काठमाडौं । जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपीओ रारीगुराँसले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) कारण समस्यामा परेका नौ जना खेलाडीलाई रारीगुराँसका अध्यक्ष एकेमी मिजुबाले प्रत्येक खेलाडीलाई ५ हजारका दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक नेगी लामाले जनाएका छन् ।
रारीगुराँस नेपाल शाखाका अध्यक्ष रोशन श्रेष्ठ र प्रबन्ध निर्देशक रमिता शाक्यले खेलाडीलाई रकम हस्तान्तरण गरे । रारीगुराँसले विगतमा पनि खेलाडीको प्रशिक्षणलगायतमा सहयोग गर्दै आएको प्रशिक्षक लामाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)