Saturday, August 8, 2020
Home बिचार महामारीको चपेटामा पर्यटन

महामारीको चपेटामा पर्यटन

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । नेपालको भौगोलिक बनोट र अवस्थिति, जलवायु, वनस्पति र वातावरण आफ्नै खालको छ । प्राकृतिक सुन्दरताका साथै प्राचीन धार्मिक, सांस्कृतिक सम्पदा, ऐतिहासिक पहिचान तथा परम्परा आदिको विशिष्टताले विदेशी पर्यटकलाई नेपालप्रति आकर्षित गराउँछ । हामीसँग अनुपम तथा अद्वितीय प्राकृतिक सम्पदा नदी, तालतलैया, वन र वन्यजन्तु छन् । विश्व सम्पदा सूचीमा समावेश भएका थुप्रै सम्पदा, भगवान् गौतम बुद्धको जन्मभूमि तथा सर्वोच्च शिखर सगरमाथाले नेपाललाई विश्वमै चिनाएका छन् । वास्तवमा नेपाल एक सिंगो खुला संग्रहालय हो ।

पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना भएको क्षेत्र हो । पर्यटन प्रवद्र्धनको माध्यमबाट रोजगारीका अवसरमा वृद्धि, गरिबी निवारण र जनताको जीवनस्तरमा सुधार, समृद्धिको लक्ष्य हासिल गर्न यसले मद्दत पु-याउँछ । विविधतासहित हिमाली प्राकृतिक सुन्दरता, धार्मिक पर्यटकीय गन्तव्य तथा मौलिक सांंस्कृतिक तथा परातत्विक सम्पदा नेपालका पर्यटन क्षेत्रका प्रचुर सम्भावना बोकेका निधि हुन् । यी स्थल र सम्पदाको संरक्षण, प्रवद्र्धन र विविधीकरण गर्दै पर्यटकीय स्थलको रूपमा विकास गरी राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारको रूपमा यस क्षेत्रलाई विकसित गर्ने नीति नेपालको छ ।

पछिल्लो एक दशकको तथ्यांक हेर्दा विगतभन्दा पर्यटक आगमनमा वृद्धि भएको देखिन्छ । कुल पर्यटक आगमन संख्यालाई हेर्दा पर्यटक आगमनको सन्दर्भमा हामीकहाँ बढी संख्यामा पर्यटक आउने मुलुकमा क्रमशः भारत, चीन, अमेरिका, बेलायत र श्रीलंका रहेका छन् । नेपाल आउने पर्यटकमध्ये मनोरञ्जनका लागि आउने पर्यटकको हिस्सा धेरै रहने गरेको छ । सन् २०१९ मा यस्तो हिस्सा ६५ प्रतिशत थियो । त्यसैगरी, पदयात्रा तथा पर्वतारोहण, तीर्थयात्रा र अन्य उद्देश्यका लागि आउने पर्यटक क्रमशः १७, १४ र ४ प्रतिशत थियो । स्मरणीय छ, आव २०७५-७६ मा पर्यटक आगमन ११ लाख ९७ हजार रहेको, पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा २.७ प्रतिशत योगदान पुगेको र २ लाख व्यक्तिले प्रत्यक्ष रोजागरी प्राप्त गरेको तथा प्रति पर्यटक खर्च प्रतिदिन ४८ अमेरिकी डलर तथा औसत बसाइ १२.७ दिन रहेको थियो ।

पर्यटकीय आकर्षणका दृष्टिले नेपाल विश्वमै माथिल्लो स्तरमा रहे पनि पूर्वाधार निर्माण नहुनुका कारण नेपाल पछि परेको छ । नेपालमा पर्यटन रणनीतिअनुसार सुरक्षित, आकर्षक र सुन्दर गन्तव्यको पहिचान तथा निर्माण गरी गुणस्तरीय पर्यटनमा समेत जोड दिनुपर्छ । धुलोधुवाँ र प्रदूषणमुक्त, सरसफाइयुक्त तथा अपराधमुक्त सुरक्षाको प्रत्याभूति हाम्रा लोककला, लोकसंस्कृति, प्राचीन सम्पदाको संरक्षण गर्ने दायित्व हाम्रै हो । यी हराउँदा, परम्परा लोप हुँदा पर्यटक आगमन र आकर्षण प्रभावित हुन्छ ।

गुणस्तरीय पर्यटनमा जोड दिइएमा महामारीको चपेटामा परेको पर्यटन क्षेत्रले पुनः गति लिन सक्ने कुरामा आशावादी हुन सकिन्छ

दक्षिण एसियाली क्षेत्रका अन्य मुलुक भारत, श्रीलंका, भुटान, माल्दिभ्सको तुलनामा हामीकहाँ कम पर्यटक आउँछन् । जब कि भारतबाहेकका अन्य मुलुक हामीभन्दा निकै साना छन् । एकातिर भौगोलिक अवस्थिति र अर्कोतिर आकारमा सानो भएका कारण पनि तिनमा पर्यटकका लागि पर्याप्त विकल्प हुँदैनन् अर्थात् सीमित विकल्प मात्र हुन्छन् । तर, पनि तिनले त्यसबाट भरपूर लाभ लिन सकेका छन् भने हामीले त्यस अनुपातमा लाभ लिन सकिरहेका छैनौं । आगामी दिनमा हामीले यस्ता पक्षमा विचार गर्नु जरुरी छ ।

विश्वबजार र खासगरी छिमेकी देशको ठूलो जनसंख्या एवं पर्यटन बजार लाभ लिने नीति योजना निर्माण गरिनुपर्छ । पर्यटन क्रियाकलापको अपेक्षित विकास र विविधिकरण हुन नसक्नु, अन्तर्राष्ट्रियस्तरमा अपेक्षित रूपमा पर्यटन प्रवद्र्धन गर्न नसकिनु, पर्यटन पूर्वाधारको कमी, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन विकासमा निजी क्षेत्रलाई पर्याप्त सहभागी गराउन नसक्नु, पर्यटन क्षेत्रको विकासमा उद्यमशीलता विकासलाई जोड्न नसकिनुजस्ता समस्याका कारण यसो भएको हो ।

नेपालको पर्यटनमा थुप्रै चुनौती र अवसर छन् । विश्व पर्यटन बजारमा नेपाललाई प्रमुख आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्नु, हवाई सेवाको सुरक्षा, विश्वसनीयता, पर्यटकीय सेवा सुविधाको गुणस्तरमा वृद्धि गर्नु, नयाँ गन्तव्य स्थलको पहचिान र विविधीकरण गर्नु पहिलो प्राथमिकतामा रहेका छन् । पर्यटकीय पूर्वाधार विकास, निजीक्षेत्रको लगानी, पर्यटन अर्थतन्त्र निर्माणको योजना आवश्यक जनशक्ति उत्पादन, जलवायु परिवर्तनजन्य जोखिमबाट बचाउ आदि अन्य चुनौती रहेका छन् । पर्यटकको खर्च र बसाइ अवधि, गुणस्तरीय पर्यटक सेवा, पर्यटकमैत्री वातावरण, प्रविधि र उपकरणको प्रयोग र मनोरञ्जन आदि चुनौतीको रूपमा रहेका छन् । अब तीन तहका सरकारबाट पर्यटन क्षेत्रमा उत्साहजनक काम गर्ने वातावरण तयार गर्ने नीति अवलम्बन गरिनुपर्छ ।

हामीले पर्यटन क्षेत्र विकासका लागि विभिन्न बाधाअवरोधलाई अपेक्षाअनुरूप हटाउन र लाभ लिन सकिरहेका छैनौं । नेपालका प्राकृतिक, सांस्कृतिक, जैविक एवं मानव निर्मित सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्य स्थलको रूपमा विकास गर्ने वर्तमानको दीर्घकालीन अवधारणा रहेको छ । सोहीअनुरूप सन् २०२५ सम्ममा २५ लाखभन्दा बढी पर्यटक भित्र्याउने र झन्डै नौ रोजगारीको सिर्जना गर्ने लक्ष्य लिइएको छ । सो लक्ष्य प्राप्तिका लागि सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरी २० लाख पर्यटक भिœयाउने लक्ष्य रहेकोमा कोरोना महामारीको कारण भ्रमण वर्ष नै स्थगन भएको छ ।

कोरोना भाइरस ‘कोभिड –१९’ ले संसारकै पर्यटनलाई तहसनहस नै पारेको छ । नेपाल पनि यसबाट अछुतो छैन । सार्वजनिक यातायात व्यवसाय ठप्प छ । प्राइभेट यातायात सञ्चालनमा आए पनि लकडाउनका कारण पर्यटन व्यवसाय ठप्प नै छ । प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी गुमेको छ । अर्बांैको लगानी र कारोबार प्रभावित भएको छ । महामारीबाट जोगिनुपर्ने बाध्यतासँगै अब कोरोनासँगै अघि बढ्नुको विकल्प छैन । भौतिक दूरी कायम गर्दै पर्यटन व्यवसायलाई नयाँ ढंगमा सञ्चालन गर्ने तर्फ ध्यान दिने नीति लिनुपर्छ । व्यवसाय सुरक्षित सञ्चालन, पाहुनाको सुरक्षा र त्यसप्रति आश्वस्त पार्न आवश्यक पूर्वाधारको व्यवस्था तथा लगानी जुटाउन सहयोग गर्नुपर्छ । तत्काल बाह्य पर्यटक आगमनको सम्भावना क्षीण भएको सन्दर्भमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने नीति लिनुपर्छ । सहरी भिडभाडभन्दा प्राकृतिक सुन्दरता अवलोकन गर्न मन पराउने खालका अर्थात् पदयात्रा र पर्वतारोहणतर्फ रुचि भएका पर्यटकलाई आकर्षित गर्ने नीति अवलम्बन गर्नु उचित हुनेछ ।

अन्त्यमा, हाम्रो अर्थतन्त्रमा रोजगारी, विदेशी मुद्रा आर्जन तथा अन्य विभिन्न दृष्टिकोणले पर्यटनको ठूलो महत्व छ । पर्यटकको रुचिअनुसारका पूर्वाधारको निर्माण, सम्भावित पर्यटकीय गन्तव्यको पहिचान र विकास, पूर्वाधार निर्माण तथा पर्यटकीय गन्तव्यसम्मको पहुँच एवं भौतिक सुविधामा सुधारजस्ता पक्ष प्राथमिकतामा पर्न सकेमा त्यसबाट पर्यटकको बसाइ अवधि लम्ब्याउन, खर्च प्रवृत्तिमा सुधार ल्याउन सकिन्छ । कोरोना भाइरस ‘कोभिड १९’ को नकारात्मक प्रभाव परिरहेको सन्दर्भमा यसबाट माथि उक्सन र पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउनका लागि सर्वप्रथम आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नु जरुरी छ भने हवाई उडान र यातायात सुचारु भएपश्चात् आवश्यक सुरक्षा व्यवस्था मिलाई सीमित संख्यामै भए पनि गुणस्तरीय पर्यटकलाई भित्र्याउने नीति अवलम्बन गर्न सकिएमा त्यसबाट महामारीको चपेटामा परेको पर्यटन क्षेत्रले पुनः गति लिन सक्ने कुरामा आशावादी हुन सकिन्छ ।

(Visited 69 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

ई-पेपर

(Visited 45 times, 1 visits today)