Saturday, September 26, 2020
Home प्रदेश बर्दियामा अतिक्रमित बस्ती हटाउन खोज्दा विवाद

बर्दियामा अतिक्रमित बस्ती हटाउन खोज्दा विवाद

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगत मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरद्धारा मन्दिर नजिक रहेको धार्मिक वन अतिक्रमण गरि बनाइएका घरटहरा हटाउन खोज्दा विवाद भएको छ । निकुञ्ज प्रशासनले घरटहरा हटाउनका लागि स्थानीयबासीन्दालाई नियन्त्रणमा लिन थालेपछी विवाद उत्पन्न भएको हो ।

बर्दिया ठाकुरबाबा नगरपालिका –९ ठाकुरद्वारा बजारको मन्दिर नजिक रहेको धार्मिक वनको अतिक्रमित बस्ती हटाउन भन्दै स्थानीयबासीलाई नियन्त्रणमा लिन गएका निकुञ्ज कर्मचारी र स्थानीयबीच बिहीबार विहान विवाद हुँदा दुबै पक्ष बिच सामान्य धकेलाधकेल समेत भएको थियो ।

बिहानै बस्ती हटाउन भन्दै निकुञ्जको टोली पुगेपछि स्थानीयबासीहरु विरोधमा उत्रिएका हुन् । अतिक्रमित बस्ती हटाउन भन्दै सुतिरहेको अवस्थामा विहानै स्थानीयलाई पक्राउ गर्न गएको बर्दिया निकुञ्जको टोली र स्थानीय बिच विवाद सुरु भएका ेवडाध्यक्ष राधा चौधरीले बताइन । निकुञ्जका कर्मचारीले हरेक दिन बस्तीका स्थानीयलाई पक्राउ गरि निकुञ्ज लैजाने र कागजमा सही गराउन थालेको र आज पनि दुई जनालाई पक्राउ गरि लैजान खोजेपछि स्थानीयबासीन्दा बिरोधमा उत्रिएको वडाध्यक्ष चौधरीले बताइन ।

५४ वटा घरटहराहरु निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने धार्मिक वनको जग्गा अतिक्रमण गरि बनाइएको निकुञ्जको भनाई छ । अतिक्रमित घरटहरा हटाउने प्रकृया सुरु गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । जिल्ला वन समन्वय समिती, वन वन्यजन्तु वातावरण तथा जैविक विविधता समिती, निकुञ्ज र नगरपालिकाको सर्वपक्षिय बैठकबाट बस्ति हटाउने निर्णय भएको हुँदा उक्त निर्णय कार्यान्वयन गर्ने अभियान सुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

यो पनि पढ्नुहोस   बर्दियामा एकै दिन थपिए २३ जना कोरोना संक्रमित

ठाकुरद्धारा मन्दिर परिसर नजिक मध्यवर्ती क्षेत्रमा बसोबास गरिरहेका केही स्थानीयबासीन्दाले सुचना टाँस गरि निश्चित दिन तोकेर हट्न भन्नुपर्ने जनाएका छन् भने केहीले आफूहरू वर्षौंदेखि बस्दै आएकाले नहट्ने अडान लिएका छन् । निकुञ्ज प्रशासन भने बस्ती हटाएर छाड्ने अडानमा रहेको छ ।

धेरै पटक सुचना दिई अतिक्रमित बस्ति हटाएर उक्त क्षेत्र खाली गर्न अनुरोध गरिएको तर उनीहरुले अटेर गर्दै आएको निकुञ्जको भनाई छ । निकुञ्जको अतिक्रमित बस्ती हटाउन कर्मचारी खटाइएको र तत्काल बस्ती हटाएरै छाड्ने प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

उक्त क्षेत्रमा अहिले निकुञ्ज कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र नेपाल प्रहरी बस्तीमा खटिएको छ । ठुलो संख्यामा स्थानीयबासीन्दा पनि अबरोध गर्न सडकमा उत्रिएका छन् ।

(Visited 66 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

१३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३१३ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४...

भर्खरै

रौतहटमा धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

रौतहट । रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका वाड नं. ५ टिकुलियामा दम्पतीकै हत्या गर्ने उदेश्यले भएको आक्रमणमा श्रीमतीको...

कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र...

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

धेरै पढिएका

तालिबानी आक्रमणमा १९ सैनिक मारिए

कुन्दुज । तालिबानी लडाकू समूहले अफगानिस्तानको दुई ओटा प्रान्तमा गरेको आक्रमणमा परी कम्तीमा १९ अफगान सैनिक मारिएका सरकारी अधिकारीले जानकारी दिएका छन् । अफगानिस्तानको उत्तरी...

नगरपालिका प्रवेशद्धारमा ‘हेल्थडेस्क’

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले कोरोना भाइरस संक्रमण हुन नदिन नगरपालिकाको प्रवेशद्धारमा स्वास्थ्य चेकजाँच सुरु गरेको छ ।

कोरोना संक्रमणले भारतमा मृत्यु हुनेको संख्या २ पुग्यो, ८२ संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ पुग्यो । हिजो शुक्रबार राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६८ वर्षीया महिलाको मृत्यु...

अस्पतालबाट हुन सक्ने जोखिम घटाऊ

कोरोना संक्रमण बढ्न थालेसँगै अब संक्रमण र असुरक्षाको जोखिम अस्पतालतिर सरेको छ । यतिबेलासम्म स्वास्थ्यकर्मी, सुरक्षा निकाय, आमजनता र सरोकारवाला सबैले गाउँबस्ती र सहरका...

ई-पेपर

(Visited 63 times, 1 visits today)