Monday, August 3, 2020
Home कला बदमासमा सोनिका र दीपेन्द्रको रोमान्स

बदमासमा सोनिका र दीपेन्द्रको रोमान्स

काठमाडौं । लकडाउन खुकुलो भएसँगै दैनिकजसो म्युजिक भिडियो रिलिज कार्यक्रम काठमाडौंमा आयोजना गर्न थालिएको छ । यसैक्रममा गायक चिरञ्जीवी भण्डारीले आफ्नो नयाँ गीत ‘बदमास…’ को भिडियो काठमाडौंमा एक औपचारिक कार्यक्रमबीच सार्वजनिक गरेका छन् । आफ्ना संगीत गुरुराम सिटौला सभापति बनाएर अग्रज गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा उनले आफ्नो गीत सार्वजनिक गरेका हुन् ।

अहिलेको पुस्तालाई मन पर्ने नृत्यप्रधान गीत गायक भण्डारीले ल्याएको डा. बरालले कार्यक्रममा बताए । आफ्नो चेला गायनमा स्थापित हुँदै गएकोमा यो गीतको प्रशंसा गर्दै राम सिटौलले कार्यक्रममा खुसी व्यक्त गरे ।

यो गीतको भिडियोमा दीपेन्द्र सोनाम र सोनिका रोकायाको अभिनय छ । यी दुईको रोमान्समा भिडियो केन्द्रित छ । चिरञ्जीवी र दिलिप पनि भिडियोमा प्रस्तुत भएका छन् । आफूले पुराना मोडलहरूलाई भिडियोमा खेलाउँदा एकपटक पनि भिडियोलाई सामाजिक सञ्जालमा सेयर नगरिदिएको हुँदा नयाँसँग काम गरेको चिरञ्जिबीले कार्यक्रममा बताए । यो भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको पनि उनले बताए ।

बदमास गीतलाई भीम विसीले संगीत भरेका छन्, जसमा विक्रम सुन्दासको शब्द, पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ । यो गीतको भिडियोलाई दिलिप अखेडाले निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन, विष्णु खड्काको सम्पादन रहेको छ ।

(Visited 40 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

गलत ठाउँमा ढाेका राखिएकाले मेलम्ची खानेपानीमा दुर्घटना

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन...

भर्खरै

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)