Thursday, July 29, 2021
Homeप्रदेशप्रदेश ३भोटेकोशी नदीले कटान गरेको सडक मर्मत सुरु

भोटेकोशी नदीले कटान गरेको सडक मर्मत सुरु

सभामुख मार्फत सरकारको ध्यानाआकर्षण

,
sharethis

सिन्धुपाल्चोक । अविरल वर्षा सँगै भोटेकोशी नदीले कटान गरेको अरनिको राजमार्ग अन्र्तगत ड्याम क्षेत्रको सडक शनिबार दिउँसोदेखि सञ्चालनमा आउने गरी तिव्र रुपमा काम सुरु भएको छ ।

बुधबार राति आएको भिषण बाढीले अरनिको राजमार्गको ड्याम नजिकैको सडक कटान गरेपछि तिन दिनदेखि सडक अवरुद्ध भएको थियो । जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधिहरु र बाह्रविसे नगरपालिकाका जनप्रतिनिधिहरु बिच शुक्रबार सम्पन्न बैठक पछि नदीले कटान गरेको सडक मर्मत गरेर तत्कालै सञ्चालन गर्ने निर्णय भएको थियो ।

सडकको पुरानो ट्रयाक नदीले कटान गरेपछि अर्काे ट्रयाक खन्दा स्थानीयले असहमती जनाएपनि सम्झाइ बुझाइ सडक खन्न सुरु गरिएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । नयाँ ट्रयाक खन्दा केही समस्या भएपनि शनिबार बेलुकीसम्म सडक निर्माण सकिने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

सडक निर्माणमा खटिएका युवा संघका नेता सुरेन विक्रम योञ्जनका अनुसार वर्षाले गर्दा सडक निर्माणमा केही समस्या भएपनि बेलुकी सम्म सडक निर्माण सकेर एकतर्फी रुपमा यातायातका साधन सञ्चालन गर्न सकिने बताए । ड्याम क्षेत्रमा नै सडक अवरुद्ध भएपछि एम्बुलेन्स लगायत अन्य सवारी साधनहरु सञ्चालन हुन सकिरहेको छैन ।

सभामुख मार्फत नेकपा नेताहरुले गराए सरकारको ध्यानाआकर्षण
भोटेकोशी नदीले अरनिको राजमार्ग कटान गरेर सडक अवरुद्ध भएपछि नेकपा सिन्धुपाल्चोकका नेताहरुले सभामुख अग्नि सापकोटा मार्फत सरकारको ध्यानाआकर्षण गराएका छन् ।

नेकपा केन्द्रीय सदस्य माधव सापकोटा,वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, नेकपा नेता सरल सहयात्री पौडेल, नेकपा जिल्ला अध्यक्ष राजकुमार पौडेललगायतका नेताहरुले सभामुख सापकोटालाई भेट गरी सडक तत्काल सुचारु गराउन पहलका लागि अनुरोध गरेका थिए । बिहीबार मात्रै जिल्लाको बाह्रबिसेको जम्बुक्षेत्र पुगेर सभामुख सापकोटाले तत्काल राजमार्ग सुचारु गर्न पहल गर्ने प्रतिबद्धता गरेका थिए ।

गृह जिल्लाका नेकपा नेताहरु र प्रदेशका मन्त्रीहरु समेत आएर सडक सूचारु गर्न ध्यानाआकर्षण गराएपछि सभामुख सापकोटाले मन्त्रालयका अधिकारीहरु सँग सडक सूचारु गराउने विषयमा छलफल गरेका थिए । सभामुख सापकोटाले तत्कालीन उपाय अपनाएर टुटेको सडक सम्पर्क स्थापित गर्नुपर्नेमा जोड दिंदै आफूले यसका लागि पहल जारी राखेको बताए । सापकोटाले केही दिन भित्रै सडक सूचारु हुने व्यवस्था गर्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएका थिए । छलफलमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले क्षति भएका स्थानमा अस्थायी बाटो बनाएर सडक सम्पर्क स्थापित गरिनुपर्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीले बाटो खुलाउने काम सुरु गरिसकिएको जानकारी गराएका थिए । कामका सिलसिलामा स्थानीय स्तरमा आउनसक्ने अप्ठेरोमा सहजीकरण गरिदिन सचिव कार्कीको आग्रह थियो । सडक विभागका महानिर्देशक केशब कुमार शर्माले अरनिको राजमार्ग अन्तर्गत जुरेदेखि तातोपानीसम्म ११ ठाउँमा मुख्य क्षति भएको बताए । खागदल, झ्याले र डाकलाङमा गरी कम्तिमा तीनवटा बेलिब्रिज हाल्नुपर्ने प्रारम्भिक प्रतिवेदन आएको र स्थलगत अवलोकनपछि मात्रै विस्तृत विवरण आउने उनको भनाई थियो ।

छलफलमा सहभागी नेकपाका केन्द्रीय सदस्य माधब सापकोटा सुबोधले बाढीले पक्की पुलसमेत बगाएकोले यथासक्य छिटो बेलिब्रिज हालेर बाटो खुलाउनुपर्नेमा जोड दिए । पहिलो चणमा एम्बुलेन्सलगायतका साना सवारीसम्म चल्ने बाटो बनाउने र दोस्रो चरणमा सामान ढुवानीका लागि बाटो बनाउनुपर्ने उनको सुझाव थियो । नेकपाका नेता सरल सहयात्रीले बाह्रबिसेदेखि जम्बुखण्डको बाटोमा धेरै क्षति पुगेकोले अस्थाई रुपमा बाटो सञ्चालनका लागि बाह्रबिसेबाट खोलावारीको बाटो मर्मत गरी जम्बुसम्म पुग्न सकिने बताए ।

नेकपाका सिन्धुपाल्चोक अध्यक्ष झम्क नेपाल र भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले स्थानीय स्तरमा आउने समस्या समाधान र सहजीकरणका लागि आफूहरुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । बाढी र पहिरोले अरनिको राजमार्गको बाह्रबिसे नगरपालिका अन्तर्गत जुरे सडकखण्ड, बाह्रबिसे चौकी नजिक हुँदै खुर्सानीबारी व्यारेक मुनिको सडक, खागदल खोला पक्की पुलमा क्षति र खागदल क्षेत्रको सडकखण्ड, खागदलदेखि जम्बु जाने सकडखण्ड, जम्बु बजार क्षेत्र, नयाँ पुल सडकखण्डमा क्षति पुगेको छ । यस्तै भोटेकोशी गाउँपालिका अन्तर्गत बुल्कुटे पुल र सडकखण्ड, डाक्लाङ सडकखण्ड, खोकुण्डोल सडकखण्ड, लार्चा बेलिब्रिज क्षेत्रको सडकखण्ड, १० किलो सडकखण्ड र तातोपानी–धारामाथिको सडकखण्डमा क्षति पुगेको छ ।

(Visited 412 times, 1 visits today)
Loading comments...

आजको समाचार

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्...

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ सुरु, संक्रमित बढ्दै

  सोल । कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।यहाँ सङ्क्रमितहरुको...

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’

काठमाडौं । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१...

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन...

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

  सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावितहरुका लागि खुला गरेको शेयर आयोजना प्रभावितले नै भर्न नपाएपछि स्थानीय सरकारले आयोजनासँग प्रभावितहरुलाई शेयरबाट बञ्चित...

साताका लोकप्रिय समाचार

काठमाडौँको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

  काठमाडाैं । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको...

‘आई टी आर्मी’ले रौतहट जिल्ला स्तरीय भेला सम्पन्न

गौर। प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ गठन भएको ‘आई टी आर्मी’ले रौतहट जिल्ला...

वसन्तले चन्द आमालाई रत्यौलीमा उतारे

‘जेठो जर्नेल माइलो कर्नेल हा बरै साईंलो चौतारीमा स्यानी माया’ तीजको अवसरमा यो वर्षका लागि यतिबेला बजारमा आएको यो भाका निकै चर्चामा छ । टिकटकदेखि...

ट्रेन्डिङ

बलात्कारको अभियोग लागेका एसएसपी अधिकारी थुनामा

पोखरा । चितवनकी २७ वर्षकी युवती बलात्कारको अभियोग लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको...

ग्राउन्ड स्टाफ सेतेलाई सहयोग

काठमाडौं । क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सिप्यान)ले मिर्गाैला रोगबाट पीडित त्रिवि क्रिकेट मैदानमा कार्यरत ग्राउन्ड म्यान जयबहादुर तामाङ (सेते)लाई आर्थिक सहयोग हस्तान्तरण...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)