Tuesday, August 11, 2020
Home Breaking News कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप एक जनाको मृत्यु भएको हो ।

काठमाडौं नयाँ बानेश्वरका एक ६० वर्षीय पुरुषको उपचारको क्रममा असार २६ गते मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनी १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय कोरोना संक्रमित व्यक्तिको पनि असार २५ मा नै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । जेठ ३१ गते कोरोना परीक्षण गर्दा पोजेटिभ आएका उनको असार २५ मा नै मृत्यु भएको थियो । मिर्गौलाका बिरामी उनको काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सिन्धुपाल्चोक जिल्ला पाँचपोखरीका अर्का एक कोरोना संक्रमितको पनि असार २५ गते पाटन अस्पतालमा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ । क्षयरोगका बिरामी उनी असार १७ गते पाटन अस्पतालमा भर्ना भएका थिए । पछिल्लो घटनासंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

(Visited 82 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

सिन्धुपाल्चोकमा सलह समातेर ल्याउनेलाई किलोको ६० देखि १०० रुपैयाँ दिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पनि सलह किराको बथान आइपुगेपछि त्यसलाई नियन्त्रणका लागि स्थानीय सरकारले कार्यक्रम अघि बढाएका छन् । मकैबारी लगायत अन्य अन्न बालीमा सलह...

गृहमन्त्रीका भाइलाई थुनामा राख्न आदेश

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च...

अभिनयको तलतल म्युजिक भिडियोले मेट्दै

काठमाडौं । बन्दाबन्दी खुकुलो भएपछि म्युजिक भिडियोको छायाँकन सुरु हुन थालेका छन् । चलचित्रको छायाँकन नभए पनि म्युजिक भिडियो छायाँकनको चहलपहल बढेपछि अभिनेता अभिनेत्रीहरु...

चिल्ला सडक किनारमा मगन्ते देखिनुहुन्न : मन्त्री गुरुङ

कुनै पनि महामारी वा विषम स्थितिमा सबैभन्दा बढी प्रभावित हुनेमा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका वर्ग नै हुने गर्छन् । महिला, बालबालिका तथा...

ई-पेपर

(Visited 46 times, 1 visits today)