Saturday, April 17, 2021
Home प्रदेश यातायात व्यवसायी भन्छन् ‘गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं’

यातायात व्यवसायी भन्छन् ‘गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं’

,

काठमाडौं । यातायात व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् । उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिए । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पाँच बुँदे माग प्रस्तुत गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएको छ ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको बताए । आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै अधिकारीले भने ‘हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं ।’ आफूहरुको व्यवसाय चौपट भएको भन्दै अब यातायात सञ्चालन गर्न नसकिने बताए ।

अधिकारीले सरकारलाई सार्वजनिक यातायातको राष्ट्रियकरण गर्न भने । उनले भने, ‘यातायात सञ्चालन गर्ने हो भने सरकारले सबै यातायातको राष्ट्रियकरण गरेर चलाओस् ।’ राष्ट्रियकरण गर्दा आफूहरुले यातायातको लागत मुल्य पाउनुपर्ने बताए । सरकारले आफूहरुलाई कर्जा एक वर्ष पछि तिर्न मिल्ने बनाउनभन्दा पनि बेवास्ता भएको भन्दै अब कुनै हालतमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए ।

सरकारले एकपछि अर्को निजी क्षेत्रलाई समाप्त पार्न लागिपरेको उनको आरोप थियो । सरकारले सञ्चालन गरेका यातायात डुबेको स्मरण गराउँदै अहिले ती संस्थाहरु जग्गा विक्री गरेर खाने भाँडो बनेको बताए । निजी क्षेत्रको यातायात क्षेत्रमा ९९ प्रतिशत योगदान रहेको भन्दै यसलाई पनि ध्वस्त पारेर मुलुकलाई दुर्घटनातर्फ धकेल्ने काम भएको बताए ।

यातायात व्यवसायी चार महिनायता मारमा परेको भन्दै मजदुरहरु पनि समस्यामा परेको बताए । यातायात मजदुरलाई तलब दिनका लागि भएपनि कर्जा छुट, केही अनुदान र सहुलियतमा ऋणको व्यवस्थाको माग गरे ।

कार्यक्रममा महासंघका महासचिव भरत नेपालले सरकारले यातायात व्यवसायीहरुसँग कुनै संवाद नगरी एकपक्षीय निर्णय गरी सार्वजनिक यातायात सञ्चालन गर्न भनेकोमा आपत्ती जनाए । उनले यातायात व्यवसायीको तत्कालको मागबारे जानकारी गराए ।

महासंघका महासचिव नेपालले पाँच बुँदे मागबारे जानकारी गराएका थिए । जसमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार याताया मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्ण तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजनलगायत छन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले यातायात व्यवसायी ठुलो मारमा परेको बताए । यस्तै अवस्था भए यातायात क्षेत्रको असरले देशको अन्य क्षेत्रमा पनि असर पर्ने औल्याए ।

(Visited 133 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

साताका लोकप्रिय समाचार

उदेशले सुनाए प्रेमध्वजका गीत

काठमाडौं । गायक उदेश श्रेष्ठले अग्रज गायक प्रेमध्वज प्रधानका गीतहरू गाएर दर्शकको मन जितेका छन् । उनले नयाँ गीत ‘मलाई तिमी मन प¥यो’ काठमाडौंमा...

प्रशासनिक गतिशीलता र लोकसेवाको अभिभावकत्व

नेपालको संविधानले तीन तहको सरकार र तीनै तहको प्रशासनको व्यवस्था उल्लेख गरेको छ । शासन (सरकार)को सहयोगी प्रशासन हो । सरकारको सहयोगी मात्र भनेर...

कोरोना संक्रमणको जोखिम बढ्याे, विद्यालय बन्द गर्नुपर्छ : अध्यक्ष भण्डारी

काठमाडौं । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालयहरु सञ्चालन गर्न नहुने धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब...

बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो

बर्दिया । पछिल्लो गैंडा गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्यामा वृद्धि भएको छ । शनिबार निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्गअनुसार बर्दिया निकुञ्जमा...

सिंहदरवारभित्र प्रदर्शन गर्ने चार कर्मचारी पक्राउ

काठमाडौं । विभिन्न माग राखेर सिंहदरवारभित्र प्रदर्शनमा उत्रिएका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि बिहीबार मागसहित प्रदर्शनमा...

ट्रेन्डिङ

‘जीन्दगीभर एउटा मात्र कोट लगाउने चन्द्रदेव जोशीमाथी मुद्दा हास्यस्पद’

काठमाडाैं । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले जीवनभर एउटामात्र कोट लगाउने पूर्वमन्त्री चन्द्रदेव जोशीमाथि भ्रष्टाचारको मुद्दा दायर गर्नु हाँस्यास्पद भएको बताएका...

सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार नाघ्यो

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशमा कोरोना रोग संक्रमितको संख्या एक हजार नाघेको छ । आइतबार ७६ जना संक्रमित थपिएसंगै सुदुरपश्चिममा संक्रमितको संख्या १ हजार २४...

पहिरोले अवरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो

इलाम । इलामको रोङ गाउँपालिका क्षेत्रमा पर्ने मेची राजमार्ग पहिरोको कारण अवरुद्घ बनेको सडक एक तर्फि रुपमा खुलेको छ । गए राति परेको अविरल...

कोभिड-१९ प्रेस ब्रिफिङ सातामा दुई दिन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा कोरोना भाइरस (कोभिड-१९) प्रेस ब्रिफिङ सातामा दुई दिन मात्र गर्ने भएको छ । कोरोना भाइरसको नियमित...

अर्धनग्न अवस्थामा बैतडीमा महिलाको शव भेटियो

बैतडी । अर्धनग्न अवस्थामा बैतडीमा एक महिलाको शव फेला परेको छ । हिजो दिउँसो दशरथचन्द नगरपालिका ६ सेरानजिक चौलानी नदी किनारमा अन्दाजी ३५ वर्षीया...

रेमिट्यान्स ठप्पै

काठमाडौं । रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ...

धनमा मन गएपछि झन् समस्या

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भनेको छन् । धनभन्दा माया, मानवता एवं...

गायक सचिन रौनियार ‘जोगी भए’

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा झण्डै ३ दशकको यात्रा पार गरिसकेका लेजेण्ड गायक सचिन रौनियारको नयाँ गीत 'जोगी भए'को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय...

माईभ्यालीको फाइनलमा मछिन्द्र

इलाम । इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग मछिन्द्र क्लब काठमाडौं प्रवेश गरेको छ । भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ...

भारतको लज्जास्पद पराजय

वालिङटन । तीब्र गतिका बलरले सानदार प्रदर्शन गरेपछि घरेलु टोली न्युजिल्याण्डले भारतविरुद्धको पहिलो टेष्ट १० विकेटले जितेको छ । दोस्रो इनिङ्समा भारतलाई १९१ रनमै...

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् । उनले भने, “सर्वोच्च अदालतको ऐतिहासिक...

आत्महत्याको डर लाग्दो तथ्य

आजभोलि लकडाउनको अवधिमा देशभर आत्महत्याका घटना बढेको समाचार आउने गरेको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा ६ हजार २ सय ८९ ले भदौ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)