Tuesday, August 11, 2020
Home Exclusive पार्टीभित्रको विवाद छलफलबाटै हल हुन्छ : प्रधानमन्त्री

पार्टीभित्रको विवाद छलफलबाटै हल हुन्छ : प्रधानमन्त्री

उद्धार र राहतमा कुनै कसर नराखिएको स्पष्टोक्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राजनीतिक दलभित्र हुने बहस र विवादलाई निष्कर्षमा पु¥याउने काम सम्बन्धित पार्टी र नेताहरूको भएको बताएका छन् । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्र पछिल्लो समय चर्किएको विवादका विषयलाई लिएर पार्टीभित्र हुने छलफल, बहस र विमतिहरू नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रियासमेत भएको भन्दै ती सबै समस्या समाधान हुने दृढता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले शुक्रबार नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै महामारी र प्राकृतिक विपत्तिका समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरू उठ्नु अन्यथा नभएको र त्यसलाई हल गर्ने काम पार्टी र नेताहरूकै भएकामा जोड दिए । उनले यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने भन्दै त्यसका लागि धैर्य र संयम आवश्यक रहने बताए ।

प्रधानमन्त्री ओलीले अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको भन्दै समस्या समाधान गर्न आफूले हदैसम्मको प्रयास गर्ने बताएका छन् । ‘म आश्वस्त पार्न चाहन्छु, आम नेपालीका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरा तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि नमिल्ने बताएका छन् । उनले रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने दृढता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले बाढी, पहिरोलगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका संयन्त्रले सम्पूर्ण सामथ्र्यसहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गरिरहेको पनि बताएका छन् ।

केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढीपहिराले पु-याएको जनधनको क्षतिले आफूलाई स्तब्ध र दुःखित तुल्याएको बताउँदै उनले प्रभावितको उद्धारमा आवश्यक सुरक्षाकर्मी परिचालन तथा संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको तथा प्रभावितलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको बताए ।

प्रधानमन्त्री ओलीले बन्दाबन्दीलाई केही खुकुलो पारिएसगै राजधानीमा नै संक्रमणको धेरै जोखिम बढिरहेकाले समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना हुने भएकाले सबैमा थप गम्भीरता, अनुशासन र सचेतना आवश्यक रहेको बताए ।
ओलीले सरकार कोरोना महामारीको असर एवं त्यसबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरुत्थानमा लागेको भन्दै संक्रमितमध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ३५ जना अर्थात् ०.२१ प्रतिशत भएको पनि उल्लेख गरे ।
उनले कोरोना रोकथामका लागि सुरक्षाकर्मीसगै चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अग्रिम मोर्चाका ‘सिपाही’का रूपमा उपचारमा अहोरात्र खटिएको र यही बलले महामारीलाई परास्त गरिरहेको जनाएका छन् ।

(Visited 96 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

Biology Comes By the Greek Words – To Additional Information, Please Read This Article

If you question anyone who's a student of the biological sciences, they are going to be able to spot the biological science which in...

घुसखोरका अभियुक्तले अख्तियारको हिरासत खचाखच

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा...

थप २७४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ५२ पुग्यो

काठमाडौँ । नेपालमा आज थप २७४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २७४...

बागलुङमा ६ जनामा देखियो कोरोना संक्रमण, सबै जना भारतबाट आएका

पोखरा । भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो...

ई-पेपर

(Visited 46 times, 1 visits today)