महसुस

काठमाडौं । छिमेकी मुलुक चीन केन्द्रविन्दु भएर आज बिहान ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत...

राजनीतिक स्थिरतालाई ध्यान देऊ

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अहिले आन्तरिक विवाद चुलिन पुग्दा देश अस्थिरतातर्फ धकेलिने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलिरहेको छ । बहुमत...

नुवाकोटमा शुक्रवारदेखि फेरी ‘लकडाउन’

नुवाकोट । नुवाकोटमा कोभिड–१९ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्लालाई फेरी लकडाउन गरिएको छ । पछिल्लो समय ककनी र विदुरमा संक्रमित भेटिएपछि कन्ट्याक्ट टे«सिङको लागि...

संखुवासभामा एम्बुलेन्स चालकमाथि कुटपिट

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाका एम्बुलेन्स चालक माथि कुटपिट भएको छ । बिराटनगर बिरामी पुर्याएर खाँदबारी फर्कदै गरेको बा १९ च ९६८६ नम्बरको एम्बुलेन्स...

ई-पेपर

(Visited 46 times, 1 visits today)