Wednesday, September 22, 2021
Your Ads Here
Homeअर्थजब्दीघाटको पुल मर्मतमा ढिलाइ

जब्दीघाटको पुल मर्मतमा ढिलाइ

२०७४ सालमा बाढीले भासिएको पुल अझै उस्तै

,
sharethis

काठमाडौं । सडक विभाग र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको बदमासीकै कारण अहिलेसम्म बर्दियाको जब्दीघाटस्थित बबई नदीमा बिग्रिएको पुल मर्मतको काम हुन सकेको छैन । २०७४ सालको २८ र २९ साउनमा आएको भीषण बाढीले भासिएको पुल अहिलेसम्म मर्मत नगरिँदा त्यहाँका स्थानीय निकै कष्टपूर्ण यात्रा गर्न बाध्य भइहेका छन् ।
अहिले त्यहाँका स्थानीयवासी सोही बिग्रिएको पुलबाट नै जोखिमपूर्ण यात्रा गरिरहेका छन् भने केहीले वर्षाको भेलसँगै उर्लिएको बबई नदीमा पसेर दैनिक ओहोरदोहोर गरिरहेका छन् । स्थानीयवासी जतिसक्दो छिटो यस पुल निर्माण भइदिए आफूहरूको कष्टकर यात्रा सहज हुने बताइरहेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने यस पुल निर्माण गराउन विगत लामो समयदेखि स्थानीय र जनप्रतिनिधिले चौतर्फी दबाब दिँदै आएका छन् । पप्पु कन्सट्रक्सनले निर्माण गरेको पुल भासिएपछि अहिलेसम्म उत्तर दक्षिण जोड्ने दुई नगरपालिकाबीच यातायात सम्पर्क हुन सकेको छैन ।

यो पुल निर्माणका लागि आव २०६७-६८ मा सम्झौता भएर २०७३-७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । करिब डेढ वर्ष ढिला गरी निर्माण गरिएको पुल हस्तान्तरण नहुँदै भासिएको थियो । करिब ४ सय २५ मिटर लम्बाइ यस पुलको लागत १६ करोड ६८ लाख रुपैयाँ रहेको छ । निर्माणपछि पुल हस्तान्तरण नहुँदै भासिएपछि सडक डिभिजन आयोजना र ठेकेदार कम्पनीबीच केही समय आरोपप्रत्यारोपसमेत भएको थियो । ठेकेदार कम्पनीले यो पुल २०७३ सालको २१ असारमा नै निर्माण सम्पन्न गरेको बताएको थियो ।

करिब ४ सय २५ मिटर लम्बाइ भएको यस पुलको लागत १६ करोड ६८ लाख रुपैयाँ रहेको छ । ठेकेदार कम्पनीले २०७३ सालको २१ असारमैै निर्माण सम्पन्न गरेको पुल निर्माणपछि हस्तान्तरण नहुँदै भासिएको थियो

पुल निर्माणमा संलग्न निर्माण कम्पनी पप्पु कस्ट्रक्सनले बाढीले बिगारेको पुल अहिलेसम्म मर्मत नहुनुमा सडक विभाग र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानबीचको आपसी विवाद नै मुख्य कारण भएको बताएको छ । निर्माण कम्पनीका अनुसार विभाग र संस्थानबीच ३९ लाख रुपैयाँमा पुल मर्मतका लागि डिजाइनको नक्सा बनाउने सम्झौता भए पनि पहिले इन्जिनियरिङ अध्ययन संस्थानले डिजाइन दिन नमानेको र अहिले आफूहरूले स्विस एक्सपर्टसँग डिजाइन गराई गत २३ मंसिरमा नै स्वीकृतिका लागि पठाउँदा पनि अझैसम्म विभागले स्वीकृत नगरिदिएकाले ढिलाइ भएको हो ।

निर्माण कम्पनी पप्पुले बिग्रिएको पुल मर्मत गर्न आफूले हाल ५० लाख लगानीमा आवश्यक सम्पूर्ण सामग्री सोही ठाउँमा पु¥याएर राखेको र एक्सपर्टमार्फत दिएको डिजाइन स्वीकृत हुनेवित्तिकै काम अघि बढ्ने बताएको छ । सो कम्पनीले पुल भासिनुमा सडक विभागको गलत डिजाइन र सुधारमा कमजोरी रहेको दाबी गर्दै आएको छ । चार वर्षअघिको बाढीले यस पुलको १५ नम्बर पिलर भासिएर क्षति पुगेको थियो । सो पुलमा भएका कुल १७ वटा पिलरमध्ये बाढीले १५ नम्बरको पिलरलाई असर पारेको थियो ।

करिब ४ सय २५ मिटर लम्बाइको यस पुल निर्माणको लागत १६ करोड ६८ लाख रुपैयाँ रहेको थियो । सो लागत रकममध्ये केही रकम लिए पनि अझै धेरै पैसाको भुक्तानी लिन बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ ।

विभागले अहिले इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत इन्द्रप्रसाद आचार्यको आफ्नै निजी कन्सल्टेन्सी सेवा जिओ टेक्निकल एन्ड एसोसियटलाई बोलपत्र टेन्डर नगरी सिधै पेटीमा काम लगाएको थियो । जिओ टेक्निकल एन्ड एसोसियटका सञ्चालक प्राडा इन्द्रप्रसाद आचार्य हुन् । उनी इन्जिनियरिङ अध्ययन संस्थानको प्राविधिक कन्सल्टेन्सी छनोट समिति र यस जिओ टेक्निकल एन्ड एसोसियटका सञ्चालक पनि भएकाले सम्बन्धित सरोकारवाला निकायबीच अहिले यो प्रकरणले निकै चर्चा पाएको छ । सम्बन्धित सरोकारवालाले छनोट गर्ने र काम गर्ने एउटै व्यक्ति हुनु निकै बदमासीपूर्ण काम भएको बताउँदै आएका छन् ।

पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको रिपोर्टको सम्बन्धमा भौगोलिक अध्ययनका लागि तीनवटा पिलरको जग (पाएर नम्बर ३, ८ र १२) मा २४ मिटर गहिराइको बोर होल गर्ने कार्य पेटी ठेक्कामा पुलचोक अध्ययन संस्थानले निजी कम्पनी जिओ टेक्नीकल एन्ड एसोसियटलाई माटो परीक्षणको जिम्मा दिएको देखिन्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेप्से सूचक १०४.८८ अंकले बढ्याे

जिओ टेक्निकल एन्ड एसोसियटजस्तो निजी कम्पनीलाई यस्तो जटिल परीक्षण पेटी ठेक्कामा दिने सम्झौता गरिएसँगै सडक विभागले पुलचोक इन्जिनियरिङ अध्ययन संस्थानसँग गरिएको सम्झौता भंग भएको देखिएको सम्बन्धित स्रोतको दाबी छ । स्रोतका अनुसार निर्मार्णाधीन पुलको पाइल (पुलमुनि जगको खम्बा)को लम्बाइ पत्ता लगाउन ढलान प्वाल पार्ने मेसिन प्रयोग भएको देखियो । यस्तो प्रविधिबाट विश्वमै अहिलेसम्म पाइलको गहिराइ पत्ता लगाउन प्रयोग भएको नजिर भेटिएको छैन । यहाँ भने सोही कार्य पाएर नम्बर ११ र १४ मा गरेको देखियो । तर, बाढीले धसिएको १५ नम्बर पाइर (जग)मा कुनै प्रकारको परीक्षण गरेको देखिँदैन ।

सम्बन्धित सरोकारवालाका अनुसार जब्दीघाटको बबई नदीमा भासिएको पुलका कुल १७ वटा पिलरमध्ये ११ देखि १६ नम्बरसम्मको पिलर परीक्षण गरी प्रतिवेदन बुझाउन विभाग र इन्जिनियरिङ अध्ययन संस्थानबीच ३९ लाख रुपैयाँमा काम गर्ने सम्झौता भएको थियो । सो सम्झौताबमोजिम १५ नम्बर पिलरलाई परीक्षण नै नगरी इन्जिनियरिङ अध्ययन संस्थानका प्राविधिकले ११ र १४ नम्बरको पिलरमा मात्र परीक्षण गरी हजुवाको भरमा विभागलाई रिपोर्ट बुझाएको थियो । अहिले सो सम्झौताअनुसारको काम पूरा नभएको भन्दै महालेखाले ३९ लाख रुपैयाँ बेरुजु नै राखेको अवस्था छ ।

सोही विषयमा जिज्ञासा राख्दा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले एक साताअघि पनि यस पुल मर्मतको काम अघि बढाउनेबारेमा छलफल भएको बताए । उनले निर्माण कम्पनीमार्फत एक्सपर्टहरूले गरेको अध्ययन र प्रतिवेदन एवं सिफारिसका आधारमा सम्बन्धित कम्पनीले नै बनाउने भनिएको बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेप्से सूचक १०४.८८ अंकले बढ्याे

विभागका पुल महाशाखा प्रमुख एवं उपमहानिर्देशक दीपककुमार भट्टराईले सम्झौताबमोजिम बिग्रिएको पुल निर्माण सम्पन्न गरी बुझाउनुपर्ने जिम्मा पप्पु कस्ट्रक्सनकै भएकाले अब मौसम अनुकूल भएपछि (वर्षा सकिएपछि) काम सुरु हुने बताए । यस पुलका बारेमा विशेष अदालतमा मुद्दा पनि भएकाले केही ढिलो भएको भन्दै उनले अब छिटै काम अघि बढ्ने बताए ।

डिभिजन सडक कार्यालय नेपालगन्जका आयोजना प्रमुख रामकुमार देवले पनि भासिएको पुललाई अब के कसरी ? बलियो किसिमले बनाउने भन्नेबारे सडक विभागबाट स्वीकृत गराई ल्याएपछि काम अघि बढ्ने बताए । उनले यसअघि मर्मतको डिजाइन पेस गर्न भनिएकोमा अझैसम्म पप्पुले डिजाइन पेस गर्न नसकेको जानकारी गराए । अब कस्तो किसिमले मर्मत गर्ने हो ? सोही खालको डिजाइन विभागबाट स्वीकृत भएपछि काम सुरु हुन सक्ने उनको भनाइ छ । पप्पु कन्स्ट्रक्सने भने सडक विभागको निर्देशनबमोजिम डिजाइन पेस भइसकेको दाबी गरेको छ ।

सुरुमा डिभिजन सडक कार्यालय नेपालगन्ज र पप्पु कन्स्ट्रक्सनबीच ७० सेमी चौडाइको पाइल १५ मिटर गाड्ने गरी बोर पाइल फाउन्डेसनको डिजाइनमा पुल निर्माणको सम्झौता भएको थियो । सडक विभागले एभरेस्ट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत बोर पाइल फाउन्डेसनको डिजाइन बनाएको थियो । निर्माणको बेलामा जमिनमुनि बालुवा र ग्राझेल बढी देखिएपछि पुनः डिजाइन गरिएको थियो । यसमा मल्टी ल्याब प्रालिले ७ मिटर चौडाइ र १० मिटर गहिराइको वेल फाउन्डेसको सिफारिससहित प्रतिवेदन दिएकोमा विभागले पुरानै डिजाइनमा निर्माण गर्न आदेश दिएको निर्माण कम्पनीले दाबी गरेको छ ।

निर्माण कम्पनीका अनुसार सडक डिभिजन कार्यालय नेपालगन्जका तत्कालीन डिभिजन प्रमुखले मल्टी ल्याबको रिपोर्टलाई स्वीकृतिको लागि सडक विभागमा पठाएकोमा विभागले अस्वीकार गरेको थियो । २०६५ सालमा एमईएच प्रालि, मल्टी र नेपेकोनले संयुक्त रूपमा गरेको डिजाइनमा समेत ७ मिटर चौडाइ र १७ मिटर गहिराइको वेल फाउन्डेसनको डिजाइन हुनुपर्ने सुझाव दिएको थियो । त्यसबेला सवा चार मिटर फराकिलो एकतर्फी पुलका लागि सो डिजाइन सिफारिस गरिएको थियो । तर, पुलको ठेक्काको सूचना निकाल्नुअघि एभरेस्टमार्फत डिजाइन परिवर्तन गरिएको थियो ।

तपाइको प्रतिक्रिया

(Visited 616 times, 1 visits today)

आजको समाचार

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको...

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

साताका लोकप्रिय समाचार

विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने,...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास...

निजामती सेवामा एडमिनिस्ट्रेटिभ एडजुडिकेसन

राज्य सञ्चालनलाई छिटो, सर्वसुलभ र प्रभाकारी बनाउन कार्यपालिकालाई प्रत्यायोजित विद्यायनको अधिकार भएजस्तै प्रशासनिक न्याय निरूपणको सुविधा पनि उपलब्ध गराइएको हुन्छ । जसले गर्दा कार्यपालिकालाई...

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

ट्रेन्डिङ

राष्ट्रिय टोलीमा ६ नयाँ अनुहार

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ६ नयाँ अनुहारलाई समेट्दै इराकविरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप छनोटका बाँकी तीन खेलका लागि...

दाहाल संसदीय दलको नेता चयन

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)