Saturday, August 8, 2020
Home खेल एन्फा कास्की आर्थिक हिनामिना : छानबिन समिति प्रतिवेदन

एन्फा कास्की आर्थिक हिनामिना : छानबिन समिति प्रतिवेदन

पोखरा । कास्की जिल्ला फुटबल संघ अध्यक्षले आर्थिक हिनामिना गरेकोबारे छानबिन समितिले छानबिन सम्पन्न गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा गठित ३ सदस्यीय छानबिन समितिले दुई साता लगाएर छानबिन गरी प्रतिवेदन तयार पारेको हो ।

समितिले सोमबार पत्रकार सम्मेलन गरी छानबिन सम्पन्न गरेको र मंगलबार (भोलि) नै एन्फा केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने जानकारी दियो । तर एन्फा कास्की अध्यक्ष मिलन गुरुङले विभिन्न प्रतियोगिता गर्नेक्रममा के–कति आर्थिक हिनामिना गरे भन्नेबारे पत्रकार सम्मेलनमा खुलाइएन ।

एन्फा कास्कीले मनकामना केवलकार फुटबल प्रतियोगिता र जिल्ला लिग गर्नेक्रममा आर्थिक हिनामिना भए–नभएको लगायत विभिन्न ६ शीर्षकमा सीमित रहेर छानबिन गरेको समिति संयोजक खड्काले जनाए ।

उनले भने, ‘छानबिन समितिले प्रतिवेदनमात्र बुझाउने हो, यो वा त्यो कारबाही गर भन्न मिल्दैन । प्रतिवेदन बुझाइसकेपछि एन्फा केन्द्रको सिंगो कार्यसमितिले मात्र निर्णय गर्ने हो ।’ उनले छानबिनक्रममा कारबाहीको प्रशस्त आधार भने रहेको उल्लेख गरे ।

उनले पोखरा फुटबलको उर्वरभूमि रहेको भन्दै कुनै पनि नराम्रो क्रियाकलाप भने हुन नहुने बताए । ‘यहाँ (एन्फा कास्की) मा अनियमितता भयो भन्नेबारे उजुरी परेकोले छानबिनको लागि जिम्मेवारी मलाई सुम्पियो । मैले कसैलाई फसाउन चाहन्न, कसैलाई काखी च्याप्न चाहन्न । कुनै व्यक्ति विशेषलाई बचाउन पनि पोखरा आएको हैन, खड्काले भने, जुन विषयमा उजुरी परेको हो, त्यसमा गहिरो अध्ययन गरी प्रतिवेदन तयार पारिएको छ ।’ उनका अनुसार एन्फा कास्कीलाई १५ दिनभित्र साधारण सभा गर्न र लेखापरीक्षण कार्य सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए ।

एन्फा कास्कीका सबै कार्यसमिति पदाधिकारी र सदस्यसँग भेट गरी बिल भरपाई, खर्च लगायतबारे कुराकानी गरेको र सोको प्रतिवेदन जस्ताको जस्तै उतारेको उनले बताए । केन्द्रबाट व्यक्तिको खातामा रकम पठाइएकोबारे आफू अनभिज्ञ रहेको बताउँदै उनले संस्थाको रकम व्यक्तिको आएको भए यसो हुन नहुने बताए ।

प्रतिवेदनमा के कति विषयहरु उल्लेख रहे भन्नेबारे भने अहिले नै सार्वजनिक गर्न नमिल्ने उनको भनाइ थियो । तर कुनै पनि संस्थाको नवीकरण र साधारणसभा समयमै हुनुपर्ने उनको भनाइ थियो ।

छानबिन समिति सदस्य विष्णुप्रसाद पराजुलीले २ वर्षसम्म साधारणसभा र अडिट नभएको पाइएको बताए । उनले संस्थाको साधारण सभा र नवीकरण नहुँदै केन्द्रबाट रकम सहयोग हुनुले केन्द्र समेत दोषी रहेको बताए ।

एन्फाद्वारा छैटौं मनकामना केवलकार फुटबल प्रतियोगितामा भएको आम्दानी खर्चको विवरण पनि संकलन गरेको छ । जसमा एन्फाद्वारा उल्लेख भएअनुसार ९२ लाख ९८ हजार १ सय ६४ रुपैयाँ आम्दानी र ६३ लाख ८० हजार ८ सय ७४ रुपैयाँ खर्च भएको बताइएको छ । आम्दानी र खर्च हिसाबकिताबमा २९ लाख १७ हजार २ सय ९० रुपैयाँ नोक्सान भएको एन्फा कास्कीले दाबी गरेको छ । जसमा ३७ पार्टीलाई दिन बाँकी रहेको बताइएको छ ।

एन्फा कास्कीले जिल्ला लिगमा भने आम्दानी गरेको देखिएको छ । तर सो आम्दानी बैंक मौज्दातमा देखिएको छैन । छानबिन समितिमा एन्फा उपाध्यक्ष खड्कासहित सदस्यमा लेखापरीक्षक विष्णुप्रसाद पराजुली र एन्फा कास्की पूर्व अध्यक्ष आनन्द रञ्जित सदस्य थिए । छानबिन समितिले असार १७ देखि काम थालेको हो ।

(Visited 18 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

ई-पेपर

(Visited 45 times, 1 visits today)