Tuesday, August 11, 2020
Home बिचार तत्काल उद्धार र राहतको व्यवस्था गर

तत्काल उद्धार र राहतको व्यवस्था गर

मुलुका विभिन्न भूभागमा अविरल वर्षापछि आएको बाढीपहिरोमा परी दर्जनौंले ज्यान गुमाउनुका साथै कैयांै नागरिक बेपत्ता भएका छन् । अर्बांैको धनमाल नष्ट हुनुका साथै हजारौं घरपरिवार बिचल्लीमा परेका छन् । बिचल्ली र प्रभावित भएका पीडितहरू उद्धार र राहतको पर्खाइमा छन् । ¥यापिड एक्सन टिमको अभावमा घटनास्थलमा उद्धार कार्यमा निकै ढिलाइ हुने गरेको र राहत पनि नपुगेकाले बाढीपहिरो पीडित निकै पीडाको अवस्थामा छन् । बेपत्ताहरूको खोजीमा ढिलाइ हुँदा त्यसले आमजनतामा आक्रोश र आशंका दुवै निम्त्याएको छ । सिन्धुपाल्चोक, कास्की, म्याग्दी, धौलागिरि, गलेश्वर, जाजरकोट बारेकोट आदि स्थानमा धनजनको ठूलो क्षति हुन गएको छ । पोखराको सरांकोेट, हेम्जा बाढीपहिरोको निसानामा परेको छ । बाढी पहिरोले लमजुङ, गुल्मीमा पनि ठूलो क्षति पु¥याएको छ । मनसुनी वायुको चाप र प्रभाव बढ्दै गइरहेकाले बाढीपहिरोले अझै धेरै जनधनको क्षति पु-याउने भय बढिरहेको छ । यस्तो अवस्थामा सबै जनाले विशेष सतर्कता अपनाउनुपर्छ । देशको उपल्लो तटमा पहाडी भूधरातल र तल्लो तटमा मैदानी भाग रहेकाले हरेक वर्ष नेपालले बाढीपहिरोको मार खेप्नु परिरहन्छ । परिणामतः कटान र डुबान नेपालका लागि हरेक वर्ष अनिवार्य रूपमा आइपर्ने प्राकृतिक प्रकोपका रूपमा रहेका छन् ।

बाढीपहिरो आफैंमा एक्कासि हुने दुर्घटनाजस्तो देखिए पनि यो एक नियमित आकस्मिकता हो । किनकि, हरेक वर्ष यस्तो प्रकोप भइ नै रहन्छ । यसको नियन्त्रण र रोकथामका लागि पूर्वसावधानी अपनाउन पनि सकिन्छ । साथै, पूर्वतयारी पनि गर्न सकिन्छ । तर, नेपालमा यसको व्यवस्थापनका लागि तयारी कहिल्यै पनि गरिएको हुँदैन । आउँछ र जान्छ भनेजस्तो गरी न त यसका लागि विशेष कार्यदल बनाइन्छ, न त आमजनतामा तयारीका लागि कुनै उपाय र विधिहरू नै सुझाइन्छ । मानांै यो भाग्य र दुर्भाग्यको खेल हो झैं ठानिन्छ । हुँदै गरेको वर्षाको लक्षण, भूगोलको कच्चा वा बलियो बनोट, जोखिमको अवस्था, वैकल्पिक सेल्टरको निर्माण, आवश्यक सामग्रीको जोहो, सम्भावित जोखिम न्यूनीकरणका प्रयास, राहत सामग्रीको जुगाड र परिआएको खण्डमा जहाँ पनि जान तयार स्वयं सेवकको टिम आदिको तयारीमा ख्यालै गरिएको हुँदैन । स्थानीय क्षेत्रमा कुनै निश्चित ठाउँमा बाढी पहिरो सुरु भई बग्दै जाँदा त्यसले लिने भयावह रूप र सम्भावित क्षेत्रहरूमा हुन सक्ने मानवीय क्षतिबाट बचाउन साइरन जडान, आमसञ्चार प्रवाहको व्यवस्था, जीवन्त जनसम्पर्क र उच्च सतर्कतालाई बढी ख्याल पु-याइनुपर्छ ।

यस अतिरिक्त बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले विविध दुर्घटना र समस्याहरूलाई साथमा लिएर आएको हुन्छ । यसले मानव बस्ती विनाश, यातायात सम्पर्क विच्छेद, उद्धारमा कठिनाइ, राहत वितरणमा समस्याजस्ता अन्य सहायक तर निर्णायक जटिलताहरू सिर्जना गरिरहेको हुन्छ । यसले क्षतिपछि थप क्षति हुने शृंखलालाई बढावा दिएको हुन्छ । मनसुन सुरु भएको केही दिनमै देशभर भएको बाढीपहिरो र डुबानको समस्याले नागरिकले अकालमा ज्यान गुमाउने, विस्थापित हुने, महामारीको चपेटामा पर्ने र भोकभोकै मनुपर्नेजस्ता अवस्था सिर्जना हुन गएको छ । यसको निराकरणका लागि तीनैतहका सरकारले संयक्त रूपमा पीडितहरूको यथाशीघ्र उद्धार र राहत वितरण कार्यमा ध्यान पुर¥ाउनुपर्छ । प्राकृतिक प्रकोपले निम्त्याएको संवेदनशीलताप्रति सरकार उदासीन हुन सुहाउँदैन ।

(Visited 30 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार भेटघाट गरिरहेका बेला ह्वाइट हाउस अगाडि गोली चल्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । गोली चलेको जानकारीपछि केहीबेर पत्रकार...

राजनीतिक नियुक्तिको सान्दर्भिकता

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नियमित संस्थागत संरचनाबाहेक विकास समिति २४, विकास कोष तीन, संस्थान एक, प्रतिष्ठान चार, संग्राहलय तीन, प्राधिकरण...

कोरोनाकै कुरा

सन् २०२० प्रारम्भ भएयता अर्थात् विगत सात महिनादेखि विश्व कोरोना भाइरसजन्य महामारीसँग संघर्षरत छ । नयाँनयाँ अनुसन्धान र परीक्षणका समाचार आइरहेका भए पनि अहिलेसम्म...

शैक्षिक सत्र होइन, स्वास्थ्यको ख्याल गर

कोरोना महामारीको संक्रमण देशव्यापी भएसँगै यस शैक्षिक सत्र अन्योलमा परेको छ । समयावधिका हिसाबले सुरु भइसके पनि पठनपाठनका हिसाबले यो सुरु भएको छैन ।...

धेरै पढिएका

सरकारलाई कार्यदलको सुझाव : २५ गतेभित्र नतिजा प्रकाशन, २५ गतेपछि विद्यालयमा नयाँ भर्ना

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ...

‘कोभिड–१९ परीक्षणको बहाना गर्दै कतारले निकाल्यो आप्रवासी कामदार’

काठमाडौं । कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको...

नक्सालमा कार्यरत ४ प्रहरी कर्मचारीमा कोरोना संक्रमणको आशङ्का

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमणको आशङ्का गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज गरिएको कोरोना परीक्षणमा...

चौतारीमा बस्नेलाई हजार, जुवा खेलाउनेलाई दश हजार जरिवाना

तनहु । लकडाउनको उल्लङ्घन गर्नेलाई तनहुँको भानु नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लागू गरेको...

ई-पेपर

(Visited 46 times, 1 visits today)