Saturday, August 8, 2020
Home Not-to-be-missed रियललाई दुई जित खाँचो

रियललाई दुई जित खाँचो

मड्रिड । फ्रेन्च फरवार्ड करिम बेन्जेमा प्रेरित खेलमा डिपोर्टिभो अलाभेसको चुनौती २–० ले पन्छाउँदै स्पेनिस महारथी रियल मड्रिड स्पेनिस ला लिगाको उपाधिनजिक पुगेको छ । ला लिगाको तीन चरणको खेल बाँकी रहँदा रियल उपाधिनजिक पुगेको हो ।

अब रियलले बाँकी रहेको तीनमध्ये दुई खेलमा जित हात पारे ३४औंपटक ला लिगाको उपाधि जित्नेछ । रियलले अब ग्रानडा, भिल्लारियल र लेगानेससँग खेल्न बाँकी छ । कोरोना महामारीपछि सुरु भएको ला लिगामा रियलले लगातार आठौं जित दर्ता घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा शुक्रबार राति भएको खेलमा अलाभेसमाथि सहज जितमा करिम बेन्जेमाले एक गोल गर्नुका साथै एक गोलका लागि असिस्ट दिए । अर्काे गोल मार्काे एसेन्सियोले गोल गरे । गरेको हो । खेलको दोस्रो मिनेटमा नै पाहुना टोली अलाभेसले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन ।

जोसेलुको हेडर क्रसबारमा लागेर फर्कदा रिबाउन्डमा लुकास पेरेजको प्रहारलाई रियलका डिफेन्डर राफयल भरानले गोललाईबाट क्लियर गरे । ११औं मिनेटमा घरेलु टोली रियलले करिम बेन्जेमाको पेनाल्टी गोलमा अग्रता लियो । अलाभेसका डिफेन्डर छिमो नाभारोले पेनाल्टी क्षेत्रभित्र फरल्यान्ड मेन्डीलाई लडाएपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । उक्त पेनाल्टीमा बेन्जेमाले गोल गरे । ला लिगामा उनको यो १८औं गोल हो ।

१४औं मिनेटमा टोनी क्रुसको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिदा रियलले अग्रता दोब्बर बनाउने अवसर गुमायो । ३६औं मिनेटमा अलाभेसका ओलिभर बर्कले उत्कृष्ट बल नियन्त्रणको नमुना प्रस्तुत गर्दै जोसेलुलाई पास दिए पनि उनको प्रहार फितलो बन्दा बराबरीबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयमा बेन्जेमाको प्रहारलाई गोलरक्षक रोबर्टोले विफल पारे । दोस्रो हाफको सुरुमै रियलले अग्रता दोब्बर बनायो ।

रोड्रिगोको चलाखीपूर्ण पासमा बेन्जेमाले अफसाइड बिट ट्याप गर्दै बल अघि बढाउँदै पेनाल्टी क्षेत्रको ठीकभित्र दिएको पासलाई मार्को एसेन्सियोले गोलमा परिणत गरे । रेफ्रीले सुरुवातमा उक्त गोललाई अफसाइड दिए पनि भीएआरको सहायतासँगै गोलले मान्यता पाएको थियो । ६१औं मिनेटमा जोसेलुको प्रहारमा रियलका गोलरक्षक थिबाउट कोर्टुवाले उत्कृष्ट बचाउ गरे । ६७औं मिनेटमा टोनी क्रुस र लुका मोड्रिचको प्रहारलाई गोलरक्षक रोबर्टोले सहजै नियन्त्रणमा लिए ।

७५औं मिनेटमा बेन्जेमाको पासमा रोड्रिगोले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई गोलरक्षक रोबर्टोले विफल पारे । त्यसपछि थप गोल निस्कन नसक्दा रियल २–० ले विजयी हुन सफल भयो । जितसँगै शीर्षस्थानको रियलको ३५ खेलमा ८० अंक पुगेको छ । पराजित अलाभेस ३५ अंकसहित १७औं स्थानमा यथावत छ ।

मार्सेलो तीन साता मैदानबाहिर
स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली लेफ्टब्याक मार्सेलो कम्तीमा पनि तीन साता मैदानबाहिर रहने भएको छ । यससँगै मार्सेलोले यो सिजनको ला लिगाको बाँकी रहेको सबै तीन खेल गुमाउने पक्का भएको छ । रियल म्याड्रिडको मेडिकल टिमले गरेको परीक्षणपछि उनी कम्तीमा पनि तीन साता मैदानबाहिर रहने पक्का भएको रियलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले बाँया मसल्समा समस्या भएको बुझिएको छ ।

मार्सेलोले ला लिगाको यो सिजनको बाँकी तीन खेल ग्रानडा, भिल्लारियल र लेगानेसविरुद्धको खेल गुमाउनेछ । एथ्लेटिक क्लब बिल्वाओमाथि १–० को जित निकालेको खेलमा मार्सेलोले चोट बोकेका थिए । मार्सेलोलाई नै पेनाल्टी बक्समा फउल गरेपछि रियलले पेनाल्टीमार्फत गोल गर्दै जित निकालेको थियो ।

चोटकै कारण मार्सेलोले डिपोर्टिभो अलाभेसमाथि २–० को जित निकालेको खेल पनि गुमाएका थिए । मार्सेलो इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलको दोस्रो लेगको खेलको लागि पूर्ण फिट हुने क्लबले जनाएको छ । ‘उनको स्वास्थमा क्रमिक सुधार हुँदै गइरहेको छ ।

सिटीविरुद्धको खेलमा उपलब्ध हुने हामीले विश्वास लिएका छौं,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रियलले ७ अगस्टमा सिटीको मैदानमा प्रतिस्पर्धा गर्दै छ । रियल घरेलु मैदानमा २–१ ले पछि परेको छ ।

(Visited 23 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

ई-पेपर

(Visited 45 times, 1 visits today)