Monday, August 3, 2020
Home प्रदेश प्रदेश १ बेलकामा थपिए ४ जना कोरोना संक्रमित, उदयपुरमा कुल संक्रमित ७६ पुगे

बेलकामा थपिए ४ जना कोरोना संक्रमित, उदयपुरमा कुल संक्रमित ७६ पुगे

उदयपुर । पछिल्लो पटक उदयपुरको बेलका नगरपालिकामा पुन ४ जनामा कोरोना संक्रमित थपिएको छ । केही दिन अघि बेलका नगरपालिकाकै जनप्रतिनिधिसहित ५ जनामा कोरोना संक्रमण भेटिएपछि बेलका नगरपालिकाका कोरोना संक्रमण समुदाय स्तरमा पुगेको अनुमान गरिएको छ ।

पछिल्लो संक्रमितहरुमा बेलका नगरपालिका– १ आम्बासीका ३४ वर्षीय पुरुष, ३१ वर्षीय पुरुष, बेलका नगरपालिका– ९ रामपुरका ४० वर्षीय पुरुष, २५ वर्षीय पुरुष रहेका छन् । उनीहरु मध्ये आम्बासीका दुई जना असार २१ गते साउदी अरबबाट आएका हुन भने रामपुरका दुई जना असार ११ गते भारतबाट आएका हुन । संक्रमित ४ जना क्वारेन्टिनमा बस्दै आएकाहरु हुन् ।

त्यसैगरी केही दिनअघि बेलका नगरपालिका– २ पुरन्दहका ६२ वर्षीय वडाध्यक्ष सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बेलका नगरपालिका– ५ का ४० वर्षीय पुरुष, बेलका नगरपालिका– ९ का ३२ वर्षीय पुरुष, २३ वर्षीय पुरुष र बेलका नगरपालिका– ५ कै ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएका हुन् । संक्रमित मध्ये दुई जना असार १२ गते भारतबाट जोगबनी नाका हुँदै बेलका आएर क्वारेन्टिनमा बस्दै आएका युवाहरु हुन् । बेलका नगरपालिका– २ का वडाध्यक्षसहित ३ जना भने बाहिरबाट आएका व्यक्ति होइन, त्यसैले पनि बेलका नगरपालिकामा कोरोना संक्रमण समुदाय स्तरमा पुगेको हुन सक्ने आशंका गरिएको छ ।

त्यसैगरी केहि दिनअघि उदयपुरमा एकै परिवारका ५ सहित १५ जनामा कोराना पोजेटिभ देखिएको थियो । तेश्रो मुलुलक तथा भारतको बिभिन्न स्थानबाट आएर त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडा क्वारेन्टिन, ताप्ली गाउँपालिका– ५ रुपाटारमा रहेको महेन्द्ररत्न माबिमा रहेको क्वारेन्टिनमा बस्ने र कटारी नगरपालिका– १ स्थित बेलश्रोतमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका ३ बालबालिका सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतको दिल्लीमा होटल ब्यवसाय गरेर गत असार ३ गते फर्किएर कटारी नगरपालिका– १ स्थित बेलश्रोतमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका कटारी नगरपालिका– ५ का ४६ वर्षीय पुरुष, २१ वर्षिय पुरुष, १७ वर्षीय बालिका, १३ वर्षीय बालिका, १० वर्षीय बालिकाहरुमा कोरोना पोजेटिभ देखिएको उनीहरु एकै घरमा परिवार हुन् ।

भारतको दिल्लीबाट आएका त्रियुगा नगरपालिका– ९ गहिरुनका ३० वर्षीय महिला, दिल्लीबाट आएका त्रियुगा नगरपालिका– १० बोक्सेका ५३ वर्षीय महिला, बैदेशिक रोजगारीमा कुबेतबाट आएका त्रियुगा नगरपालिका– ६ जलजलेका ३० वर्षीय महिला, बैदेशिक रोगजारीमा कुबेत पुगेर आएकी त्रियुगा नगरपालिका– ४ बगाहाकी ३८ वर्षीय महिला, भारतको युपिबाट जोगबनी नाका हुँदै आएका त्रियुगा नगरपालिका– ६ का ३५ वर्षीय पुरुष, दिल्लीबाट जोगबनी नाका हुँदै भित्रिएका त्रियुगा नगरपालिका– १० बोक्सेका २६ वर्षीय पुरुष, कुबेतबाट आएका त्रियुगा नगरपालिका– २ मोतियाहीका ३० वर्षीय पुरुष र बैदेशिक रोजगारीमा दुबई पुगेर आएका त्रियुगा नगरपालिका– ८ चुहाड्का २३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।

उनीहरु असार ९ गते कुबेत, दुबई भारतको दिल्ली, युपिबाट बिभिन्न नाकाबाट उदयपुर प्रबेश गरेका थिए । ताप्ली गाउँपालिका– ५ रुपाटारस्थित महेन्द्ररत्न माध्यामिक बिद्यालय रुपाटारमा रहेको क्वारेन्टिनमा बस्दै आएको ताप्ली गाउँपालिका– ४ रुपाटारका ४२ वर्षीय पुरुष र २५ महिलामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु दुबै जना भारतको दिल्लीबाट केहि दिन घर आएका दम्पती हुन् । उदयपुरमा कोरोना भाइरस (कोभिड –१९) नियन्त्रणोन्मुख देखिएको अबस्थामा भारतबाट आउन थालेपछि पुन कोरोना देखिन थालेको हो । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के बाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार भारतबाट आएर क्वारेन्टिनमा राखिएकोहरुमा कोरानो संक्रमण पुष्टि हुने गरेकोमा जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमा फैलिएको हुन सक्ने आशंका गरिएको छ । भारत लगायतका देशबाट आएकाहरुलाई नगरपालिका तथा गाउँपालिकाले उद्धार गरि क्वारेन्टाईनमा राख्ने गरेको छ । पछिल्लो समयमा उदयपुरमा संक्रमित भएकाहरुलाई चौदण्डीगढी नगरपालिका– ६ सातधारेस्ति कोरोना उपचार केन्द्र बेल्टारमा राखेर उपचार भई रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका श्रोत ब्यक्ति लौकाजी राईले बताए ।

पछिल्लो समय भारतबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण देखिने क्रम जारी रहेको छ । बैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएका त्रियुगा नगरपालिका– ३ भुल्के नुरी मस्जिद र आसपासका ८ महिलासहित ३२ मध्ये भारतका १२ र मोरङका ४ जमाति, सप्तरीका २ र बाँकी भुल्केका थिए । जेठ २ गते ताप्ली गाउँपालिका– ५ रुपाटार घर भई त्रियुगा नगरपालिका–११ गाईघाटमा भाडामा बस्दै आएका १ पत्रकारमा पाइएपछि भुल्केसँग ‘नेटवर्किङ’ जोडिएका नयाँ संक्रमित भेटिएका छैनन् । पछिल्लो पुष्टिसँगै उदयपुरमा संक्रमितको संख्या १८ महिलासहित ७६ जना पुगेको छ । संक्रमितमध्ये ४७ जना निको भएर घर फर्किसकेका छन् भने २४ जना कोरोना अस्पताल बेल्टारको आईसोलेसनमा उपचाररत छन् । ४ जनालाई कोरोना उपचार केन्द्र बेल्टार ल्याउने तयारीमा रहेको बताएका छन् ।

त्यसैगरी अहिलेसम्म उदयपुरमा १८ जना महिलासहित ७६ जनामा कोरोना पुष्टि भएको छ । जसमा त्रियुगा नगरपालिकामा ४९ जना, बेलका नगरपालिकामा १४ जना, कटारी नगरपालिकामा ७ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा ३ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरमा नयाँ सम्भाबित संक्रमित ८० जना रहेको अनुमान गरिएको छ । जसमा कटारी नगरपालिकामा २८ जना, चौदण्डीगढी नगरपालिकामा ६ जना, त्रियुगा नगरपालिकामा ९ जना, बेलका नगरपालिकामा १६ जना, रौतामाई गाउँपालिकामा ९ जना र लिम्चुङबुङ गाउँपालिकामा १२ जना रहेको उल्लेख गरिएको छ । क्वारेन्टिनमा १२ महिला सहित १४१ जना रहेका छन् । होम क्बारेन्टिनमा १४ महिलासहित ४४६ जना रहेको छ । उदयपुरमा ३५ स्थानमा निर्माण गरिएको क्वारेन्टिनमा ५५० बेड क्षमता रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले उल्लेख गरेको छ । उदयपुरमा अहिले सम्म १६२ महिला सहित ८०८ जनाको आरडिटी गरेको छ भने ११७४ जना महिला सहित ४ हजार २ सय ८५ जनाको पिसिआर गरेको बताईएका छन । जसमा १८ महिला सहित ७६ जना रिपोर्ट पोजिभिट आएको जिल्ला स्वास्थ्य कार्यालय गाईघाटले जनाएको छ ।

(Visited 37 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

गलत ठाउँमा ढाेका राखिएकाले मेलम्ची खानेपानीमा दुर्घटना

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन...

भर्खरै

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

धेरै पढिएका

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

ई-पेपर

(Visited 44 times, 1 visits today)