Tuesday, August 11, 2020
Home प्रदेश प्रदेश ३ भोटेकोशी बाढी : जन्मदिन मनाउने योजना अधुरै रह्यो

भोटेकोशी बाढी : जन्मदिन मनाउने योजना अधुरै रह्यो

सिन्धुपाल्चाक । बाह्रविसे नगरपालिका ५ जम्बुका २२ वर्षीय निकेश बस्नेत बिहीबार आफ्नो २३ औं जन्मदिन परिवारका साथ बसेर मनाउने योजनामा थिए । परिवारसँगै बसेर जन्मदिन मनाउने तयारीका साथ बेलुकी परिवारसँगै खाना खाएर सुतेका निकेशले अब जन्मदिन कहिल्यै मनाउन नपाउने गरी सधैंका लागि बिदा भएका छन् ।

‘बेलुकी हामीसँगै खाना खाएर सुतेका थियौं, केही समयमा नै जम्बुको याल्मो खोला उर्लेर बजारमा पस्यो छोरा मात्रै होइन परिवार नै सखाप बनायो’, जम्बुमा रहेका निकेशका बुबा माधवकुमार बस्नेतले भने । निकेश तीन वर्षीया छोरी नियोनीलाई खोकीलामा च्यापेर सुतेका थिए ।

बाढीको पहिलो झट्कामै निकेशको ज्यान गयो । श्रीमतीले छोरी लिएर बाहिर निस्कन मात्रै के आँटेकी थिइन् बाढीको हावाले आमाछोरीलाइ पनि छुट्याइदियो । तर आमाको मन न हो निकेशकी श्रीमतीले छोरी छाड्न सकिनन् र बाढीको छालमै छोरी समाउन हेलिइन् । केही समय आमाछोरी सँगसँगै जस्तै बगे । केहि बेरमै आमालाई सख्त घाइते बनाएर छालले पाखामा फालिदियो तर उनकी छोरी कता लग्यो पत्तो भएन । बिहान छोरी मृत भेटिइन् । निकेश र उनको छोरीको बाढी पहिरोमा परेर मृत्यु भयो भने श्रीमतीको अहिले उपचार भइरहेको छ ।

यस्तो पीडा जम्बुको बस्नेत परीवारमा मात्रै हैन यहाँका दर्जनौं परीवारमा सहि नसक्नुका घटना पीडादायी भएर आयो याल्मो खोला । अविरल वर्षसँगै भोटेकोशी नदी आसपसाका खहरे खोला उर्लेर आउदा जम्बु बस्ती नै सखाप भयो । परिवारका सबै सबै वेपत्ता भएका छन् । बेपत्ताहरुको अहिलेसम्म खोजबिन भइरहेपनि खराब मौसमाका कारण कसैलाई पनि फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

गोरुले बचायो ज्यान
दिनभरी असारको मेलो गरेर बजार भन्दामाथि काभ्रे गाउँ पुगेका जम्बुका तोकबहादुर तामाङका भाइले आफना बाउआमा, भाइ बुहारीहरुलाई पनि गाउँमै जाउँ भनेका थिए उनीहरुले मानेन । बजारमा गोरु बाध्ने ठाउँ नभएकाले तोकबहादुरका दाइ हल गोरु लिएर माथि गाउँ नै गएका थिए । गोरु लिएर जाँदा राति भएपछि उनी माथि गाउँमा नै बसे तर बजारमा खहरे उर्लेर आउँदा सकुशल छाडेर गएका परिवार एक जना पनि बाँकी रहेनन् ।

‘बेलुका यही सारसौदो छाडेर गएका मेरा घरका पाँच जनाको नामो निसानै बाँकी रहेनन् । मैले घर जाउँ भनेको मानेनन्, अहिले यस्तो देख्नु प-यो’ तोकबहादुरका भाइले भने, ‘गोरु नभएको भए म पनि यतै बास बस्ने थिएँ, मलाई चै गोरुले बचायो ।’

थैलीले गर्दा आमाको ज्यान गयो
जम्बु घटनामा स्थानीय माइली तामाङ पनि बेपत्ता भएकी छिन् । अघिपछि बाढी आउँदा बाह्रबिसे साइडको डाँडोमा भाग्ने गरेकी उनी यस पटक पनि साथीहरुसँग डाँडामा आइ सकेकी थिइन् । बाढी कत्रो आउँछ आँकलन गर्न नसक्दा कालको मुखबाट उम्की सकेकी उनी फेरी घर भित्रै गइन् । पछि थाहा भयो उनी घर भित्र छुटेको आफनो थैली लिन गएकी थिइन् ।

उनका छोरा दावा तामाङका अनुसार आमाको पोल्टामा हमेशा दुई चार हजार पैसा जगेडा रहन्थ्यो । यस पटक ठुलो बाढी आएको आमालाइ पतै भएन । अघिपछि झैं सम्झेर थैली लिन जानु भयो त्यहि थैलिले आमाको ज्यान लियो दावाले भने

(Visited 433 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

कोइकाद्वारा स्वास्थ्य सेवा विस्तार र आयवृद्धिसम्बन्धी परियोजनाका लागि ४१ करोड सहयोग

काठमाडौं । दक्षिण कोरियाली सरकारको तर्फबाट कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोइका)ले ग्रामिण समुदायका विपन्नत वर्गको सशक्तिकरणका लागि एकिकृत रुपमा स्वास्थ्य सेवा विस्तार तथा आय...

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

काठमाडौँ । जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका युवा नेता सक्रिय हुने गर्दछन् । अहिले पनि नेकपाको...

पहिलेकै अवस्थामा फर्किन प्रधानमन्त्रीलाई ६ महिना लाग्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण मानिसझैं पहिलेकै अवस्थामा फर्किन कम्तीमा ६ महिना लाग्ने प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा...

उडिरहेको हेलिकप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा

सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा...

ई-पेपर

(Visited 46 times, 1 visits today)