Tuesday, August 11, 2020
Home Breaking News बाढीपहिरोको कहर : एकै दिन २३ को मृत्यु, ३६ बेपत्ता र...

बाढीपहिरोको कहर : एकै दिन २३ को मृत्यु, ३६ बेपत्ता र २६ जना घाइते

काठमाडौं । गत बिहीबारदेखि सक्रिय मनसुनका कारण आएको बाढीपहिरोका कारण देशभरका विभिन्न जिल्लामा कम्तीमा २३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढीपहिरोमा परी ३६ जना बेपत्ता भएका छन् भने २६ जना घाइते भएका छन् ।

सक्रिय प्रि–मनसुन र त्यसपछिको सक्रिय मनसुनका कारण मुलुकभरको जमिन भिजेकाले पहिरो जाने क्रम बढेको हो । बाढी पहिरोको जोखिमसँगै सरकारले उद्धार र राहत कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

– १४ जिल्लामा पहिरो
– बस्ती नै विस्थापित

पीडितहरूले उद्धार र राहत प्रभावकारी नभएको गुनासो गरेका छन् । बाढी पहिरोका कारण कास्की, म्याग्दी, लमजुङ, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी बढी प्रभावित भएका छन् । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

‘आगामी सोमबारसम्म यो प्रणालीको प्रभाव रहन्छ । अबका चार दिन सतर्क रहनुपर्छ,’ उनले भनिन्, ‘त्यसपछि पनि वर्षा हुने सम्भावना रहेको हुँदा सचेत र सुरक्षित हुन आवश्यक छ ।’ मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि हालसम्म प्रशस्त पानी परेको र जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको हो ।

विशेषगरी प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदी आसपासको क्षेत्र बढी जोखिममा
मनसुनी वर्षाका कारण देशैभरका नदी र खोलामा बहाब बढेको छ । बहाब बढेसँगै तटीय क्षेत्रमा खतरा पनि बढेको छ । शुक्रबार कोसी, नारायणी र आसपासका नदीहरूमा बहाब उल्लेख्य बढेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पानीको बहाब बढ्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । पूर्वको कन्काई, कमला, बाग्मतीलगायतका नदीमा बहाब बढ्नेछ । साथै सहायक नदीहरूमा पनि बहाब बढ्न गई खतराको आसपासमा पुग्न सक्ने अनुमान गरिएको छ ।

कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा पानीको बहाब बढे पनि सतर्कताभन्दा तल नै रहने भएको छ । पश्चिम राप्ती बबईलगायतका नदीमा बहाव बढे पनि खतरा तहभन्दा तल नै हुने छ । मेची, विरिङ निन्दा, खाडो, रातो, लालबकैया, पूर्वी राप्तीलगायतमा बहाव सतर्कताको आसपास पुग्ने छ । यस्तै, प्रदेश एकको झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, खोटाङ, ओखलढुंगालगायत सबै जिल्लामा बहाव उच्च हुन सक्नेछ । बाग्मती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काठमाडांै उपत्यका र गण्डकी प्रदेशका नवलपरासी पूर्व, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बाग्लुङलगायत आसपासका जिल्लामा रहेका खोला तथा नदीमा पानीको बहाव बढ्न सक्ने बताइएको छ ।

शनिबार पनि भारी वर्षा हुने
प्रदेश ५ का तराईका जिल्लामा बग्ने ससाना नदीमा पनि आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ । न्यून चापीय रेखा दक्षिण तराई क्षेत्रबाट उत्तरतिर सर्दै गएकाले शनिबार पनि बदली भई देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । शनिबार कोसी र नारायणी नदीसँगै अरू सहायक नदीमा पनि पानीको बहाव बढ्नुका साथै सतर्कता आसपाससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकामा २८ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, शुक्रबार सबैभन्दा बढी पोखरामा २ सय ५५ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । सिमरामा १ सय ३६ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ । शुक्रबार नै भैरहवामा १ सय ३५ दशमलव ३ मिलिमिटर वर्षा मापन गरिएको छ । धनगढीमा १४ दशमलव ९, वीरेन्द्रनगरमा १४ दशमलव ३, नेपालगन्जमा ७४ र जुम्लामा ९ दशमलव ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार घोराहीमा ३३, ओखलढुंगामा १३ दशमलव ६, ताप्लेजुङमा ९ र धनकुटामा ३२ दशमलव १ मिलिमिटर वर्षा भएको छ ।

(Visited 264 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

अब आधा सिलिण्डर भरेको ग्यास मात्र पाइने

काठमाडौं । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ । माग अनुसार ग्यास पुर्‍याउन नसकिने...

भारतमा एकैदिनमा झण्डै १० हजार संक्रमित, २७९ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९...

इकार्डी पीएसजीमा बस्न सहमत

पेरिस । सम्झौताको समयसीमा एक दिन बाँकी रहँदा इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डी स्थायी रूपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा...

करिनाको कामको प्रशंसा

मुम्बई ।  शुक्रबारबाट नयाँ बलिउड फिल्म ‘अंग्रेजी मिडियम’ विश्वव्यापी रूपमा रिलिज भएको छ । यो हिन्दी मिडियमको सिक्वेल हो । कोरोना भाइरसको व्यापाक त्रास...

ई-पेपर

(Visited 46 times, 1 visits today)