१३औं सागको प्रतिवेदन सार्वजनिक

काठमाडौं । राष्ट्रिय टिम तयारी समितिका संयोजक तथा १३औं दक्षिण एसियाली खेलकुदमा नेपालको सहायक सेभ द मिसनसमेत रहेका रिमबहादुर रानाभाटले १३औं सागको समग्र प्रतिवेदन प्रस्तुत गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा तयार भएको २२ पेज लामो प्रतिवेदन सहायक सेभ दि मिसन रानाभाटले शुक्रबार नेपाल ओलम्पिक कमिटीमा प्रस्तुत गरेको हो । रानाभाटले प्रतिवेदन सार्वजनिक गरेपछि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले रानाभाटलाई धन्यवाद दिँदै १३औं साग सबै सरोकारवाला निकायको सामूहिक प्रयासका कारण ठूलो सफलता हात पारेको बताए । यस्तै, अध्यक्ष श्रेष्ठले यो प्रतिवेदन भविष्यको कार्यक्रमका लागि पनि सहयोगी हुने बताए । कार्यक्रममा ओलम्पिक कमिटीका उपाध्यक्ष अशोकरत्न बज्राचार्य, चतुरानन्द राज वैद्य र महासचिव नीलेन्द्रराज श्रेष्ठको सहभागिता रहेको थियो ।

गत वर्ष १५ देखि २४ मंसिरसम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको प्रतियोगितामा नेपालले ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९६ कांस्यपदकसहित कुल २०७ पदक जित्दै दोस्रो स्थानमा हात पारेको थियो । कुनै पनि सागमा नेपालले जितेको यो सबैभन्दा धेरै स्वर्ण र पदक हो ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगञ्जमा गठबन्धनका राजेश मानसिंहलाई १८१० मत, एमालेका सरावगीलाई ७७५