Saturday, August 8, 2020
Home भर्खरै अयोध्या भारतको होइन, नेपालकै हो : प्रधानमन्त्री

अयोध्या भारतको होइन, नेपालकै हो : प्रधानमन्त्री

– सांस्कृतिक अतिक्रमण भएको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले यस प्रकरणमा भारतले नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको बताए ।

भानुजयन्तीको अवसरमा मदनभण्डारी कला साहित्य प्रतिष्ठानले सोमबार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको स्पष्ट पारे ।

‘हामी अहिले पनि भ्रममा छौं हामीले भारतका राजकुमार रामलाई दियौं भनेर । तर, भारतका राजकुमारलाई होइन, सीता अयोध्याका रामलाई दिएका हौं । अयोध्या भनेको वीरगन्जभन्दा पश्चिमको गाउँ हो, जुन नेपालमा नै पर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

अयोध्या वीरगन्जको पश्चिमपट्टि ठोरीमा, वाल्मीकि आश्रम यही नेपालमा रहेको भन्दै प्रधानमन्त्री ओलीले दशरथबाट सन्तान नभएपछि पुष्टि यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै ओलीले भने, ‘दशरथका सन्तान राम पनि भारतीय हुँदै होइनन्, अयोध्या पनि भारतको होइन, नेपालको हो ।’

प्रधानमन्त्री ओलीले अयोध्या भारतले आफ्नो भनी दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे भनेर प्रश्न गरे । ‘त्यसबेला टेलिफोन मोबाइललगायतका आधुनिक सञ्चार माध्यम केही थिएन त्यसैले नजिकै वरवधु खोजिन्थो र विवाह गरिन्थ्यो, टाढा पुग्ने काम हुँदैनथ्यो,’ प्रधानमन्त्री ओलीले भने ।

अयोध्या ठोरीमा भएका तर्कलाई पुष्टि गर्ने आधार दिँदै उनले भने, ‘रामले सीतालाई (अहिले भनिँदै आएको) अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मीकि आश्रममा छोडेको होइन ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताए । प्रधानमन्त्री ओलीले नेपालीका आदिकवि भानुभक्त आचार्यले रामायणमा नेपाली लोकभाषाको प्रयोग गरी त्यसका माध्यमबाट मानिसलाई जोड्दै राष्ट्रियतालाई बलियो बनाएको बताए ।

उनले मिथिलाको जनकपुर ज्ञान केन्द्र रहेको र त्यतिबेला विद्वान् विदुषीबीच विमर्श गर्ने परम्परा रहेको उल्लेख गर्दै नारायणीको सुरम्य किनारमा वाल्मीकिको आश्रम हुनु, कोसी तटमा कौशिकी रहनु, आयुर्वेदका प्रणेता धन्वन्तरि र चरक यतैका हुनाले हिमवत्खण्ड नै ज्ञानभूमि तपोभूमि हो भन्ने स्पष्ट रहेको जनाए ।

(Visited 269 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

ई-पेपर

(Visited 45 times, 1 visits today)