Monday, August 3, 2020
Home भर्खरै ‘प्रधानमन्त्रीले मिथिला र अयोध्याको सम्बन्ध तोडेन खोजे’

‘प्रधानमन्त्रीले मिथिला र अयोध्याको सम्बन्ध तोडेन खोजे’

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि जनकपुरधाममा चर्को आलोचना भइरहेको छ । अहिले यसै विषयलाई लिएर समाजिक सञ्जाल रंगिएको छ । मिथिला र अयोध्याको सम्बन्धलाई तोडन प्रधानमन्त्रीले यसप्रकारको अभिव्यक्ति दिएको दर्जनो व्यक्तिले लेखेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउँदा प्रम ओलिले संयुक्त रुपमा सीताको माइतीवाट रामको जन्मभूमिसंग बस सेवा शुरु गरेका थिए । कतिले बस सेवा शुरु गर्दाको तस्वीर पनि समाजिक सञ्जालमा राखेका छन । मोदी र ओलीको फोटो राख्दै राम दास यादवले लेखेका छन् ‘मोदी जनकपुरधाम आएको बेला हरियो झण्डा फहराएर जनकपुरधाम अयोध्याको बस सेवा संचालन गरेका हाम्रो प्रधानमन्त्री अहिले आएर अयोध्या भारतमा छैन पो भन्नुहुन्छ त ..अनि के को लागि यति नाटक ।’

ओलीका वचन र कर्मले सीमा नाघ्दैछन् अब ओलीलाई छाडा छाडे खतरनाक हुने आशंका कतिले गरेका छन् । भारतसँगको सम्बन्ध बिगार्न ओलीले अप्रमाणित कुरा गरेकोे आशंका पनि केहीको रहेको छ । पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ । अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो ।

जनता समाजवादी पार्टीका प्रभावशाली नेता राजीब झाले हावादारी, झुठो र तथ्यहिन कुरा गरि प्रधानमन्त्री ओली जनकपुरधामबासी सहित सम्पूर्ण मिथिला बासीहरुको आत्मसम्मान र आस्था माथी प्रहार गरेको आरोप लगाएका छन् । ‘हाम्रो बेटी हाम्रो बहिनीलाई हामी कहाँ बिहे गरेका छौं, हामीलाइ थाहा छ बाहियात कुरा गरेर सम्पूर्ण मिथिलाको नारीलाई अपमान गर्ने अधिकार कस्ले दियो ? देशकै सर्बोच्च पदमा बस्दा अहंकारी भएर जे मनमा आयो त्यही बोल्नलाई नेपाली जनताले प्रधानमन्त्री बनाएको हो ?’ प्रधानमन्त्रीले मिथिलाबासी संग मिथिलाको नारी संग माफी माग्नु पर्छ उनले मांग गरेका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गायत्री मिश्रले जनकपुरवासीलाई सम्बोधन गरेर लेखेका छन् ‘यो सरकार तपाईको आत्मसम्मान माथि चोट पुर्याइरहेका थिए अब तपाईको आस्था माथि पनि प्रहार गर्न थालेको छ ।’ नगरवासीलाई हाँस्ने समय नरहेको उनको टिप्पणी रहेको छ ।

जनकपुर अञ्चल वस व्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरीले बुढो सठियाएको उल्लेख गरेका छन । भाषा, साहित्य, कला, संस्कृति, पौराणिक धरोहरहरुको अन्वेषण, अनुसन्धान, संरक्षण, सम्बर्द्धना लागि नेपाल सरकारद्वारा गठित नेपाल प्रज्ञा प्रतिष्ठानले प्रधानमन्त्रीद्वारा भनिएकोल अयोध्या प्रदेश नं. २ को ठोरीमा रहेको सम्बन्धमा स्पष्ट पार्न लेखक अशोक दत्तले अनुरोध गरेका छन ।

साधुसन्तहरु निराश

प्रधानमन्त्रीको अभिव्यक्तिले जनकपुरधामका साधुसन्तहरु निराश देखिएका छन । तिनीहरुले अधिकारिक प्रतिक्रिया नदिएपनि हिन्दूलाई कमजोर बनाउने खेल भएको टिप्पणी गरेका छन् । एकजना साधुले नाम उल्लेख नगर्ने सर्तमा भने ‘पहिला नेपाललाई हिन्दूबाट धर्म निरपेक्ष गराए अहिले अनाप सनाप बोलेर हिन्दू देवी देवताको मानमर्दन गरिरहेका छन् ।’
प्रत्येक चार वर्षमा अयोध्यावाट जनकपुरधाम जन्ती आउने गर्छन् । अयोध्याकै जन्तीको उपस्थितिमा रामजानकीको विहे हुने गर्छन् । यस उत्सवमा प्रत्येक वर्ष नेपाल सरकारका प्रतिनिधि पनि सहभागि रहने गरेका छन् । यति हुँदाद पनि प्रधानमन्त्रीले गलत वक्तव्य दिनु दूर्भाग्य रहेको एक साधुको टिप्पणी रहेको छ ।

(Visited 1,188 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

गलत ठाउँमा ढाेका राखिएकाले मेलम्ची खानेपानीमा दुर्घटना

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन...

भर्खरै

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

धेरै पढिएका

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

ई-पेपर

(Visited 44 times, 1 visits today)