सरकारको लक्ष्यको २५ प्रतिशत मात्रै विद्युत् उत्पादन

काठमाडौं । चालू आर्थिक वर्षमा सरकारको लक्ष्यको २५ प्रतिशत मात्रै विद्युत् उत्पादन भएको छ । यस वर्ष एक हजार ५ मेगावाट विद्युत् उत्पादनको गर्ने लक्ष्य राखेको भए पनि २ सय ५५ दशमलव ८५ मेगावाट मात्र उत्पादन भएको हो । तर यसमध्ये २५ मेगावाट सिंगटी जलविद्युत् आयोजनाको विद्युत् भने प्राधिकरणको प्रसारण लाइन निर्माण नहुँदा राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन ।

चालू आर्थिक वर्षको सुरुवातदेखि हालसम्म सरकार तथा निजी क्षेत्रले निर्माण गरेका १७ जलविद्युत् र एउटा सौर्य आयोजनाको विद्युत् प्रसारण प्रणालीमा थपिएको हो । कोरोना भाइरसको प्रभाव कम गर्न सरकारले गरेको लकडाउन र विविध अन्य कारणले ठूला आयोजनाको निर्माण पूरा नभएपछि लक्ष्य भेट्टाउन नसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रधिकरणले यो वर्ष पूरा हुन नसकेका आयोजनाको विद्युत आगामी आवमा थपिने बताएको छ ।
चालू आर्थिक वर्षमा प्राधिकरणको १४ मेगावाटको कुलेखानी तेस्रो र १ दशमलव २५ मेगावाटकोे सौर्य विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएका छन् । नुवाकोटमा निर्माणाधीन २५ मेगावाटको सौर्य विद्युत् आयोजनामध्ये पहिलो चरणमा १ दशमलव २५ मेगावाट उत्पादन सुरु गरिएको हो ।

त्यस्तै, निजी क्षेत्रको लगानीमा निर्माण भएको २२ दशमलव १ मेगावाटको तल्लो हेवाखोला, १ मेगावाटको छोटेखोला, ७ मेगावाटको माथिल्लो मर्दी, ९ दशमलव ९ मेगावाटको इवाखोला, ८ मेगावाटको माथिल्लो नौगाड, २५ मेगावाटको काबेली बी–१ बाट विद्यत् उत्पादन भएको छ । १ मेगावाटको जेउली गाड, ४ दशमलव ८ मेगावाटको पदम खोला, ६ दशमलव ६ मेगावाटको रुदी खोला ‘बी’, ५ मेगावाटको घलेम्दी, ७ दशमलव ५ मेगावाटको माथिल्लो खोरुंगा खोला, शून्य दशमलव ६ मेगावाटको झाँक्री खोला, २३ दशमलव ५ मेगावाटको सोलु खोला, ९० दशमलव ६ मेगावाटको सुपर माई ‘ए’ र ३ मेगावाटको सुपर माई क्यासकेडले विद्युत् उत्पादन सुरु गरेका हुन् ।

निर्माणाधीन विद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु हुनु अगाडि प्राधिकरणले प्रसारण लाइन निर्माण सम्पन्न गरे पनि कतिपय आयोजना प्राधिकरणले समयमा प्रसारण लाइन नबनाउँदा सम्पन्न नभएको निजी प्रवद्र्धकले बताएका छन् । आयोजना पूरा भए पनि प्रसारणलाइन नहुँदा व्यावसायिक उत्पादन हुन सकेका छैनन् त्यसको प्रमुख उदाहरणको रूपमा हालै सम्पन्न २५ मेगावाटको सिंगटी जलविद्युत् आयोजनालाई लिन सकिन्छ । प्रसारण लाइन समस्याकै कारण सोलु खोला र माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन पाएका छैनन् ।

चालू आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएका ठूला जलविद्युत् आयोजना समयमा सम्पन्न हुन नसकेर लक्ष्य भटाउन नसकिएको हो । निर्माण सम्पन्न गर्ने भनिएका ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, १ सय ११ मेगावाटको रसुवागढी, साञ्जेनलगायत आयोजना सम्पन्न हुन नसकेपछि सरकारको लक्ष्य भेट्टाउन मुस्किल भएको हो । त्यस्तै, निमार्ण सम्पन्न गर्ने भनिएका ५ मेगावाटको चौरी खोला, साढे ८ मेगावाटको चुलेपु खोला, २५ मेगावाटको दरबाङ म्याग्दी, ५ मेगावाटको घट्टेखोला, शून्य दशमलव ९८ मेगावाटको इदी खोला, ४० मेगावाटको खानी खोला–१, २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ले विद्युत् उत्पादन सुरु गर्न सकिएन । ३० मेगावाटको खानीखोला, ६ दशमलव ४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ २७ मेगावाटको दोर्दी खोला, ८ दशमलव ५ मेगावाटको माथिल्लो हेवाखोला, ७ मेगावाटको उपल्लो खिम्ती–२ लगायतका आयोजना सम्पन्न हुन सकेका छ्रनन् ।

चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका आयोजना थप गर्दै आगामी आर्थिक वर्ष सरकारले १३ सय मेगावाट विद्युत् उत्पादन नगर्ने लक्ष्य लिएको छ । जसअन्तर्गत यस वर्ष निर्माण गर्ने भनिएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, १ सय ११ मेगावाटको रसुवागढी, १४ मेगावाटको अपर सान्जेनका साथै ८२ मेगावाटको तल्लो सोलु, ५२ मेगावाटको लिखु–५, ४२ मेगावाटको मिस्त्री खोला, ३६ मेगावाटको अपर बलेफी ए, ३० मेगावाटको खानी खोलालगायतका जलविद्युत् आयोजना यो आगामी आर्थिक वर्ष सम्पन्न गरिने भएको छन् ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाको विकासका लागि उत्तमरत्नको उपाय यस्तो छ