Saturday, August 8, 2020
Home बिचार राजस्व छली गर्नेमाथि कडा कारबाही गर

राजस्व छली गर्नेमाथि कडा कारबाही गर

व्यापार–व्यवसाय गर्नेहरूले नैतिकता र इमानदारीतालाई बिर्सनुहुँदैन । व्यवसायीहरूले मौका पाउनासाथ राजस्वसमेत ठगेर राज्यलाई चुनौती दिने काम गरिरहेका छन् । राजस्व छलीबारे अनुसन्धान गर्ने भूमिकामा रहेको राजस्व अनुसन्धान विभागले एक सातामा मात्रै राजस्व छली गर्ने विभिन्न कम्पनी फर्म र व्यक्तिविरुद्ध १ अर्ब १७ करोड ६५ लाखको मुद्दा दायर गरेको छ । यसैगरी, विभागले गत एक वर्षको अवधिमा मात्रै राजस्व ठगी गर्ने सयौं कम्पनी, फर्म र व्यक्तिविरुद्ध झन्डै २८ अर्बभन्दा बढीको मुद्दा दायर गरेर धेरै वर्षपछि नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने विरुद्ध चालेको आक्रामक कारबाही निकै प्रशंसनीय छ । विभागको वर्तमान नेतृत्वले कतैबाट पनि कुनै किसिमको प्रभावमा नपरी उच्च मनोबलका साथ इमानदारीतापूर्वक काम गरेकाले यतिखेर राजस्वमारामा भागदौड मच्चिन पुगेको छ । यस अर्थमा पनि विभागको नेतृत्व धन्यवादको पात्र छ ।

राजस्व छलीमा विभागले दर्ता गरेको मुद्दाको प्रकृति र अवस्था हेर्दा व्यावसायिक क्षेत्रमा छली गर्ने क्रममा खासै कमी आएको छैन । विशेष गरी व्यवसायीले आफ्नो कम्पनीले तिर्न नपर्ने खरिदको लागत देखाउने, बिनाबिजक र बिल मालवस्तु बिक्री गर्ने, भन्सार छल्ने र नक्कली बिजक बनाउनेलगायतका तरिका अपनाएर राजस्व छली गर्ने गरेको पाइएको छ । नेपालमा भ्रष्टाचारले वर्षांैदेखि संस्थागत रूप लिँदै आएकाले यहाका प्रायः सबै क्षेत्र कुशासनको चपेटामा पर्दै आइरहेका छन् । अधिकांश क्षेत्रमा भ्रष्टाचार मौलाउँदै आइरहेकाले व्यापार व्यवसाय गर्ने व्यक्तिमा पनि रातारात धनी हुने चाहनाका कारण सरकारलाई तिर्नुपर्ने करोडांै रुपैयाँको राजस्व ठगी हुनेक्रम बढेको हो । त्यसैले, सबैभन्दा पहिला समाजमा सदाचार र नैतिकताको विकास गराउनुपर्ने आवश्यकता देखिएको छ । पुँजीवादको विकासक्रमसँगै सम्पत्ति कमाउने होडबाजी चलेकाले मान्छेले सम्पत्ति कमाउनकै लागि जस्तोसुकै कुकृत्य गर्न पनि पछि नपर्ने चरित्रको विकास हुन थालेको छ । मानिसमा देखिएको यो चरित्रले समाजलाई पनि पथभ्रष्ट बनाउँदै लगेको सहजै विश्लेषण गर्न सकिन्छ । त्यसैले, राजस्व छल्ने व्यापारी हुन् कि अख्तियारको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने कर्मचारी हुन्, सबैलाई कडाभन्दा कडा कानुनी दायरामा ल्याउनुपर्छ ।

कोरोना कहरले नागरिकको जीवन झन्पछि झन् संकटमा परिरहेको छ । मुलुकको आर्थिक अवस्था दयनीय बन्दै जान थालेको छ । सरकारलाई साधारण खर्च धान्नसमेत धौधौ पर्ने अवस्था आउन थालेको छ । यस्तै, संकटकालीन र संक्रमणकालीन अवस्थामा नै राजस्व छल्नेदेखि लिएर कालाबजारी गर्ने व्यापारीहरू झन् बढी सलबलाउने भएकाले त्यसलाई रोक्न सरकारका सरोकारवाला निकाय समन्वयका साथ अगाडि बढ्नुपर्छ । राष्ट्रसेवक कर्मचारीहरूकै मिलिमतोमा राजस्व ठगी हुने गरेको आरोपसमेत यदाकदा कर्मचारीमाथि लाग्ने गरेको छ । त्यसैले, कर्मचारीहरूले आफूमाथि यस्ता आरोप आउन नदिन पनि आफ्नो जिम्मेवारीलाई उच्च नैतिकता र इमानदारीताका साथ बहन गर्नुपर्छ । राजस्व अनुसन्धान विभागले पछिल्ला दिनमा इमानदारपूर्वक काम गरेकाले नै अर्बौं रुपैयाँ राजस्व छली गर्नेविरुद्ध मुद्दा दायर गर्नेक्रम बढेको हो । अब राजस्व छलीका मुद्दा ग्रहण गरेका विभिन्न अदालतले पनि छिटोभन्दा छिटो मुद्दा फस्र्यौट गरी ठगिएको राजस्व सरकारको खातामा दाखिला हुने वातावरण बनाउनुपर्छ भने ठगी गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन ढिलाइ गर्नुहुँदैन ।

(Visited 39 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

ई-पेपर

(Visited 45 times, 1 visits today)