Thursday, August 5, 2021
Homeविदेशट्रम्पले पनि लगाउन थाले मास्क

ट्रम्पले पनि लगाउन थाले मास्क

,
sharethis

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मास्कविरोधीका रुपमा चिनिन्छन् । अमेरिकामा कोरोना भाइरस संक्रमणको ग्राफ बढिरहेका बेला उनले सुरुदेखि नै मास्क नलाउने चट्टानी अडान लिएका थिए । उनको यो अडानका कारण अमेरिकामा कोरोना संक्रमित बढेको आरोप पनि लाग्यो ।

तर तिनै राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अबदेखि मास्क लगाउन थालेका छन् । कोरोना भाइरस महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा उनले पहिलोपटक मास्क लगाएका हुुन् । शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा उनले मास्क लगाएका हुन् ।

त्यसो त जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य रहेको बताउँदै आएका छन् । त्यही पनि उनले पालना गरेका थिएनन् । कतिसम्म भने उनले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक नेता जो विडेनलाई मुखौटो लगाएर हिँडेको भनेर मजाक गर्नसमेत भ्याए ।

अहिले भने उनले आफू कहिले पनि मास्कविरोधी नभएको बताएका छन् । उनले भने, ‘म कहिले पनि मास्कको विपक्षमा थिइनँ । मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, तर यसको पनि समय र स्थान हुन्छ ।’

(Visited 140 times, 1 visits today)

आजको समाचार

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

साताका लोकप्रिय समाचार

हरिनास गाँउपालिकाका अध्यक्षबिरुद्ध अख्तियारमा उजुरी

स्याङ्जा । स्थानीयतहको निर्वाचन भएको ४ बर्ष पुरा भएर ५ बर्षमा लाग्दै छ । मुलुकको संघियता अनुसार निमार्ण भएका स्थानीयतहको निर्वाचन पछि सबै भन्दा...

३,३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २४ जनाकाे मृत्यु

  काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार...

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ...

गोरखा प्यानलबाट छुट्टिएपछि नेपाल इको प्यानल

काठमाडौं । इँटाले उत्पादनशील माटोको नाश गर्ने भन्ने बुुझेपछि यसको विकल्पमा वातावरणमैत्री निर्माण सामग्री कसरी बनाउन सकिन्छ भनेर सोधखोजमा लागेका इन्जिनियर कृष्णभक्त दुवाल तब...

बेपत्ता बालिका ३ वर्षपछि सकुशल घर आइपुगिन्

  सप्तरी,राजविराज । पर्साको विरगंज माहानगपालिका ११ परवानीपुरबाट हराएकी ११ वर्षीया किशोरीलाई झण्डै ३ वर्षपछि भारतबाट उद्धार गरी मंगलवार परिवारलाई जिम्मा लगाइएको छ । ११ वर्षको...

ट्रेन्डिङ

अब स्कुलको पाठ्यक्रममा पनि चलचित्र शिक्षा

काठमाडौं । नेपाल सरकार शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले आगामी वर्षदेखि स्कुलका पाठ्यक्रममा चलचित्र शिक्षा राख्ने भएको छ । जसका लागि विकास बोर्डका अध्यक्ष...

नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला

काठमाडौं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट यात्रा गर्नेहरुले अब टिकट काट्नका लागि बसपार्ककै झ्याल अगाडी गएर लाइन बस्नु पर्ने छैन । अब लामो दुरीमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)