Friday, April 23, 2021
Home खेल सदस्यसचिवका लागि दरखास्त आह्वान

सदस्यसचिवका लागि दरखास्त आह्वान

,

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले सो आह्वान गरेको हो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्यसचिवका लागि कार्यविधि तय गरी दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै सदस्यसचिव बन्नका लागि सात दिनभित्र कार्ययोजनासहित दरखास्त पेश गर्न आग्रह गरेको छ । सदस्यसचिवका लागि नेपाली नागरिकताको प्रतिलिपि, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविश्द्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि र खेलकूद क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको प्रतिलिपि पेश गर्न मन्त्रालयले सूचना जारी गरेको छ ।

तोकिएको समयभित्र प्राप्त भएका कार्ययोजनालाई सिफारिस समितिले अध्ययन गरी थप स्पष्ट हुन चाहेमा बैठकमा बोलाएर छलफल गर्नेछ । कार्ययोजना अध्ययनपछि समितिले कार्ययोजनाको आधारमा कम्तीमा एक महिलासहित तीन जनाको नाम बैठकबाट निर्णय गरी मन्त्रालयमा पठाउने छ । नयाँ खेलकूद विकास ऐन, २०७७ यही असार ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि नयाँ सदस्यसचिव नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको हो ।

नयाँ सदस्यसचिव छान्न युवा तथा खेलकूद मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिको संयोजकमा मन्त्रालयका सचिव थपिलया तथा सदस्यमा रिम रानाभाट र इन्दिरा निरौला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा मानबहादुर विकेका अनुसार उक्त समितिले सदस्यसचिवका लागि एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । सिफारिस गरिएका नाममध्ये एक जनालाई मन्त्रिपरिषद्ले सदस्यसचिवमा नियुक्त गर्ने प्रावधान छ ।

नयाँ खेलकद ऐन लागू भएपछि राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललगायत पदाधिकारी पदमुक्त भएका थिए । मन्त्रालयले मन्त्रालयकै खेलकूद विभाग महाशाखाका प्रमुखसमेत रहनुभएका भक्तराज ढकाललाई कार्यबाहक सदस्यसचिवको जिम्मेवारी सुम्पेको छ । राखेपमा खुला आह्वानबाट सदस्यसचिव नियुक्त हुनलागेको यो पहिलोपटक हो । यसअघि युवा तथा खेलकूदमन्त्रीले नै सदस्यसचिव नियुक्त गर्ने चलन थियो ।

(Visited 63 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

साताका लोकप्रिय समाचार

सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी प्रमुख दलका नेताहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउनुपर्नेमा जोड दिएका छन्...

भारतबाट फर्केका पुरूषकाे काेराेनाबाट मृत्यु, एक सातामा पाँचकाे निधन

पर्सा ।  कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४...

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । आज विहान बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले विद्यालय बन्द गरी अनलाइन...

को होला वर्ष उत्कृष्ट खेलाडी ?

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६/७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधामा ३ खेलाडी मनोयनमा परेका छन् । करातेका...

ट्रेन्डिङ

आइसोलेशन सेन्टर : जुन बनेको छ आयुर्वेद, योगा र आत्मबल बढाउने स्थल

बुटवल । कोरोना संक्रमण भएर बुटवलको आइसोलेशन सेन्टरमा भर्ना हुन आएकाहरुमध्ये अधिकांशले कोरोना जितेका छन् । लक्षणसहित भर्ना हुन आएका देखि कन्ट्रयाक ट्रेसिङमा परेकाहरु...

नेपालमा लागूऔषध प्रयोगकर्ता बढे

काठमाडौं । गृह मन्त्रालयको सर्वेक्षणले मुलुकमा लागूऔषध प्रयोगकर्ताको संख्या दिनदिनै बढ्दो क्रममा रहेको देखाएको छ । गृह मन्त्रालयले केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा गरेको सर्वेक्षणले २०६९ बाट...

मोरङको सीमा नाका थप मजबुद, अर्काे पनि बीओपी स्थापना

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–२ डोरिया, बालुवारीमा शनिबार सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । सो कार्यालयको रतुवामाई नगरपालिकाका नगर...

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

काठमाडौ । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशै अवधिमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दिपकबहादुर कुमाल, अभिनन्दन...

वर्षाले उडान प्रभावित, फ्लाई दुबई लखनउ डाइभर्ट

काठमाडौँ । भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको...

सप्तरीका कोरोना संक्रमितको शव पानीमा भिज्दै सेनाले गरे व्यवस्थापन

सप्तरी । प्रदेश १ स्थित विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणले निधन भएका पुराना एवं प्रतिष्ठित व्यवसायी राजविराज ६ निवासी रामकृष्ण दासको शव...

पनौतीमा गोली चल्यो, तीन प्रहरी घाईते

काभेपलाञ्चोक । काभेपलाञ्चोक  जिल्लाको पनौतीमा टिपरले ठक्कर दिएर मृत्यु भएको विषयलाई लिएर पनौती, बसपार्क क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीले स्थानीयहरुको भिडलाई नियन्त्रणमा...

उपचारका लागि बाबुराम दिल्ली जाने, ट्युमर भएकाे आशंका !

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन् । उनी आज नेपाल...

मालपोत कार्यालय बम विष्फोटमा ९ जना घाइते (सूचीसहित)

आलोक यादव, सिरहा । सिरहाको लहान नगरपालिका ८ स्थित मालपोत कार्यालय लहानमा आईतबार दिउसो बम विस्फोट भएको छ । विस्फोटबाट कार्यालयका नायब सुब्बा शिव...

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता...

विष्फोटक पदार्थसहित विप्लव कार्यकता पक्राउ, प्रहरीमाथि आक्रमण गरेपछि हवाई फायर

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट प्रतिवन्धित नेत्र विक्रम चन्द नेतृत्वका कार्यकता पक्राउ परेका छन् । प्रहरीले विप्लव कार्यकतालाई विष्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरी...

शैक्षिक गुणस्तरको सवाल

शिक्षा समृद्धिको पहिलो सर्त हो । यसैले शिक्षालाई ‘पूर्वाधारको पनि पूर्वाधार’ मानिन्छ । शिक्षाले एकातिर सभ्यता र संस्कार सिकाउँछ भने अर्कोतिर व्यक्तिको सर्वांगीण विकास...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)