Tuesday, August 11, 2020
Home खेल बार्सिलोनाको सम्भावना जीवितै

बार्सिलोनाको सम्भावना जीवितै

क्याटलान । क्याटलान सहरी प्रतिद्वन्द्वी स्पान्योलको चुनौती १–० ले पन्छाउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । ला लिगामा अब तीन चरणको खेल बाँकी रहँदा बार्सिलोनाले शीर्षस्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा छोट्याउँदै उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको हो । यद्यपि, रियलले एक खेल कम खेलेको छ ।

बार्सिलोनाको ३५ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ७७ अंक छ । रियलले शुक्रबार राति डिपोर्टिभो एलाभेससँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै छ ।

बार्सिलोनालाई च्याम्पियन बन्न रियलले अंक गुमाउनुपर्ने हुन्छ । रियललाई च्याम्पियन बन्न बाँकी रहेको चारमध्ये तीन खेलमा जित हात पारे पनि पर्याप्त हुनेछ । घरेलु मैदान नोउक्याम्पमा तनावपूर्ण बनेको खेलमा दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । बार्सिलोनाको जितमा उरुग्लेली फरवार्ड लुइस सुआरेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ११औं मिनेटमा एस्पान्योलले अग्रता लिने सुन्दर अवसर खेर फालेको थियो ।

एड्रियन इमबार्बाको प्रयासलाई गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले बचाए । २७औं मिनेटमा एन्टोइन ग्रिजमनले ढिला गरी दिएको पासमा लुइस सुआरेजले गरेको प्रहार कालेरोलाई डिफ्लेक्ट हुँदै बाहिरिएको थियो । ४४औं मिनेटमा डिडाक भिल्लाको क्रसमा क्लेमेन्ट लेंलेटले क्लियर गर्ने प्रयास गरे पनि आफ्नै पोस्टतर्फ पुग्दा स्टेगनले मुस्किलले बचाएका थिए । त्यसैमा पाएको अवसरमा भिलाको प्रहार पोस्टमा लाग्दै बाहिरिदा एस्पान्योल अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफको सुरुमै दुवै टोली १० खेलाडीमा समेटिएको थियो । अन्सु फाती मैदान छिरेको चौथो मिनेटमा नै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । फर्नान्डो क्यालेरोलाई फउल गरेपछि सुरुवातमा पहेंलो कार्ड दिए पनि भीएआरको सहायतामा रेफ्रीले कार्ड परिवर्तन गर्दै रातो कार्ड देखाएको थिए । त्यसको तीन मिनेटपछि नै एस्पान्योल पनि १० खेलाडीमा समेटियो । पानेल लोजानोले जेरार्ड पिकेलाई फउल गरेपछि रेफ्रीले पहेंलो कार्ड देखाउँदै मैदानबाहिर पठाएपछि दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थियो ।

५६औं मिनेटमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । एन्टोइन ग्रिजमनको पासमा कप्तान लियोनेल मेस्सीको प्रहारलाई एस्पान्योलका गोलरक्षक डिएगो लोपेजले बचाए पनि राम्ररी नियन्त्रणमा लिन नसकेको बललाई सुआरेजले जाली चुमाएका थिए ।

६९औं मिनेटमा सर्जी रोवर्टाेको क्रसमा कप्तान मेस्सीको प्रहारलाई डिएगो लोपेजले उत्कृष्ट बचाउ गर्दा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो । ९०औं मिनेटमा डि तोमसले बराबरी गर्ने अवसर खेर फाल्यो । उनले झन्डै ३० यार्डबाट गरेको प्रहारलाई बार्सिलोनाको गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले सहजै बचाए । इन्ज्युरी समयमा एस्पान्योलले पेनाल्टीको अपिल गरे पनि भीएआरबाट मान्यता पाएन । बार्सिलोनासँगको हारसँगै एस्पान्योल २७ वर्षपछि दोस्रो डिभिजनमा घटुवा भएको छ । रेलिगेसनमा परेको एस्पान्योलको २४ अंक छ । ला लिगामा ३ खेल बाँकी रहँदा तीनै खेलमा जित हात पारे पनि एस्पान्योलले रेलिगेसनबाट बच्ने छैन । यस्तै, ला लिगाको अर्काे खेलमा भिल्लारियलले गेटाफेमाथि ३–१ को तथा रियल बेटिसले ओसासुनालाई ३–० ले पराजित गर्दै ३ अंक बटुलेको छ ।

२७ वर्षपछि रेलिगेसनमा
सहरी प्रतिद्वन्द्वीसँगको हारसँगै स्पान्योल २७ वर्षपछि दोस्रो डिभिजनमा घटुवा भएको छ । सन् २३ अप्रिल १९९४ मा जोस एन्टोनियो कामाचो र स्पान्योलका खेलाडीले शीर्ष डिभिजनमा उक्लिएको खुसीलाई निकै रमाइलो तरिकाले मनाए । तर, लगातार २७ वर्षपछि स्पानोयल फेरि दोस्रो डिभिजनमा झरेको छ ।

झन्डै तीन दशकपछि दोस्रो डिभिजनमा घटुवा हुँदा खेलाडी मात्र होइन क्लबका समर्थकलाई नै ठूलो पीडा भएको छ, । स्पान्योलले ८५ सिजन शीर्ष डिभिजनमा खेलेको छ । जुन भ्यालेन्सिया र त्योभन्दा बढी बार्सिलोना, रियाल मड्रिड र एथ्लेटिक क्लबले खेलेको छ । मध्यम टोलीको रूपमा रहेको क्लबले यसबीचमा दुईवटा उपाधि जित्न सफल भयो । क्लवले २७ वर्ष शीर्ष डिभिजन लिग खेल्दा २५ जना प्रशिक्षकले क्लबको टेक्निकल एरियामा टेके । शीर्ष डिभिजनको अन्तिम प्रशिक्षकको रूपमा फ्रान्सिक्सको रुफेटे रहे ।

(Visited 38 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

राहत प्याकेज कार्यक्रमलाई कार्यान्वयन गर

कोरोना संक्रमणविरुद्ध गरिएको लकडाउनका कारण सिंगो देशमा सिर्जित दैनिक उपभोग्य सामग्री तथा आर्थिक अभावलाई सन्तुलनमा राख्नका लागि सरकारले राहत प्याकेज कार्यक्रम घोषणा...

अझै पनि हाजिर गर्छन् र टाप कस्छन् कर्मचारी

काठमाडौं । देशभरका सरकारी कार्यालयमा कर्मचारीले समय पालना नगरी कार्यालयको काममा चरम ठगी गरेको पाइएको छ । अहिले पनि कतिपय सरकारी कार्यालयमा...

वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६० पुग्यो

  काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका –३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो...

प्रदेश २ मा एकै दिन ३४८ जनामा कोरोना, संक्रमितको संख्या २७ सय नाघ्यो

जनकपुरधाम । प्रदेश २ मा आज एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढि कोरोना संक्रमित व्यक्तिहरु थपिएका छन् ।आज एकदिनमा मात्रै यस प्रदेशमा २१ जना महिला र...

ई-पेपर

(Visited 46 times, 1 visits today)