काभ्रेमा थपिए दुई जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा दुई जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

आज थपिएका संक्रमित मण्डनदेउपुर नगरपालिकाका २७ वर्षीय पुरुष र पाँचखाल नगरपालिकाका २३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र झाले बताए ।

उनका अनुसार संक्रमित दुवै क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुलाई थप उपचारको लागि काठमाडौँको टेकु अस्पताल पठाइएको डा.झाले जानकारी दिए । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेसमा आज कत्लकी रात : रक्सि, मासु र पैसाले नतिजा उल्टिन सक्छ