Saturday, August 8, 2020
Home Not-to-be-missed गणेशको ‘सहायक श्रीमान्’ अन्तर्राष्ट्रिय महोत्सवमा छनोट

गणेशको ‘सहायक श्रीमान्’ अन्तर्राष्ट्रिय महोत्सवमा छनोट

काठमाडौं । पत्रकार गणेश पाण्डेको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ । आगामी अगस्ट २७ देखि २९ सम्म रसियामा हुन लागेको अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा नेपालबाट ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) छनोट भएको हो ।

नेपालबाहिरको चलचित्र महोत्सवमा ‘सहायक श्रीमान्’ छनोट भएको यो पहिलो हो । निर्देशक पाण्डेका अनुसार कोरोनाका कारण विभिन्न देशका चलचित्र महोत्सव स्थगित भएका कारण ‘सहायक श्रीमान्’को अन्तर्राष्ट्रिय यात्रा पनि रोकिएको थियो । नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित यो वृत्तचित्र यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । यही कथालाई वृत्तचित्रमा समेटिएको छ ।

‘भाग्यले बाँचेकाहरू’ नामक डकुमेन्ट्री फिल्मबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाएका निर्देशक पाण्डेले करिब चार वर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान् निर्माण गरेका हुन् । यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

(Visited 37 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

ई-पेपर

(Visited 45 times, 1 visits today)