Tuesday, August 11, 2020
Home Not-to-be-missed पूर्वाधार आर्मीलाई हस्तान्तरण

पूर्वाधार आर्मीलाई हस्तान्तरण

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौं भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा रहेको फुटबल मैदानका लागि आवश्यक अन्य भौतिक पूर्वाधार निर्माण गरि शुक्रबार सेनालाई हस्तान्तरण गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानसेनापति पूर्णचन्द्र थापालाई उक्त पूर्वाधार हस्तान्तरण गरेका हुन् । एन्फाका अध्यक्ष शेर्पाले सेनासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । प्रधानसेनापति थापाले नेपाली फुटबल विकासका लागि एन्फासँग भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दा प्रशिक्षण स्थलसँगै घरेलु फुटबलका केही खेल आयोजना गर्दा मैदान प्रयोग गर्ने उद्देश्यका साथ एन्फा र सेनाबीच सहकार्य भएको बताइएको छ ।

एन्फाले सेनाको मैदानमा आवश्यक पर्ने भीभीआईपी प्याराफिटमुनि रहेको खेलाडी चेन्जिङ रुम, खेलाडीका लागि व्यक्तिगत लकर, रेफ्री चेन्जिङ रुम, रेफ्रीका लागि लकर निर्माण गरेको थियो । त्यस्तै, एन्फाले फिजियोथेरापी बेड, ऐन, फ्रिज, टेबल, तीन कोठामा कार्पेट लगाउनुका साथै रंग रोगनसमेत गरिदिएको सेनाले जनाएको छ । यस्तै, मैदानको केही काम पनि एन्फाले गरेको थियो । निर्माण कार्यमा झन्डै १५ लाख रुपैयाँ खर्च भएको एन्फाले जनाएको छ ।

आर्मीको यो मैदान असोज र कात्तिकमा प्रयोगमा आउन सक्नेछ । नेपालले असोजमा घरेलु मैदानमा कतार विश्वकपअन्र्तगत अस्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । त्यसरी आउने विदेशी टोलीका साथै नेपाली टोलीलाई पनि अभ्यासका लागि त्यो मैदान स्तरोन्नति गर्न एन्फा र सेनाबीच सहमति भएको र त्यही अनुरूप पुनर्निर्माण भएको बताइएको छ ।

नेपालमा दशरथ रंगशाला र हल्चोकमा रहेको सशस्त्र प्रहरी बलको खेल मैदान मात्रै अन्तर्राष्ट्रिय स्तरको मान्यता पाएको मैदानको रूपमा रहेको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा यसअघि नेपाली टोलीसँगै विदेशी टोलीले पनि यो मैदानलाई प्रशिक्षणको रूपमा प्रयोग गर्दै आएको थियो । आर्मीकै लगनखेलको खेल मैदान र नारायणहिटी राजदरबारमा रहेको मैदानलाई प्रशिक्षण स्थलको रूपमा प्रयोग गरिएको थियो ।

(Visited 21 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

८० हजार घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

वाग्मती । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सिंचाइ विकास डिभिजन...

समाजलाई सकरात्मक तुल्याउन बनाइयो सत्कर्म

काठमाडौं । मुलुकमा कोरोना भाइरसको त्रास र संक्रमणसँगै ९२ दिनसम्म जनताले लकडाउन झेल्नुप¥यो । अहिलेको अवस्थामा धेरै नेपाली मानसिक तनावमा रहेका कारण सकरात्मक विचारका...

भिडियोमा भूपेन्द्रको नयाँ गजल

काठमाडौं । यसअघि २०५९ सालमा एकल गजल एल्बम बुलबुल श्रोतामाझ ल्याएका गजलकार तथा गीतकार भूपेन्द्र खड्काले यतिबेला अर्को गजल श्रोता र दर्शकमाझ...

अबका दिनमा कोरोनासँग सहयात्रा

११ चैत्र २०७६ देखि निरन्तरको लकडाउनले निम्नवर्ग त समस्यामा थिए नै । अब मध्यमवर्गले पनि जीवन धान्न नसक्ने अवस्था भइसकेको छ । सरकारले भने...

ई-पेपर

(Visited 46 times, 1 visits today)