Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ कोरोना परीक्षण गर्न निजी प्रयोगशालाले पनि पाए अनुमति

कोरोना परीक्षण गर्न निजी प्रयोगशालाले पनि पाए अनुमति

,

काठमाडौँ । सरकारले छ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका छ निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार स्टार अस्पताल काठमाडौँ, काठमाडौँ मेडिकल कलेज काठमाडौँ, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी काठमाडौँ र सूर्या हेल्थ केयर सेन्टर रहेका छन् । यस्तै उपत्यकाका बाहिर नेशनल प्याथल्याब बुटवल र वागेश्वरी प्रयोगशाला कोहलपुर बाँकेले अनुमति पाएका छन् ।

प्रयोगशालाले पिसिआरको परीक्षणको दायरा बढाउनका लागि गत जेठ २२ गते इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्तावमा १९ वटा प्रयोगशालाले आफूले पिसिआरको परीक्षण गर्न प्रस्ताव दर्ता गराएका थिए । ‘हामीले प्रस्ताव दर्ता गराएका प्रयोगशालाको मापदण्ड हेरेर पहिलो चरणमा छ वटा प्रयोगशालालाई परीक्षण गर्न दिएका छौँ’, उनले भने, ‘अन्य प्रयोशाला मापदण्ड पुगेपछि अनुगमन गरेर परीक्षणका लागि अनुमति दिन्छौँ ।’ ती १९ मध्ये नौ वटा प्रयोगशालाको भने आफ्नै पिसिआर परीक्षण गर्ने मेसिन रहेको थियो । ती छ प्रयोगशालाले आफैँ नमूना सङ्कलन गर्ने नभई मन्त्रालयले उपलब्ध गराएको नमूना परीक्षण गर्नेछन् । यसरी परीक्षण गरेबापत ती प्रयोशगालाले एक वटा नमूना परीक्षणको रु पाँच हजार ५०० शुल्क लिन पाउनेछन् ।

कोभिड– १९ को परीक्षणको दायरा बढाउनका लागि मन्त्रालयले निजीलाई समेत कोभिड १९ को पिसिआर विधिबाट परीक्षण दिने निर्णय गरेको थियो । अहिले मुलुकभरि २५ वटा प्रयोगशालाबाट पिसिआर प्रविधिबाट परीक्षण हुँदै आएको छ । अहिलेसम्म दुई लाख ८३ हजार ५१५ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यसअघि सरकारले सातै प्रदेशका सरकारी एक÷एक प्रयोगशालामा पाँच हजार ५०० रुपैयाँ शुल्कमा पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । ती प्रयोगशालामा प्रदेश नं १ मा कोशी अस्पताल, प्रदेश नं २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशाला रहेका छन् । ती प्रयोगशालामामा निर्देशिका भन्दा बाहेकका व्यक्तिले पनि आफूलाई इच्छ्याएका बेला शुल्क तिरेर नमूना परीक्षण गर्न पाउने छन् ।

(Visited 98 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार...

कर्णाली प्रदेशमा सरकार गठन विवाद यथावत, मुख्यमन्त्री शाही आफैले राखे पाँच मन्त्रालय

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले...

के भयो चपली हाइटमा ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री...

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले मानवशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन्...

नायिका श्वेतालाई साेक, काेराेना संक्रमणबाट श्रीमानकाे निधन

काठमाडाैं । नायिका श्वेता भट्टराइकाे श्रीमान मिलन सापकाेटाकाे काेराेना संक्रमणबाट निधन भएकाे छ । चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी  स्वेताका...

ट्रेन्डिङ

निर्वाचन आयोगले माधव नेपाल चिन्दैन : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नै निर्वाचन आयोगले आधिकारिता...

बंगलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउने सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच तत्काल ५० हजार मेट्रिक टन मल ल्याउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री...

फेवा जलाधार क्षेत्रका वासिन्दाको माग : ताल जोगाउँदा हाम्रो उठीबास नहोस्

कास्की । पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रमा ‘सिल्टेसन ड्याम’ निर्माण भइरहेको छ । वर्षायाममा फेवाको मुहानबाट वर्षेनी अन्दाजी एक लाख ४२ हजार...

अझै पनि हाजिर गर्छन् र टाप कस्छन् कर्मचारी

काठमाडौं । देशभरका सरकारी कार्यालयमा कर्मचारीले समय पालना नगरी कार्यालयको काममा चरम ठगी गरेको पाइएको छ । अहिले पनि कतिपय सरकारी कार्यालयमा हाजिर गर्ने...

कोरोना संक्रमितलाई विद्यालयको कोठा र होम क्वारेन्टाइनमा

डडेल्धुरा । जिल्लामा रहेका कोरोना संक्रमितहरु विद्यालयको काठो र होम क्वारेन्टाइनमै बसेका छन् । जेठ २६ गते कोरोना पोजेटिभ देखिएका ६ संक्रमितहरुलाई सम्बन्धित पालिकाको...

प्रतितोला २४ सयले बढ्यो सुन

काठमाडौँ । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला रु छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको...

ज्ञानबिनाको दिशाविहीन डिग्री

गरिबी कम गर्ने एउटा प्रमुख औजारका शिक्षा हो । तर, नेपालमा शिक्षा नै विकासको बाधक बनेर बसेको छ । संस्कारयुक्त नभएको शिक्षा प्रणालीले कतै...

दुई दिनमा २ पाटेबाघ खोरमा थुनिए

  बर्दिया । बर्दियामा दुई दिनको अवधीमा २ वटा पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाता...

तीन दिन देशभर वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले...

उ बेला पैसा फिर्ता लानुस भन्दा मानेनन्, अहिले ठग भन्छन् : अनमोल केसी

काठमाडौं । अभिनेता अनमोल केसीले आफूलाई ठगी आरोप लगाएको समाचारले स्तव्ध भएको भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् । आफू अहिले चलचित्र ए मेरो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)