काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनमा आगमी १ साउनदेखि अनलाई बुद्धिचाल च्याम्पियनसिप आयोजना हुने भएको छ । च्याम्पियनसिपमा नेपाल च्याम्पियन पुरुषोत्तम चौंलागाई, शीर्ष वरीयताका विवेक लामा, फिडे मास्टर मनिष हमाल, महिला च्याम्पियन सुजना लोहनीसहति टप रेटेड १५ जना, विभिन्न उमेर समूहका १० जना र छैठौं राष्ट्रिय प्रतियोगिताका ५ महिला खेलाडीसहित ३० जना खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, प्रतियोगितमा नेपाली खेलाडीले विश्व वरीयतामा १०औं स्थानमा रहेका नेपाली मुलका नेदरल्यान्डका अनिष गिरीसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । अनिश गिरी नेपाली भए पनि उनले नेदरल्यान्डको बासिन्दा भइसकेका छन् । उनका बुवा सञ्जय गिरी लामो समयदेखि नेदरल्यान्डमा बस्दै आएको र उनकी आमा भने रसियन हुन् ।
अनिश सन् २०१४ मा १४ वर्षकै उमेरमा नै ग्रान्ड मास्टर बन्न सफल भएका हुन् । सन् २०१६ मा विश्व वरीयतामा तेस्रो स्थान हासिल गरेका थिए भने सन् २०२० मा अन्तर्राष्ट्रिय बुद्धिचाल संघले गरेको वरीयतामा सात स्थान तल झर्दै १० स्थानमा पुगेका छन् ।