परदेशबाट शिवको सीमा चिन्ता

पोखरा । ‘आफ्नो जमिन फिर्ता गरिछाड्ने बेला भयो
सिमानामा देशको झन्डा गाड्ने बेला भयो’
कवि तथा गीतकार शिव पलाँसले देशप्रेमको भाव बोकेको ‘आफ्नो जमिन’ बोलको यस गीत सार्वजनिक गरेका छन् । केही वर्षदेखि अमेरिका बस्दै आएका पलाँसको सो गीतमा रमेश कडरिया र अनिता घिमिरेको स्वर सुन्न सकिन्छ । संगीत रमेश आफैंले भरेका छन् । यो गीतमा संगीत संयोजन नरेन्द्र वियोगीको छ ।

गीत ‘आफ्नो जमिन’को भुवन लामा निर्देशित भिडियो कडरिया इन्टरटेनमेन्टमार्फत सार्वजनिक भएको हो । गीतमा नेपालको सीमा अतिक्रमण विषय प्रमुखताका साथ उठाइएको छ । छिमेकीले सदियौंदेखि सीमामा गरेको थिचोमिचो अहिले झन् बल्झिरहेकोमा सीमा विवादबीचको पीडा गीतमार्फत पस्किएको गीतकार पलाँसले बताए ।

यस्तै, गीतमा राष्ट्रियता र राष्ट्रप्रेम पाउन सकिन्छ । भारतसँग भएको विभिन्न सन्धि सम्झौता तथा कालापानी विषयलाई पनि गीतमा उठाइएको छ । ‘बेहोसीमै छाडी गयांै’ गीतबाट श्रोता–दर्शकसमक्ष पुगेका गीतकार शिव पलाँसको ‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन’ अत्यधिक रुचाइएको गीत हो ।

त्यस्तै, ‘गन्दै जाँदा पिरतीमा’, ‘बेहोसीमै छोडी गयौ’, ‘आगो भन्ने जान्दाजान्दै,’ ‘ज्यानमा बंैस फुल्न थाल्यो’ ‘काली मोरीले’लगायत करिब चार दर्जन गीत उनका श्रोतामाझ आएका छन् ।
स्याङ्जाका शिव पलाँसको पप, आधुनिक र गजल सबै विधा गीत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा तीन दलीय गठबन्धन, ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई