सडक विभागका इन्जिनियरविरुद्ध २ करोड २५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना दाङका सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र राज शाक्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर शाक्यविरुद्ध २ करोड २५ लाख ४ हजार १० रुपैयाँ ७८ पैसा भ्रष्टाचार गरेको आरोपमा बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

इन्जिनियर शाक्यले आपसी मिलेमतोमा १०५ वटा नक्कली कोटेसन बनाई ५ करोडभन्दा बढी रकम हिनामिना गरेको भन्दै आयोगमा परेको उजुरीको आधारमा छानबिन भएको प्रवक्ता कोइरालाले जानकारी दिए । शाक्य २ साउन २०३४ मा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । सेवा प्रवेश गरेदेखि ३१ असार २०७६ सम्म शाक्यले आर्जन गरेको सम्पत्तिमाथि आयोगले छानबिन गरेको थियो ।

अनुसन्धानको क्रममा इन्जिनियर शाक्यको वैध आम्दानी १ करोड ५६ लाख ६ हजार ४ सय ८० रुपैयाँ ९ पैसा देखिएको तर लगानी र खर्च हेर्दा ३ करोड ८१ लाख १० हजार ४ सय ९० रूपैयाँ ८६ पैसा देखिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
२ करोड २५ लाख ४ हजार १० रुपैयाँ ७८ पैसाको स्रोत खुल्न नसकेको र स्रोत नखुलेको सम्पत्ति उनले गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

साथै गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनले आफू लगायत श्रीमती मिथिला शाक्यको नाममा जग्गा खरिद गरेको, बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा गरेको, दुई छोरीलाई विदेश तथा स्वदेशमा पढाउन खर्च गरेको, सेयर खरिद, सवारी साधन खरिद, बैंकमा मुद्दती खाता खोली रकम जम्मा गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ । आयोगका अनुसार उनकी श्रीमती मिथिलालाई भने सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने