काठमाडौं । यसअघि पिरिम नलाउने…गीत ल्याएर चर्चा कमाएका गायक गायक आशिष सचिनले नयाँ गीत गलबन्दी पछ्यौरी…को भिडियो दर्शकमाझ ल्याएका छन् । काठमाडौंमा शुक्रबार सीमित पत्रकारबीच गलबन्दी पछ्यौरी…को भिडियो उनले रिलिज गरे ।
भिडियो निर्देशक सुब्रतराज आचार्यले गरेका हुन् । भिडियोलाई लकडाउनअघि नै छायांकन गरिएको थियो । यो गीत लोकशैलीको छ । यो गीतमा आशिष सचिन र मेलिना राईको स्वर, दीपक शर्माको शब्द तथा संगीत छ ।
गीतको भिडियोमा गायक आशिष सचिनसहित अभिनेत्री वर्षा राउत, कलाकार रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराईले अभिनय गरेका छन् ।
भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन नवीन निरौलाको सम्पादन छ । गीतलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । गाउँको मेलाको सेट लगाएर भिडियो छायांकन गर्दा चार दिन लागेको निर्देशक आचार्यले बताए । भिडियो रोचक बनेको छ ।
अघिल्लो गीत पिरिम नलगाउने गीत युट्युबमा ६ करोड ४३ लाखपटक हेरिएकाले सोही कलाकार र टिम मिलेर पिरिम नलाउनेको दोस्रो भागको रूपमा गलबन्दी पछ्यौरीको भिडियो ल्याएको भिडियो रिलिज कार्यक्रममा गायक आशिष सचिनले बताए ।