Saturday, August 8, 2020
Home खेल राखेपका ३३ कर्मचारीद्वारा संघबाट राजीनामा

राखेपका ३३ कर्मचारीद्वारा संघबाट राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ३३ जना कर्मचारीले राष्ट्रिय खेलकुद संघबाट राजीनामा दिएका छन् । नयाँ ऐन गत १७ असारबाट लागू भएसँगै राष्ट्रिय संघका विभिन्न पदमा रहेका राखेपका कर्मचारीले राजीनामा दिने क्रम सुरु हुँदा सोमबारसम्म ३३ जनाले खेल संघबाट राजीनामा दिएका हुन् ।

खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै सोमबारसम्म केन्द्र र विभिन्न जिल्लाबाट राखेपको कर्मचारीका विभिन्न राष्ट्रिय संघबाट राजीनामा दिएका हुन् । नयाँ ऐनले परिषद्का बहालवाला सदस्यसचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनै पनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ ।

परिषद्का नासु राजेशबहादुर श्रेष्ठले विभिन्न ६ खेल संघबाट राजीनामा दिएका छन् । उनी नेपाल रोल बल संघ, नेपाल क्योकुसिन कराँते, नेपाल आइकिडो संघ, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ, जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघ र जितकुन्डो मार्सल आर्ट संघमा आबद्ध रहेका थिए ।

यस्तै संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले टेबल टेनिस संघ, नेपाल तड इलमादो संघ, नेपाल इकवेस्ट्रिन संघ, नेपाल हात्ती खेल संघ गरी चार खेल संघको विभिन्न पदबाट राजीनामा दिएका छन् । राखेपका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने पाँच खेल संघबाट, धन शाहीले चार खेल संघबाट तथा प्रचारप्रसार शाखाका नासु दामोदर अर्यालले तीन खेल संघबाट राजीनामा दिएका छन् ।

डेमबहादुर बस्नेत, सन्तोष श्रेष्ठ, हरि बहादुर राउत, विष्णुकान्त अर्याल, राधा श्रेष्ठ, विनोदकुमार राउत र विकासविक्रम शाहले समान दुई खेल संघबाट राजीनामा दिएका छन् । चन्द्रकुमार राई, भोजानन्द राई, डम्बरबहादुर नेपाली, टेक कुमार राजभण्डारी, जगदीशप्रसाद भट्ट, वासुदेव निरौला, शंकर गौतम, सन्ध्या शाक्य, चण्डिका बास्तोला, किशोर खत्री, राजेन्द्र रत्न तुलाधर, अम्बरकुमार थिङ, विमल पोखरेल, दोर्जे लामा, सुजन खतिवडा, श्याम अधिकारी, इन्द्रबहादुर कार्की, रामचन्द्र कार्की, मोहनकुमार पाण्डे, देवराज कटुवाल र प्रवीण रानाले पनि खेलसंघबाट राजीनामा दिएका छन् ।

परिषद्का कर्मचारी तथा प्रशिक्षक राष्ट्रिय संघमा आबद्ध हुँदा स्वार्थ बाझिने र त्यसको असर खेलकुद गतिविधि तथा संघहरूमा देखिएको भन्दै खेलकुद ऐनले नयाँ व्यवस्था गरेको हो । नयाँ ऐनले केन्द्रसहित जिल्लाभरबाट करिब २ सय कर्मचारी तथा प्रशिक्षक प्रभावित हुन सक्नेछन् ।

(Visited 23 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

ई-पेपर

(Visited 45 times, 1 visits today)