Monday, August 3, 2020
Home Editor-Picks फेरि सलह नेपाल भित्रिन सक्ने

फेरि सलह नेपाल भित्रिन सक्ने

काठमाडौं । यसअघि प्रवेश गरेको सलहको झुन्ड पूर्णरूपमा नहराउँदै अर्काे सलहको झुन्ड नेपाल आउन सक्ने देखिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सलहको झुन्ड हावाको बहावसँग भारतको वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्रबाट नेपालको धनुषा, महोत्तरी र सर्लाहीमा प्रवेश गर्न सक्ने प्रक्षेपण गरेको छ । केन्द्रका अनुसार हाल भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका दुईवटा झुन्ड करिब १ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएका छन् ।

धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट प्रवेश गर्ने अनुमान

केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झुन्ड पनि दक्षिण पश्चिमी वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्रहुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान रहेको बताए । पानी परेको बेला तथा रातिको समयमा स्थानान्तरण नगर्ने भए तापनि ती झुन्ड धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट प्रवेश गर्ने अनुमान छ । उनले भने, ‘१ देखि २ दिनमा र सुदूरपश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट तथा प्रदेश ५ का दक्षिण पश्चिमका भूभागबाट २ देखि ३ दिनमा नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना रहेकाले निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारी समेत गर्नु गराउनु हुन सम्बन्धित सबैलाई अनुरोधसमेत गरेको छ ।’

केन्द्रका अनुसार यसअघि करिब ७० देखि ८० लाखको सलहको झुन्ड भारतको बिहार हुँदै रूपन्देही, बारा, पर्सा र सर्लाहीबाट प्रवेश गरेको सलहले १ हजार १ सय १८ हेक्टर क्षेत्रफलमा मकै, फलपूmल र तरकारी बाली क्षति गरेको थियो । केन्द्रका अनुसार सबैभन्दा धेरै क्षति दाङ र प्यूठान जिल्लामा गरेको थियो । सलहले दाङ जिल्लामा ५ सय ८० हेक्टरमा लगाएको मकै र तरकारी बालीमा क्षति गरेको छ भने प्यूठानमा २ सय ८३ हेक्टरमा लगाएको मकै, फलपूmल तरकारी र भटमासमा क्षति गरेको थियो । यसैगरी, अर्घाखाँचीको १ सय हेक्टर, पाल्पामा ५० हेक्टर, मकवानपुरमा १ यस ५ हेक्टर क्षेत्रफलमा लगाएको मकै तथा तरकारीमा क्षति गरेको थियो । अन्य केही जिल्लामा सामान्य क्षति गरेको थियो ।

यसअघि आएको सलहको झुन्ड तिरबितर भएर बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, सर्लाही, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रूपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्जा, कास्की, लमजुङ हुँदै गुल्मीलगायतका ५२ वटा जिल्लामा छरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी आइतबार दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

(Visited 45 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

गलत ठाउँमा ढाेका राखिएकाले मेलम्ची खानेपानीमा दुर्घटना

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन...

भर्खरै

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

धेरै पढिएका

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

ई-पेपर

(Visited 44 times, 1 visits today)